Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हेटौडालाई राजधानी बनाउन डोरमणीको जोडबल,मुख्यमन्त्रीले प्रदेशको नतृत्व गर्न सक्नुहुन्न- सांसद लम्साल

प्रभातफेरी अनलाइन ७७८६ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १, बुधबार (६ साल अघि)
हेटौडालाई राजधानी बनाउन डोरमणीको जोडबल,मुख्यमन्त्रीले प्रदेशको नतृत्व गर्न सक्नुहुन्न- सांसद लम्साल

आइ.आर.के. मैनाली
बनेपा÷हरेक दृष्टिकोणले गर्दा प्रदेश नं ३ को राजधानी काभे्र उपयुक्त हुंदा हुदै प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले राजधानी हेटौडामै हुनुपर्ने बिषयमा जोडबल गर्दै गर्दा काभे्र बाट निर्वाचित प्रदेश सांसद लक्ष्मण अम्सालले आपत्ति जनाउनु भएको छ ।

बिगतमा निर्वाचनको समयमा काभे्र जिल्लालाई राजधानि बनाउने बिषयमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँगे्रसले प्रमुख नारा बनाएपनि हाल आएर राजधानी हेटौंडामै राख्ने बिषयमा मुख्य मन्त्रि डोरमणि पौडेलले अगुवाई गर्दा तै चुप मै चुपको अवस्था सृजना भएको छ । राजधानी काभे्रमा ल्याउने बिषयमा खासै कसैले चासो नदिईरहेको अवस्थामा काभे्रबाट निर्वाचित प्रदेश सांसद लक्ष्मण लम्साल भने खरो रुपमा उत्रिदै विगतमा जनतासामु बोलेको वाचाको पक्षमा दरोसंग उभिएको देखिन्छ ।

प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले राजधानी हेटौंडाबाट अन्यत्र नसार्ने बताउँदै आएका अवस्थामा प्रदेश ३ का बहुमत सांसदहरु राजधानी हेटौंडामा रहदा उपयुक्त नहुने बताउंदै आएको अवस्थामा मुख्य मन्त्रि पौडेलले भने शक्ति प्रयोग गर्ने तरखरमा रहेका छन् । पौडेलको योजनाको बिष्नायलाई लिएर सांसद लक्ष्मण लम्सालले नेतृत्वलाई प्रभावित पारेर राजधानीजस्तो गंभिर विषय ढाँटेर, छलेर, हेटौंडा राख्न खोजिएको बताउनु भएको छ । अहिले मुख्यमन्त्रीको मुख्य चासोको विषय जनताका मुद्दा हुनुपर्नेमा राजधानी हेटौंडा राख्नु र आफु मुख्यमन्त्री बनेकै राजधानी हेटौंडामा राख्न लागि बनेको सांसद लम्सालले बताउनु भएको छ ।

सांसद लम्सालले थप्नुभयो राजधानी उहाँको चासोको विषय हुनुहुँदैन । प्रदेश ३ को ५२ लाख जनताको लागि राजधानी हेटौंडा पाइक पर्दैन दुई जिल्लालाई सुविधा दिने नाउँमा ११ जिल्लाको जनतालाई दुख दिनेगरी कुनामा राजधानी राख्नु भनेको पश्चगामी कुरा हो । यस्तो ढंगको योजनाले मुख्यमन्त्रीले समग्र ३ नं. प्रदेशको नतृत्व गर्न सक्नुहुन्न । मैले निर्वाचन हुने समयबाट हाल सम्म निरन्तर रुपमा भन्दै आएको छु कि राजधानी हेटौडा उपयुक्त छैन । तर यो वा त्यो बाहानामा नेतृत्लाई समेत मुछेर राजधानीको विषय टुंगिने कुरा होइन । नेपालको संविधान २०७२ ले प्रदेशका दुई तिहाइ सांसदे आफ्नो राजधानी तोक्ने भन्ने व्यवस्था गरेको छ, सोही अनुसार अगाडी बढ्नु पर्ने लम्सालले बताउनु भयो ।

राजधानि तोक्ने बिषयमा छलफलमा ल्याउने दायित्व प्रदेश तीनको नेतृत्व गरिरहेका सरकार र मुख्यमन्त्रीको हो । यो वा त्यो वाहानामा नेतृत्वलाई प्रवावित पारेर, प्रपोक गरेर ५२ लाख जनताको हित हुँदैन र प्रदेश ३ सरकार सफल पनि हुँदैन । प्रदेश राजधानी हेटौंडामै राख्नुस् न दुई तिहाइ पुर्याएर । हामीलाई केहि आपत्ति छैन् । तर संसदमा प्रक्रियामै नलैजाने । भाग्न र छल्न खोज्ने कुराबाट कोहि सन्तुष्ट हुनसक्दैन सांसद लम्सालले भन्नुभयो ।

यहाँ देशभरीका मानिसहरुको केन्द्रीकरण भएको छ । यहाँ धेरै मानिसको ध्यानाकर्ष भएको छ । राजधानी प्रदेश भएकाले यो प्रदेशले अन्य प्रदेशलाई पनि सन्देश दिनुपर्छ । त्यसो भएका कारण प्रदेश तीनको राजधानी हेटौंडा सम्भव नरहेको बताउंदै आवश्यकता, औचित्य, सामर्थ र सम्भाव्यताका हिसाबले र भविश्यका हिसाबले समेत काभ्रेभन्दा अर्को राजधानीका लागि उपयुक्त ठाउँ छैन् । म त्यहाँका प्रतिनिधिका हिसाबले भनिरहेको छैन् । यो संसदले बनाएको समितिले पनि राजधानीका लागि काभ्रे नै एक नम्बरमा सिफारिस गरेको लम्सालले बताउनु भयो ।

हेटौंडालाई औद्योगिक सहर बनाउने विषयमा उपयुक्त स्थान भएको वताउंदै सांसद लम्सालले भन्नुभयो तर प्रशासनिक सेन्टर बनाउँदा सबै जनतालाई पाइक पर्ने ठाउँमै हुनुपर्छ । राजधानीको अडेस लागेर मुख्य मन्त्रीले सफल हुन्छु भनेर सोच्नुभएको छ भने त्यो दिवा सपना मात्र हो । त्यहाँ आग्रह पूर्वाग्रहमा राजधानि निर्णय गर्न दिदैनौ, न्याय र विवेकको निर्णय हुनेछ । न्याय र विवेकको निर्णय गर्ने हो भने संसदलाई छेक्न पाइदैन । किनभने संसद सार्वभौम हो र जनताका प्रतिनिधिहरुले निर्णय गर्ने ठाउँ हो । राजधानीको विषय टेको लगाएर सफल हुन्छु भनेर हाम्रो मुख्यमन्त्री र सभामुखले सोच्नुभएको छ भने त्यो गलत विषय हो । अहिलेको मुख्य सवाल राजधानी हेटौंडा राख्ने वा नराख्ने भन्दापनि संसदमा मतदान प्रक्रियामा लैजानुपर्छ बहुमतले राजधानी जाहां तोक्छ त्यही स्वीकार्य छ तर वाहानामा हेटौडा बनाउने बिषय स्वीकार्य नहुने सांसद लम्सालले बताउनु भयो ।

  • मुख्यमन्त्रीले प्रदेशको नतृत्व गर्न सक्नुहुन्न- सांसद लम्साल
  • हेटौडालाई राजधानी बनाउन डोरमणीको जोडबल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0