Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मुलुकको हितको लागि हाम्रो कलम…

प्रभातफेरी अनलाइन ९९४० पटक पढिएको प्रकाशित मिति: २०७६ अषाढ ४, बुधबार (६ साल अघि)
मुलुकको हितको लागि हाम्रो कलम…

                                                                      प्रकासकिय..

नेपाल र नेपालीहरुको हितको खातिर अगाडी बढ्ने उद्देश्यले “सामाजिक सचेतनाको लागि चेतनामुलक अभियान” भन्ने मुलनारा लिएर १४ बर्ष अगाडी यात्राको शुरुवात भयो । हाम्रो उद्देश्यलाई हाम्रा शुभचिन्तकहरुको साथ र सहयोगले गर्दा हामी बाटोमा नअलमलीइकन निरन्तर रुपमा अगाडी बढ्न पाउंदा गौरवान्नित भएका छौं । हामीलाई यतिधेरै खुसी दिने आम पाठक बर्ग, शुभचिन्तक, सहयोगि, बिज्ञापनदाता, सम्पुर्ण सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, सहकारीहरु, राजनैतिक दलहरु लगायत सम्पुर्ण प्रति आभार व्यक्त गर्दछु । हाम्रो निरन्तरतालाई सहयोग गर्ने सम्पुर्ण शुभचिन्तकले देखाएको बाटोलाई नविराईकन अवका दिनमा पनि निरन्तर रुपमा अगाडि बढ्दै जाने प्रण गर्दछु । पत्रिका प्रकाशनको शुरुवातबाटै “निष्पक्षताको” जुन उद्देश्यका साथ अगाडी बढ्यौं त्यसलाई निरन्तरता दिदै जाने छु । आम पाठक वर्गलाई निष्पक्ष ढंगबाट यथार्थतालाई जस्ताको तस्तै सुचना दिदै जाने क्रममा बिभिन्न बाधा अड्चन नआएको होईन । यथार्थलाई लुकाउनु पर्छ भन्ने पक्षले हाम्रो यात्रामा तगाराहरु राखे तर सत्य तथ्य र यथार्थलाइ आमपाठक सामु पुगोस् भन्ने हाम्रो प्रमुख उद्देश्यवाट हामी विचलित नभई अगाडी बढ्दै आएका छौं ।

१६ बर्षसम्म जनप्रतीनिधि विहिन भएको समयमा जसरी जनताको चाहना अनुसार कार्य जरुरी छ, भन्दै तिखारेका कलमको निपहरु आजको अवस्थामा पनि सकृय ढंगबाट अगाडी बढेको छ । सिंहदरवारको अधिकार स्थानिय तहमा आएको छ, पुर्ण अधिकार प्राप्त स्थानिय तहले गरेका राम्रो र नराम्रा पक्षहरुलाई निष्पक्षता ढंगबाट आम पाठक सामु पस्कंदै अगाडी बढेका छौं । राम्रा कार्यगर्नेहरुका लागि हाम्रो संञ्चार माध्यम सहयोगी साथै साथिको रुपमा रहेका छौं । जसले नेपालीहरुको हित विपरित कार्य गर्दै अगाडी बढ्न खोज्छ त्यस्ताको लागि हाम्रो संञ्चार माध्यमको निसाना निरन्तर रुपमा रहन्छ । राम्रा कार्य गर्नेहरुका लागि हौसला र बाटो विराउनेहरुका लागि सहि मार्गमा हिडाउन प्रयत्न गर्ने हाम्रो लक्ष हो । जुन लक्ष हाम्रो हिजो पनि थियो र निरन्तर रुपमा रहिरहन्छ ।

सिंहदरवारमा मात्र निहित अधिकार नेपाली जनताको घरघरमा आएको छ । स्थानिय तहमा जिम्मेवारी पाउने जनप्रतीनिधिहरु जनताको चाहना अनुसारको कार्य गर्ने विषयमा व्यस्त देखिन्छन्, यो सारै सकारात्मक कार्य हो । तर विकास निर्माणको कार्यमा केही चुहावट भएको जनगुनासो धेरै आएको छ । यस्ता बिषयमा जनप्रतीनिधिहरु चनाखो हुन जरुरी रहन्छ । हामीपनि कुन ठाउमा के कस्ता कार्य भए भन्ने बिषयमा आम पाठक सामु यथार्थ सुचना दिन आतुर छौं । बिगत लामो समय देखी हामीलाइ आम पाठकले जसरी निष्पक्षताको वाटो देखाएका छन् सोही मार्गलाई पहिल्याउंदै आगामी दिनमा पनि निष्पक्षताका साथमा अगाडी बढ्ने छौ । जनप्रतीनिधिले गरेका कार्यलाई प्राथमिकता दिदै कुनै पनि स्वार्थ नराखी निष्पक्ष ढंगबाट निरन्तर अगाडी बढ्ने आम पाठक एवं शुभचिन्तक साथै सहयोगी समक्ष बाचा गर्दछु । आशा छ हाम्रो पाईलाहरु अगाडी बढ्दै जाने क्रममा केही कमी कमजोरी हुन गएमा सुझावहरु आउने छ । साथै आम नागरीकको हित विपरित जो कोहीले पनि गरेका कमी कमजोरीहरुलाई निष्पक्ष ढंगबाट आम पाठक समक्ष पु¥याउने प्रण गर्दै विगतको भन्दा पनि अझ थप हौसला प्रदान गरी अगाडि बढ्ने अवसर दिनुहुनेछ भन्ने पुर्ण आशा राख्दछौं । ….

  • मुलुकको हितको लागि हाम्रो कलम...
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0