प्रभातफेरी अनलाइन६९०६ पटक पढिएको प्रकाशित मिति: २०७६ श्रावण २८, मंगलबार(६ साल अघि)
काँच जस्तो मन, नदि जस्तो
अाँखा बोकेर
गयो रूदै परदेशी जहाजमा
सपना बोकेर
कसैलाई अाधा सुम्पिनु अघि,
यति त सोच्नु पर्थ्यो
कठिन हुन्छ जिउन जिन्दगी
मुटु अाधा बोकेर
जिन्दगी, जिन्दगी जस्तो रहेन,
रहर, रहर रहेन
र पनि बाँच्नै पर्ने बाध्यता छ,
छातीमा ढुंगा बोकेर
न्याय माग्दै अन्तिम पटक अामा
अदालत पुगिन
बलात्कृत छोरीको एक- टुक्रा
कपडा बोकेर
हिजो छोरो बोकेर बा अामा
पाठशाला गएथ्यो
अाज छोरो गयो बृद्धाश्रम बा –
अामा बोकेर
राज अबिरल लामा कोशीपारी काभ्रे ।


