Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गलत गर्ने कर्मचारीलाई ठाउंको ठाउं कारबाही हुन्छ – बाँस्कोटा

प्रभातफेरी अनलाइन ४५६४ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ३, मंगलबार (६ साल अघि)
गलत गर्ने कर्मचारीलाई ठाउंको ठाउं कारबाही हुन्छ – बाँस्कोटा

बनेपा । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले विकास निर्माणमा गुणस्तरीय र छिटो साथै राम्रो काम गर्नेलाई सरकारले साथ दिने बताउनु भयो ।

निर्माण व्यवसायीहरुले राम्रो काम गर्दा भुक्तानिमा कसैले आनाकानि गरे सरकारलाई सुचना दिनोस सरकारले त्यस्ता कर्मचारीलाई ठिक ठाउमा ल्याउने बताउनु भयो । सरकारले राम्रो कार्य गर्नेलाई साथ दिने र नराम्रा कार्य गर्नेलाई कारवाही गर्नेमा कुनै अनुहार हेरिँदैन, कमरेड पनि भनिँदैन, मन्त्री पनि भनिँदैन, नेता पनि छोडिँदैन, युनियन पनि टेरिँदैन निस्पक्ष ढंगले अगाडी बढ्ने ठोकुवा गर्नु भयो ।

नेपाल निर्माण व्यवसायी संगठन ३ नं. प्रदेश कमिटीले आयोजनामा सम्पन्न भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री बाँस्कोटाले निर्माण व्यवसायी चुस्त भएका कार्य गर्न सुझाव दिनुभयो । राम्रो काम गरी बिल पास गर्न जाँदा कर्मचारीले आनाकानी गरे सरकारलाई सूचना दिनोस त्यस्ता कर्मचारीलाई सरकारले ठेगान लगाउंछ । गलत कार्य गर्ने कर्मचारीलाई सरकारले ठाउँका ठाउमाँ कारवाही गर्छ ।

सरकारले ल्याएको सार्वजनिक खरिद ऐनका बारेमा निर्माण व्यवसायीले उठाएका सवालको जवाफ दिँदै मन्त्री बाँस्कोटाले ठेकेदारको कारण कतिपय ठाउँमा सरकारले गाली र जनताले सास्ती खेप्नुपरेको बताउँदै व्यवसायीको सुझाव र प्रतिक्रियालाई समेटेर ऐन संसोधन हुन सक्ने बताउनु भयो । मन्त्री बाँस्कोटाले अहिले एक छत्र रुपमा ठेक्कामा साज गरिरहेको केही ठेकेदारको कब्जामा ६ जना वा ७ जना निर्माण व्यवसायीको हातमा देशभरीका बाटाघाटा, पुलपुलेसा, खानेपानी, चौकी विमानस्थल रहँदा राष्ट्रिय पूँजीको निर्माण हुन्छ कि हुँदैन भन्दै प्रति प्रस्न गर्नुभयो ।

मन्त्री बाँस्कोटाले थप्नुभयो केही ठेकेदारका कारण सरकार नै असफल हुने अवस्था आएको र म्याद थप गर्ने परिपाटिले पुँजीगत खर्चमा कमि हुने गरेको बताउँदै ठेकेदारले आफुले लिएको काम समयमै सम्पन्न गरे सरकारको पुँजीगत खर्चमा बृद्धि हुने बताउनुभयो । निर्माण व्यवसायीले टेण्डर खरिद प्रक्रियाबाट र कानुनी प्रतिस्पर्धाबाट काम लिएर समयमै सम्पन्न गरे मात्र मुलुक निर्माण कार्य सम्पन्न हुन सक्ने ठोकुवा गर्नुभयो ।

कार्यक्रममा काभ्रे जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित सांसद गंगाबहादुर तामाङले विकास निर्माणको काममा ढिलाई हुनुको कारण मध्य एक कर्मचारी समेत रहेको बताउनु भयो । ‘निर्माणको काम ढिला सुस्ती हुनुमा निर्माण ब्यबसायीलाई मात्र दोष दिने गरेको पाईएको छ तर निर्माण व्यबसायीको मात्र नभई तालुकदार कर्मचारी समेत कारण भएकोले कर्मचारीतन्बमा सुधार्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रदेश सांसद चन्द्रलामाले जनप्रतिनिधि भएपछि कमरेड भन्ना नपाएको बताउनु भएको छ । पार्टीको कार्यक्रम बाहेक अन्त कमरेड भन्ना नपाएको बताउनु भयो । उहाँले थप्नुभयो ‘कमरेड भन्नै नपाएको २ वर्ष भयो, बल्ल आज पार्टीको भात्त्रि संगठनको कार्यक्रम भएकोले कमरेड शब्द उच्चारण गर्न पाउंदा खुसि भएको बताउनु भयो । निर्माण व्यवसायीहरुलाई व्यवसायीहरुलाई व्यबसायी मात्र नभइ कम्युनिस्ट कार्यकर्ताको भुमिका निर्वाह गर्न अनुरोध गर्नुभयो । सांसद लामाले थप्नुभयो ‘राष्ट्रनिर्माणमा इमान्दरभएर लागौं । समृद्ध नेपाल, सुखी नेपाली नारालाई सार्थकता हामी निर्माण व्यवसायीहरुको ठुलो भूमिका रहन्छ ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेका अध्यक्ष रुकु चौंलागाई (रचना) ले काभ्रे जिल्लामा पार्टी एकता नहुनुको कारण गुट–उपगुट रहेको बताउनु भयो । उहाँले थप्नुभयो पार्टी भित्र एमाले र माओवादीनै बन्ने तिर लागेको देखिन्छ । अर्को कारण पार्टीका नेताहरु नै जनप्रतिनिधि भएकोले उहाँहरुले समय दिन सकेन । अनि पार्टी एकतालाई सार्थक बनाउन सकेनौं । कार्यक्रममा अध्यक्ष रचनाले सत्ता र पार्टी बिचमा खाडलको सिर्जना हुँदै गएको बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट निर्माण व्यबसायी संगठनको एकता घोषणा सहित एकता भेलाले प्रल्हाद चौंलागाईंको नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ । जसको सह–संयोजकमा सुदिप गौतम र देवराज लामा, सचिवमा विश्वमणी धिताल र नरबहादुर वाइवा, कोषाध्यक्षमा टिकाबहादुर तामाङ चयन भएका छन् । समितिको सदस्यहरुमा केसरमान तामाङ, स्वस्तिक व्याञ्जू, प्रेम तामाङ, मुकुन्द तिमल्सिना, आनन्द वल, नारायण गौतम, रामेश्वर थापा, विकास लामा, संञ्जय लामा, राकेश श्रेष्ठ र नरेश घिसिङ रहेका छन् । कार्यक्रममा सांसद नविना लामा, प्रदेश सभा सदस्यहरू लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रत्न ढकाल लगायतले आ—आफ्नो धारणा राख्नुभएको थियो ।

  • गलत गर्ने कर्मचारीलाई ठाउंको ठाउं कारबाही हुन्छ - बाँस्कोटा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

    तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0