Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गलत गर्ने कर्मचारीलाई ठाउंको ठाउं कारबाही हुन्छ – बाँस्कोटा

प्रभातफेरी अनलाइन ४०४४ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ३, मंगलबार (४ साल अघि)
गलत गर्ने कर्मचारीलाई ठाउंको ठाउं कारबाही हुन्छ – बाँस्कोटा

बनेपा । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले विकास निर्माणमा गुणस्तरीय र छिटो साथै राम्रो काम गर्नेलाई सरकारले साथ दिने बताउनु भयो ।

निर्माण व्यवसायीहरुले राम्रो काम गर्दा भुक्तानिमा कसैले आनाकानि गरे सरकारलाई सुचना दिनोस सरकारले त्यस्ता कर्मचारीलाई ठिक ठाउमा ल्याउने बताउनु भयो । सरकारले राम्रो कार्य गर्नेलाई साथ दिने र नराम्रा कार्य गर्नेलाई कारवाही गर्नेमा कुनै अनुहार हेरिँदैन, कमरेड पनि भनिँदैन, मन्त्री पनि भनिँदैन, नेता पनि छोडिँदैन, युनियन पनि टेरिँदैन निस्पक्ष ढंगले अगाडी बढ्ने ठोकुवा गर्नु भयो ।

नेपाल निर्माण व्यवसायी संगठन ३ नं. प्रदेश कमिटीले आयोजनामा सम्पन्न भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री बाँस्कोटाले निर्माण व्यवसायी चुस्त भएका कार्य गर्न सुझाव दिनुभयो । राम्रो काम गरी बिल पास गर्न जाँदा कर्मचारीले आनाकानी गरे सरकारलाई सूचना दिनोस त्यस्ता कर्मचारीलाई सरकारले ठेगान लगाउंछ । गलत कार्य गर्ने कर्मचारीलाई सरकारले ठाउँका ठाउमाँ कारवाही गर्छ ।

सरकारले ल्याएको सार्वजनिक खरिद ऐनका बारेमा निर्माण व्यवसायीले उठाएका सवालको जवाफ दिँदै मन्त्री बाँस्कोटाले ठेकेदारको कारण कतिपय ठाउँमा सरकारले गाली र जनताले सास्ती खेप्नुपरेको बताउँदै व्यवसायीको सुझाव र प्रतिक्रियालाई समेटेर ऐन संसोधन हुन सक्ने बताउनु भयो । मन्त्री बाँस्कोटाले अहिले एक छत्र रुपमा ठेक्कामा साज गरिरहेको केही ठेकेदारको कब्जामा ६ जना वा ७ जना निर्माण व्यवसायीको हातमा देशभरीका बाटाघाटा, पुलपुलेसा, खानेपानी, चौकी विमानस्थल रहँदा राष्ट्रिय पूँजीको निर्माण हुन्छ कि हुँदैन भन्दै प्रति प्रस्न गर्नुभयो ।

मन्त्री बाँस्कोटाले थप्नुभयो केही ठेकेदारका कारण सरकार नै असफल हुने अवस्था आएको र म्याद थप गर्ने परिपाटिले पुँजीगत खर्चमा कमि हुने गरेको बताउँदै ठेकेदारले आफुले लिएको काम समयमै सम्पन्न गरे सरकारको पुँजीगत खर्चमा बृद्धि हुने बताउनुभयो । निर्माण व्यवसायीले टेण्डर खरिद प्रक्रियाबाट र कानुनी प्रतिस्पर्धाबाट काम लिएर समयमै सम्पन्न गरे मात्र मुलुक निर्माण कार्य सम्पन्न हुन सक्ने ठोकुवा गर्नुभयो ।

कार्यक्रममा काभ्रे जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित सांसद गंगाबहादुर तामाङले विकास निर्माणको काममा ढिलाई हुनुको कारण मध्य एक कर्मचारी समेत रहेको बताउनु भयो । ‘निर्माणको काम ढिला सुस्ती हुनुमा निर्माण ब्यबसायीलाई मात्र दोष दिने गरेको पाईएको छ तर निर्माण व्यबसायीको मात्र नभई तालुकदार कर्मचारी समेत कारण भएकोले कर्मचारीतन्बमा सुधार्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रदेश सांसद चन्द्रलामाले जनप्रतिनिधि भएपछि कमरेड भन्ना नपाएको बताउनु भएको छ । पार्टीको कार्यक्रम बाहेक अन्त कमरेड भन्ना नपाएको बताउनु भयो । उहाँले थप्नुभयो ‘कमरेड भन्नै नपाएको २ वर्ष भयो, बल्ल आज पार्टीको भात्त्रि संगठनको कार्यक्रम भएकोले कमरेड शब्द उच्चारण गर्न पाउंदा खुसि भएको बताउनु भयो । निर्माण व्यवसायीहरुलाई व्यवसायीहरुलाई व्यबसायी मात्र नभइ कम्युनिस्ट कार्यकर्ताको भुमिका निर्वाह गर्न अनुरोध गर्नुभयो । सांसद लामाले थप्नुभयो ‘राष्ट्रनिर्माणमा इमान्दरभएर लागौं । समृद्ध नेपाल, सुखी नेपाली नारालाई सार्थकता हामी निर्माण व्यवसायीहरुको ठुलो भूमिका रहन्छ ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेका अध्यक्ष रुकु चौंलागाई (रचना) ले काभ्रे जिल्लामा पार्टी एकता नहुनुको कारण गुट–उपगुट रहेको बताउनु भयो । उहाँले थप्नुभयो पार्टी भित्र एमाले र माओवादीनै बन्ने तिर लागेको देखिन्छ । अर्को कारण पार्टीका नेताहरु नै जनप्रतिनिधि भएकोले उहाँहरुले समय दिन सकेन । अनि पार्टी एकतालाई सार्थक बनाउन सकेनौं । कार्यक्रममा अध्यक्ष रचनाले सत्ता र पार्टी बिचमा खाडलको सिर्जना हुँदै गएको बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट निर्माण व्यबसायी संगठनको एकता घोषणा सहित एकता भेलाले प्रल्हाद चौंलागाईंको नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ । जसको सह–संयोजकमा सुदिप गौतम र देवराज लामा, सचिवमा विश्वमणी धिताल र नरबहादुर वाइवा, कोषाध्यक्षमा टिकाबहादुर तामाङ चयन भएका छन् । समितिको सदस्यहरुमा केसरमान तामाङ, स्वस्तिक व्याञ्जू, प्रेम तामाङ, मुकुन्द तिमल्सिना, आनन्द वल, नारायण गौतम, रामेश्वर थापा, विकास लामा, संञ्जय लामा, राकेश श्रेष्ठ र नरेश घिसिङ रहेका छन् । कार्यक्रममा सांसद नविना लामा, प्रदेश सभा सदस्यहरू लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रत्न ढकाल लगायतले आ—आफ्नो धारणा राख्नुभएको थियो ।

  • गलत गर्ने कर्मचारीलाई ठाउंको ठाउं कारबाही हुन्छ - बाँस्कोटा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

    निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

  • दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

    दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0