Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

औद्योगिक ग्राम स्थापनाको लागि सम्झौता, पाँचखालकोे तरकारी, अर्गानिक सरहको छ – खरेल

प्रभातफेरी अनलाइन ५०९४ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र २४, मंगलबार (६ साल अघि)
औद्योगिक ग्राम स्थापनाको लागि सम्झौता, पाँचखालकोे तरकारी, अर्गानिक सरहको छ – खरेल

आइ.आर.के.मैनाली
पाँचखाल-पाँचखाल नगरमा एक पछि अर्को गर्दै पाँचखालको हितको खातिर सम्झौता हुने क्रम जारी रहेको छ । दक्षिण यशियाकै ठुलो योजनाको रुपमा रहेको पाँचखाल बृहत खानेपानी योजनाको सम्झौता भएको केही दिनमै नेपालमै पहिलो महिला उद्यमी तथा हरित औद्योगिक ग्राम स्थापना हुने भएको छ ।

नेपालमा रहेको ७ प्रदेशमै उक्त उद्योग खोल्ने तयारीका साथ अगाडी बढेको दक्षिण एशियाली महिला विकास मञ्च र महिला उद्यमी महासंघ नेपालले नेपालमै पहिलो सम्झौता पाँचखालमा भएको हो । प्रदेश नं ३ मा खोलिने उद्योग पाँचखालमा खोलिने भएसंगै सातै प्रदेसलाई उछिन्दै प्रदेश नं ३ को पाँचखालमा सम्झौता गरी खाता खोल्ने कार्य भएको छ ।

प्रथम महिला उद्यमी तथा हरित औद्योगिक ग्राम स्थापनाको लागि पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासंघ नेपाल वीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता कार्यक्रममा नगर प्रमुख महेश खरेल, दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य (रिजाल) र महिला उद्यमी महासंघ ,नेपालका अध्यक्ष शारदा रिजाल विचमा त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौता अनुसार पाँचखाल नगरपालिका वडा नं ७ मा प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम स्थापना र विकास गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको उल्नेख छ । प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम स्थापना र विकासको लागि पूर्वाधार निर्माण, लगानी, प्राविधिक सहयोग, जनशक्ति विकास तथा औद्योगिक ग्रामको संचालन र व्यवस्थापनमा सहयोग र सहकार्य गर्दै अघिबढ्ने तथा व्यवसायिक स्रोत, साधन र अभ्यासको विकास र उपयोगिताबाट एक अर्काको सबलता, अनुभव र स्रोतको प्रयोगबाट साझेदारी ढाँचामा संरचना बनाई सामुहिक क्रियाकलाप गर्दै सबैको हिततर्फ अग्रसर हुने उदेश्यले सम्झौता भएको पाँचखाल नगरपालिकाले जनाएको छ ।

औद्योगिक ग्राम स्थापना र विकासको लागि पाँचखाल नगरपालिका वडा नं ७ को कित्ता नं ८९, ९० र ११३ गरी जम्मा १२.३ एकड (९८ रोपनी) जग्गा २५ वर्षको लागि उपलब्ध गराउने सम्झौतापत्रमा उल्नेख छ । जुन स्थान पाँचखालमा संञ्चालन हुने बिशेष आर्थिक क्षेत्र (सेज) को नजिक रहने छ । सो स्थानमा संञ्चालन हुने उद्योगहरु बिशेष गरेर कृषिसंग सम्बन्धित रहने जानकारी (सम्झौताको क्रममा) गराईएको छ ।

सम्झौतापत्रमा औद्योगिक ग्रामको पूर्वाधार निर्माणमा संघीय तथा प्रदेश सरकार तथा अन्य निकायबाट हुने आवश्यक सहयोग र अनुदान लिइनेछ । यसको औद्योगिक ग्रामको विकास, सञ्चालन र व्यवस्थापनको कार्यमा सहयोग गर्ने, औद्योगिक ग्राम क्षेत्र भित्रको जग्गाउद्योगहरुको स्थापना, सञ्चालन र विकासको लागि मात्र उपयोग गर्नुपर्ने, औद्योगिक ग्रामको जग्गा जमिन लगायतको सम्पूर्ण सम्पत्तीको प्रयोग, व्यवस्थापन र संरक्षण गर्न नगरपालिकाले आवश्यकता बमोजिम सहयोग गर्ने, औद्योगिक ग्रामको कारण आसपासको वातावरण, मानव जीवनतथा भौतिक विकास निर्माणका कार्यमा असर पर्न नदिईने , औद्योगिक ग्राममा सिर्जना हुने रोजगारीका अवसरमा स्थानीयलाई प्राथमिकता दिइने उललेख गरेको छ ।

सम्झौता कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम मुलुक भरमा ७ स्थानमा हुनेमा पहिलो स्थानको रुपमा पाँचखालमा सम्झौता हुनुलाई नगरको अवसर भएको बताउनु भएको छ । उहाँले थप्नुभयो ३ नं प्रदेशमा झण्डै १ सय नगरपालिका रहेको छ, त्यसमध्य पाँचखाल छनोट हुनुमा खुसि व्यक्त गर्नुभयो । यस्ता उद्योगले पाँचखाल नगर देशकै नमुना नगर बन्न टेवा मिल्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख खरेलले थप्नुभयो पाँचखालमा उत्पादन भएको कृषि उपजहरुले बजार नपाएको बताउंदै त्यसको व्यवस्थापनको लागि नगरले कार्य अगाडी बढाएको बताउनु भयो । पाँचखालमा तरकारी उत्पादन गर्ने कृषकहरु सधै उस्ताको उस्तै तर विचौलियाहरु धेरै माथि पुग्नाको कारण विचौलियाले कृषकलाई मर्काउदा भएको उपलब्धी हो भन्दै ठोकुवा गर्नुभयो । समृद्ध पाँचखाल बनाउन कृषकलाई धनि पार्नु पर्ने भएकोले नगर सोहि ढंगबाट अगाडी बढेको बताउनु भयो । पाँचखालमा उत्पादन भएको तरकारीहरु अर्गानिक सरह भएको प्रमाणि भएको छ जसको कारण पाँचखालको तरकारी ढुक्कसंग खान मिल्ने अवस्था रहेको बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य (रिजालले) कार्यक्रमले महिला उद्यमशिलताको विकास र आर्थिक शसक्तिकरणको लागि सहयोग पुग्ने बताउनु भयो । नेपालमै पहिलोपटक स्थापना हुन लागेको उद्योग महिला केन्द्रीत तथा कृषिलाई केन्द्रीत बनाएर सञ्चालन हुनेछ । महिला उद्यमी महासंघ, नेपालका अध्यक्ष शारदा रिजालले नेपालमा आर्थिक योगदानमा महिला उद्यमीहरुको पनि भूमिका रहेकोले महिलाहरुलाई नै समेटेर प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम स्थापनामा जोड दिईएको बताउनु भयो ।
सम्झौता कार्यक्रममा पाँचखाल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर भण्डारी, नगरका वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकाल, वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामा, वडा नं १ का वडा अध्यक्ष अष्टबहादुर लामा, वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडा,लगायतको उपस्थिति रहेको थियो ।

  • अर्गानिक सरहको छ - खरेल
  • औद्योगिक ग्राम स्थापनाको लागि सम्झौता
  • पाँचखालकोे तरकारी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0