logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

नेपालमा विकास नभएको होइन विधि नभएको -सिँचाई सचिव

प्रभातफेरी अनलाइन७४७७ पटक पढिएको प्रकाशित मिति: २०७६ कार्तिक ९, शनिबार(६ साल अघि)
नेपालमा विकास नभएको होइन विधि नभएको -सिँचाई सचिव

प्रल्हाद शर्मा हुमागाई
काभे्रपलाञ्चोक /शुभ दीपावली, न्हूँदया र छठपर्वको अवसरमा धुलिखेल उद्योग वाणिज्य संघले शुक्रबार धुलिखेलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सिंचाई मन्त्रालयका सचिव रविन्द्रनाथ घोली श्रेष्ठले नेपालमा विकास नभएको होइन, योजनाबद्ध ढंगबाट मात्र नभएको बताउनुभएको छ ।

आफ्नो २९ वर्षे निजामति सेवाका बारेमा चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि सिंचाई सचिव घोेलीको कथन थियो– सांगठनिक ढंगबाट काम गर्ने हो भने असम्भव भन्ने नै नहुने तर्क राख्नुभएको थियो । आफू काभ्रेली भएकै कारण काभ्रेको विकास निर्माणप्रति विशेष चासो रहेको र सकेसम्म कसैलाई पनि खाली हात नपठाएको स्मरण गराउँदै अरनिको राजमार्गको स्तरउन्नतीमा ठूलै जोखिम उठाएको चर्चा गर्नुभयो ।

कार्यक्रमका अर्का आकर्षक उज्यालो अभियान्ता विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङ– चाहना हुनुपर्छ नकारात्मक भावना बोकेको व्यक्तिबाट पनि सकारात्मक काम गराउन सकिन्छ । जसको प्रतिबिम्बका रुपमा विद्युत् प्राधिकरण भएको स्मरण गराउनुभयो । हिजो पावर नपुगेर समस्या थियो, आज खपत नभएर समस्या निम्तिएको छ । उपभोक्ताले जति बढी उपभोग गर्नुहुन्छ, त्यति नै उत्पादनमा उर्जा मिल्ने घिसिङको तर्क थियो ।

वहाँको थप कथन थियो– २४ घण्टा विद्युत् नपाएकाहरु प्राधिकरणको प्राथमिकतामा परेका छन् तब मात्रै अन्य समस्याको पहिचान हुने घिसिङको स्पष्टोत्तती थियो । कार्यक्रमका पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार श्रेष्ठ, बुद्धराम वयजुु, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य दिनेश श्रेष्ठ, दिलसुन्दर श्रेष्ठ, सुवासकाजी श्रेष्ठ लगायतले रविन्द्रनाथ भोली श्रेष्ठ र कूलमान घिसिङका योगदानका बारेमा चर्चा गरेका थिए । महिला उद्यमी संघ काभ्रेका अध्यक्ष लक्ष्मी खनालको कथन थियो– अझै पनि पितृसतात्मक संस्कारबाट माथि उठ्न नसकेको धारणा राख्नुभएको थियो ।