Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामुदायिक विद्यालयलाई कमजोर नसम्झनुस्, यहाँ पृथ्वी नारायण शाह जन्मन्छन्, यहाँ अमृत निस्कन्छ- पूर्व सेनापति कटुवाल

प्रभातफेरी अनलाइन ८९५५ पटक पढिएको प्रकाशित मिति: २०७६ मंसिर ४, बुधबार (६ साल अघि)
सामुदायिक विद्यालयलाई कमजोर नसम्झनुस्, यहाँ पृथ्वी नारायण शाह जन्मन्छन्, यहाँ अमृत निस्कन्छ- पूर्व सेनापति कटुवाल

काभ्रे भञ्ज्याङ्ग/करथरी माध्यमिक विद्यालय, काभ्रे भञ्ज्याङ्गमा आयोजित सभ्य र भव्य कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्व सेनापति एवं कार्यक्रमका प्रमुख अतिथि रुक्मांद कटुवालले सामुदायिक विद्यालयले राष्ट्रप्रति ठूलो लगानी गरेको चर्चा गर्नुहुँदै सामुदायिक विद्यालयलाई कमजोर नसम्झनुस्, यहाँ पृथ्वी नारायण शाह जस्ता सपुत जन्मने उदाहरण दिनुभएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि कटुवालको थप कथन थियो– शिक्षा दिने भनेको डिग्री दिने हो । “यहाँ पाइलट, इन्जिनियरभन्दा पनि असल नागरिक कसरी बनाउने ? एउटा नैतिकवान् कर्मठ व्यक्तित्व कसरी निर्माण गर्ने भन्ने बारेमा शिक्षक लागिपर्नु पर्छ ।” संसारमा कुनै धन खर्च गरेर नसकिने भन्ने छैन । बिलग्रेट पनि रित्तिन सक्छ तर शिक्षा यस्तो धन हो, जति खर्च ग¥यो उति बढ्छ, न भारी हुन्छ, न कर नै राज्यलाई तिर्नुपर्छ । त्यसैले त्यस्तो आचरण भएको विद्यार्थी उत्पादन गर्नुभयो भने यो मुलुकमा “न भ्रष्टाचारी, न दुराचारी, न सडकमा फोटो झुण्ड्याउनुपर्ने ठग ठेकेदार नै जन्मिन्छन् ।” त्यसैले यो मुलुकलाई कस्तो जनशक्ति उत्पादन गर्ने हो, त्यो शिक्षकहरुको हातमा भएको खुलासा समेत प्रमुख अतिथि कटुवालले कार्यक्रममा गर्नुभयो ।
यो मुलुकमा राष्ट्र, राष्ट्रियताप्रति बफादार नागरिक उत्पादन भएको छ भने त्यो सामुदायिक विद्यालयले गरेको छ भन्नुहुँदै प्रमुख अतिथि कटुवाल थप्नुहुन्छ– काम कुनै पनि सानो नहुने हातमा हात मिलाएर अघि बढ्यौं भने असम्भव भन्ने कुनै विषयवस्तु नै नभएको बताउनुभएको छ । सामूहिक प्रयासले धेरै सम्भावनाका बाटाहरु खुलाउँछ । त्यसैले कुनै पनि कार्य गर्नु अगाडि सामूहिक निर्णय गरेर अगाडि जानुभयो भने कसैको पनि आशमा बस्नुपर्दैन ।

प्रमुख अतिथि कटुवालले शिक्षामा देखिएको राजनीतिक रंगप्रति तिखो आलोचना गर्दै शैक्षिक संस्थाहरुमा राजनीतिक चलखेल हुन दिनुभएन । झोला बोक्ने नै भए राजनीतिक कार्यकर्ता बनेर कार्यक्षेत्रमा लागौं । शिक्षा जस्तो पवित्र स्थलमा त्यसलाई नल्याऔं । जसले शैक्षिक संस्थाहरुलाई धरासायी बनाएको छ । आज सामुदायिक विद्यालयप्रति अभिभावकहरुको चासो कम हुनुको मुख्य कारण भनेको झोले शिक्षक नै हुन् उहाँले किटानी गर्नुभयो । जसले शैक्षिक संस्थालाई राजनीतिक गर्ने अखडाको रुपमा विकास गरे । जसको कारण सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किँदै गयो । जसको परिणाम शैक्षिक अवस्था धरासायी बन्न पुग्यो । त्यसैले शैक्षिक संस्थालाई राजनीतिक गर्ने अखडा बनाउनु भएन । यदि गुणस्तरीय जनशक्ति उत्पादन गर्ने हो भने विद्यालयलाई स्वतन्त्र शैक्षिक संस्थाको रुपमा अगाडि सारौं । जसले एउटा क्षमतावान्, नैतिकवान्, कर्मठ, कर्तव्यपरायण व्यक्तित्व जन्माउन सकोस् भन्नुहुँदै विद्यालयको भौतिक संरचनातर्फ लक्षित गर्दै प्रमुख अतिथि कटुवालको जिज्ञासा थियो– नेतालाई जसरी भोट दिनुभयो, त्यसैगरी राज्यको ढुकुटीको सही सदुपयोग गर्न घच्घच्याउनुपर्ने नागरिक दायित्वको बारेमा चर्चा गर्नुभएको थियो । यदि त्यसो भएन भने नेताहरुलाई खबरदारी गरेर सचेत गर्न प्रमुख अतिथि कटुवालले नागरिकको ध्यानाकर्षण गराउनुभएको थियो ।
कार्यक्रममा कटुवाल सहयोग सञ्जाल नेपालका अध्यक्ष शान्ता कटुवाल, धुलिखेल नगरपालिका वडा नं. ९ का अध्यक्ष बसन्त रानाभाट, विद्यालयका प्रअ हरिप्रसाद अधिकारी, बद्री हुमागाईं, विष्णु हुमागाईं, रेडक्रसप्रेमी राजु सिग्देल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश हुमागाईं, राजु हुमागाईं लगायतका वक्ताहरुले कटुवाल सहयोग सञ्जालले पु¥याएको सहयोगको बारेमा चर्चा गरेका थिए । कार्यक्रम रेडक्रस सोसाइटी काभ्रे उपशाखाका सभापति बलराम सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रम पश्चात कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै भुपू सैनिक संघ काभ्रेका अध्यक्ष इन्द्र दाहाल बताउनुहुन्छ– कटुवाल समाजले जुन किसिमको सहयोग यस विद्यालयलाई पु¥यायो, त्यसबाट हामी राष्ट्रप्रेमी, सुरक्षाकर्मीहरुले यसको महत्व कति रहेछ भन्ने बल्ल बुझ्न पुग्यौं । जसरी कटुवाल सेवा समाजले न्यानो कपडा, स्टेशनरी र सेनेटरी प्याड ल्याएर सहयोग ग¥यो, त्योबाट हामीले पाठ सिक्न जरुरी छ । नेतृत्व कति कुशल छ भन्ने प्रमाण आजको कार्यक्रममा देखिएको भव्य र सभ्य स्वागतले पनि पुष्टि हुन्छ । पैसा मात्र सबैथोक होइन, मानवीय भावना र सेवा एकअर्काका पूरक हुन्, यिनीहरुलाई सही ढंगबाट समायोजन गर्न सकियो भने कसैको मुख ताकिराख्न पर्दैन । मात्रै हामीसँग चाहना हुनुपर्छ भन्ने देखाएको छ दाहालले भन्नुभयो ।

उपहार वनमाराको फूल पनि सागर जति नै महान् हुन्छ- नेता कटुवाल

सोमबार भएको न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विद्यार्थी नेता एवं कटुवाल सहयोग सञ्जाल नेपालका सदस्य मिरा कटुवालले आत्मीय रुपमा दिएको उपहार वनमाराको फूल किन नहोस्, सागरभन्दा पनि महान् हुने स्मरण गराउनुभएको छ ।

इतिहास कोर्नेहरु सरकारी विद्यालयकै उत्पादन हुन् । अहिले जति पनि राष्ट्र सेवामा समर्पित शक्ति छ, त्यो सरकारी विद्यालयकै उत्पादन हो । त्यसैले सरकारी विद्यालयमा पढाएर, पढेर कोही सानो हुँदैन । यो गलत संस्कारलाई अभिभावकहरुले सदाको लागि त्याग्नुको विकल्प छैन । २०४६ सालको परिवर्तन पछि मात्रै सुविधा सम्पन्न शहरमा च्याउझैं उम्रिएका शैक्षिक व्यवसायको कारण अहिले सामुदायिक विद्यालयको उत्पादन ओझेलमा पर्न पुगेको हो । जसले विश्वमै उत्कृष्ट स्थान ओगट्न सफल त्रिभुवन विश्वविद्यालयको साख घटाउन ठूलै हर्कत गरेको तथ्य हाम्रा सामु छ । अहिले पनि हाम्रा भाइबहिनीहरुलाई अध्यापन गराउनुहुने गुरु, गुरुआमाहरु त्यही त्रिभुवन विश्वविद्यालयकै उत्पादन हुनुहुन्छ । अब भन्नुस्, च्याउझैं उम्रिएका संस्थागत शैक्षिक संस्थाको उत्पादनले यो नेपाली आमाको चिरिएको छातीमा कति मलमपट्टि लगायो ? हामीले इतिहास नभुल्नु हुँदैन भन्दै नेता कटुवालको थप कथन थियो– कसैले आश देखाउँदैमा हात थाप्ने होइन, आफू हिँड्ने गोरेटो आफैंले कार्नुपर्छ, तबमात्र लक्ष्यमा पुगिन्छ । इतिहासतर्फ एकपटक हेर्नुस्, यो मुलुकलाई दासत्वबाट टाढै राख्ने महान् व्यक्तित्वहरु अर्काे नक्षत्रमा पढेर आएका थिएनन् । त्यसैले नेपालको शैक्षिक गुणस्तरका बारेमा प्रश्न उठाउन नसक्ने हैसियत सरकारी विद्यालयले नै जीवन्त दिएको तथ्य हाम्रासामु छ । त्यसैले तपाईं हामी कसैमा जन्मभूमिप्रति अलिकति मात्र माया छ भने हाम्रा सन्तानहरुलाई सरकारी विद्यालयमा पढाऔं । झारा टार्ने संस्कारबाट शिक्षकहरु माथि उठ्ने कोसिस गरौं ।

नेपालको शैक्षिक संस्थाप्रति विश्वकै उत्कृष्ट ध्यान समेत रहेको नेता कटुवालको तर्क थियो ।
आफ्नो बाल्यपनका बारेमा चर्चा गर्दै बालबालिकाहरुका लागि दिइएको शैक्षिक सामग्री, न्यानो नाना र सेनेटरी प्याडको सही सदुपयोग गर्न भाइबहिनीहरुलाई आग्रह गर्दै नेता कटुवाल भन्नुहुन्छ– हामीले ठूलो त्यस्तो केही ल्याएका छैनौं, ल्याएका छौं त केवल आफू, आफैंले सानो सानो गरी जम्मा गरेको आर्थिकलाई सदुपयोग गरेका हौं । त्यसले विद्यालय परिवार, भाइबहिनीहरुलाई सहयोग गर्ने भावना विकास हुन्छ भन्ने विश्वास लिएका छौं । आफूले बाल्यकालमा एउटा सिसाकलम नपाएर तड्पिएको त्यो दिनका बारेमा भाइबहिनीहरुलाई बताउँदै श्रम गरेर तिरेको स्मरण गराउँदै हामीले कामलाई सानो नसम्झियौं । जसले आज मलाई यहाँसम्म डोहो¥याउने प्रेरणा बन्यो भन्नुभयो ।

  • यहाँ अमृत निस्कन्छ- पूर्व सेनापति कटुवाल
  • यहाँ पृथ्वी नारायण शाह जन्मन्छन्
  • सामुदायिक विद्यालयलाई कमजोर नसम्झनुस्
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

    तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0