Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विद्यालय राजनीति गर्ने थलो होइन- सांसद लम्साल

प्रभातफेरी अनलाइन ६२५१ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष ८, मंगलबार (६ साल अघि)
विद्यालय राजनीति गर्ने थलो होइन- सांसद लम्साल

सुशिल राज गिरि

पाँचखाल/प्रदेशसभा सांसद लक्ष्मण लम्सालले बिद्यालय राम्रो बनाउनको लागि सबै स्थानीय निकाय साथै तिनै तहको सकार लाग्नुपर्ने वताउंनु भयो ।

पाँचखान नगरपालिका वडा नं ५ भमरकोटमा रहेको गणेश माविकोे विशेष अभिभावक दिवसको अवसरमा सांसद लम्सालले उक्त धारना राख्नुभएको थियो । उहाँले थप्नुभयो बिद्यालयको निरन्तर साथै शिक्षामा राम्रो प्रतिफल ल्याउनको लागि बिद्यालय परिवार अभिभावक सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि सांसद लम्सालले सरकारी विद्यालय राजिनती गर्ने र सम्मान पाउने थलो नरहेको ठोकुवा गर्नुभयो । सरकारी विद्यालयको पढाइको गुणस्तर नहुनुमा शिक्षक, बिद्यार्थी , अभिभाबक, राजनीतिकर्मी बुद्धिजीवी सबै जिम्मेवार रहेकाले विद्यालयमा राजनीति गर्ने कार्य बन्द गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा सांसद लम्सालले भन्नूभयो श्री गणेशको यो विशेष अभिभावक भेला मा तपाईंलाई स्वागत छ, अब बन्ने ब्यबस्थापन समितिलाई बधाई छ, तर राजनीति गर्ने र सम्मान पाउन तपाईं विद्यालय नआईदिनुस सरकारले नयाँ लडाइँ लडिरहेको बताउनु भयो । परिबर्तन को लागि शिक्षा स्वास्थ निःशुल्क बनाउन र फेरि यसैलाई कमजोर बनाउन सरकारको स्वामित्व रहेको सरकारी विद्यालयमा राजनीति हुने र ब्यबस्थापन समितीमा बस्ने अभिभाबक केबल सम्मानको लागि मात्र बसिदिने हो भने एउटा सिङ्गो गाउँले पाउनु पर्ने दक्ष शिक्षित ब्यत्ती गुमाउने बताउनु भयो । विद्यालयमा अझै राजनीति गर्ने हो भने शिक्षाको बिकासमा अझै हामी पछि पर्ने बताउनु भयो । भुकम्प पछि सरकारले बिभिन्न दाताहरुको ऋण सहयोगमा धेरै बिद्यालयहरु निर्माण गरिरहेको र बिद्यालय भौतीकरुपमा सम्पन्न भए संगै शिक्षाको प्रतिफल पनि राम्रो हुनुपर्ने उहाँको तर्क थियो ।

प्रदेश सांसद लम्सालले निर्वाचनमा गरिएको प्रतिवद्धता अनुसार जनताको सबैखाले कामहरुमा आफु र सरकार सधै निरन्तर लागिरहेको बताउंदै पाँचखालमा भमरकोटको खानेपानि, बाटो, पर्यटन क्षेत्रहरुमा बिकास गर्नको लागि सधै आफु तयारका साथ लागिरहेको बताउनु भयो । हामीले आफ्नु जिम्मेवारी पूरा गर्ने हो भने छोटो समयमै बिकास र समृद्धि देख्न सकिन्छ, त्येसैले यस बिद्यालयमा आवस्यक दरबन्दी, पहिरो नियन्त्रण का लागि म सहयोग गर्नेछु तपाई सम्पुर्ण शैक्षिक गुणस्तर बृद्वी गर्न लाग्नुस, सरकारले सम्बृद्व नेपाल सुखी नेपालीको नारा लाई पूरा गर्ने तिनै तहका सरकारले सबै बालबालिकालाई बिद्यालयमा भर्नागरी अभिभावक बनेको स्मरणसमेत गराउनु भयो । अहिले निजी र सरकारी बिच जुन प्रतिसपर्धा छ, यस्मा सरकारी बिद्यालयको र सबै सरकारी क्षेत्रको गुणस्तर बढाउन सके मात्र देस र जनता ले परिवर्तन पाउने बताउनुभयो ।

कार्यक्रमका बिशेष अतिथि पाँचखाल वडा नं ५ का अध्यक्ष बालकृष्ण सापकोटाले बिद्यालयको बिकासको लागि वडा र स्थानीय सरकार सधै तयार रहेको बताउनु भयो । त्यसैगरी पाँचखान नगरपालिका शिक्षा शाखा प्रमुख उदयप्रसाद कोइरालाले नगरपालिकाले शिक्षा क्षेत्रको राम्रो प्रतिफल ल्याउनको लागि काम गरिरहेको बताउनु भयो । बिद्यालयलाई राम्रोसंग संञ्चालन गर्न स्थानिय जनप्रतीनिधि साथै सम्पुर्ण शिक्षापे्रमीहरुको चासो र सहयोग हुनुपर्ने बताउनु भयो ।

कर्यक्रममा बिद्यालयमा लामो समय कार्यरत शिक्षिका पद्मा कुमारी पौडेलको बिधाई समेत गरिएको थियोे । साथै बिद्यालय ले विभिन्न शिर्षकमा छात्राबृति बितरण गरेको थियो । जसमा पुर्व बिद्यार्थी अम्बिका गिरिले नेदरल्याण्डबाट बिद्यार्थीहरुको लागि पठाएको जानकारी दिदै उक्त छात्राबृति प्रमुख अथितबाट बितरण गरिएको थियो । नेदरल्याण्डमा रहेका गिरिले बिद्यालयमा अध्ययनरत ११ जना बिद्यार्थीहरुको लागि युनिफर्म, स्कुल ब्यग, स्टेस्नरी लगायतको सामाग्रीहरु खरीदको लागि बिद्यालयलाई रकम पठाई सहयोग गरिएको थियो ।

श्री गणेश माबिको विशेष अभिभाबक भेलाबाट बिद्यालय ब्यवस्थापन समिति चयनको लागि शिक्षक अभिभावकका अध्यक्ष तेजप्रसाद तिमल्सिना, ५ नं वडा अध्यक्ष बालकृष्ण सापकोटा, प.्रअ नाराय प्रसाद सापकोटा स्वत समिति रहने र महिला सदस्यहरुमा रमा दुलाल र अन्जनी मिजार त्यसैगरी पुरुष सदस्यमा तोप प्रसाद सापकोटा (रबि), राजकुमार सापकोटा चयन गरिएको थियो । साथै उक्त समितिले दुई जना सदस्य पुर्ब बि.ब्य.स.अध्यक्ष राजन सापकोटा र महिला सर्मीला रन्जितकार लाई मनोनयन थप गरि बिद्यालय ब्यवस्थापन समिति तोप प्रसाद सापकोटा (रबि) अध्यक्ष चयनहुनुभई बिद्यालय ब्यवस्थापन समिति पुर्ण भएको छ ।

  • विद्यालय राजनीति गर्ने थलो होइन- सांसद लम्साल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0