Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विद्यालय राजनीति गर्ने थलो होइन- सांसद लम्साल

प्रभातफेरी अनलाइन ५५३९ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष ८, मंगलबार (३ साल अघि)
विद्यालय राजनीति गर्ने थलो होइन- सांसद लम्साल

सुशिल राज गिरि

पाँचखाल/प्रदेशसभा सांसद लक्ष्मण लम्सालले बिद्यालय राम्रो बनाउनको लागि सबै स्थानीय निकाय साथै तिनै तहको सकार लाग्नुपर्ने वताउंनु भयो ।

पाँचखान नगरपालिका वडा नं ५ भमरकोटमा रहेको गणेश माविकोे विशेष अभिभावक दिवसको अवसरमा सांसद लम्सालले उक्त धारना राख्नुभएको थियो । उहाँले थप्नुभयो बिद्यालयको निरन्तर साथै शिक्षामा राम्रो प्रतिफल ल्याउनको लागि बिद्यालय परिवार अभिभावक सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि सांसद लम्सालले सरकारी विद्यालय राजिनती गर्ने र सम्मान पाउने थलो नरहेको ठोकुवा गर्नुभयो । सरकारी विद्यालयको पढाइको गुणस्तर नहुनुमा शिक्षक, बिद्यार्थी , अभिभाबक, राजनीतिकर्मी बुद्धिजीवी सबै जिम्मेवार रहेकाले विद्यालयमा राजनीति गर्ने कार्य बन्द गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा सांसद लम्सालले भन्नूभयो श्री गणेशको यो विशेष अभिभावक भेला मा तपाईंलाई स्वागत छ, अब बन्ने ब्यबस्थापन समितिलाई बधाई छ, तर राजनीति गर्ने र सम्मान पाउन तपाईं विद्यालय नआईदिनुस सरकारले नयाँ लडाइँ लडिरहेको बताउनु भयो । परिबर्तन को लागि शिक्षा स्वास्थ निःशुल्क बनाउन र फेरि यसैलाई कमजोर बनाउन सरकारको स्वामित्व रहेको सरकारी विद्यालयमा राजनीति हुने र ब्यबस्थापन समितीमा बस्ने अभिभाबक केबल सम्मानको लागि मात्र बसिदिने हो भने एउटा सिङ्गो गाउँले पाउनु पर्ने दक्ष शिक्षित ब्यत्ती गुमाउने बताउनु भयो । विद्यालयमा अझै राजनीति गर्ने हो भने शिक्षाको बिकासमा अझै हामी पछि पर्ने बताउनु भयो । भुकम्प पछि सरकारले बिभिन्न दाताहरुको ऋण सहयोगमा धेरै बिद्यालयहरु निर्माण गरिरहेको र बिद्यालय भौतीकरुपमा सम्पन्न भए संगै शिक्षाको प्रतिफल पनि राम्रो हुनुपर्ने उहाँको तर्क थियो ।

प्रदेश सांसद लम्सालले निर्वाचनमा गरिएको प्रतिवद्धता अनुसार जनताको सबैखाले कामहरुमा आफु र सरकार सधै निरन्तर लागिरहेको बताउंदै पाँचखालमा भमरकोटको खानेपानि, बाटो, पर्यटन क्षेत्रहरुमा बिकास गर्नको लागि सधै आफु तयारका साथ लागिरहेको बताउनु भयो । हामीले आफ्नु जिम्मेवारी पूरा गर्ने हो भने छोटो समयमै बिकास र समृद्धि देख्न सकिन्छ, त्येसैले यस बिद्यालयमा आवस्यक दरबन्दी, पहिरो नियन्त्रण का लागि म सहयोग गर्नेछु तपाई सम्पुर्ण शैक्षिक गुणस्तर बृद्वी गर्न लाग्नुस, सरकारले सम्बृद्व नेपाल सुखी नेपालीको नारा लाई पूरा गर्ने तिनै तहका सरकारले सबै बालबालिकालाई बिद्यालयमा भर्नागरी अभिभावक बनेको स्मरणसमेत गराउनु भयो । अहिले निजी र सरकारी बिच जुन प्रतिसपर्धा छ, यस्मा सरकारी बिद्यालयको र सबै सरकारी क्षेत्रको गुणस्तर बढाउन सके मात्र देस र जनता ले परिवर्तन पाउने बताउनुभयो ।

कार्यक्रमका बिशेष अतिथि पाँचखाल वडा नं ५ का अध्यक्ष बालकृष्ण सापकोटाले बिद्यालयको बिकासको लागि वडा र स्थानीय सरकार सधै तयार रहेको बताउनु भयो । त्यसैगरी पाँचखान नगरपालिका शिक्षा शाखा प्रमुख उदयप्रसाद कोइरालाले नगरपालिकाले शिक्षा क्षेत्रको राम्रो प्रतिफल ल्याउनको लागि काम गरिरहेको बताउनु भयो । बिद्यालयलाई राम्रोसंग संञ्चालन गर्न स्थानिय जनप्रतीनिधि साथै सम्पुर्ण शिक्षापे्रमीहरुको चासो र सहयोग हुनुपर्ने बताउनु भयो ।

कर्यक्रममा बिद्यालयमा लामो समय कार्यरत शिक्षिका पद्मा कुमारी पौडेलको बिधाई समेत गरिएको थियोे । साथै बिद्यालय ले विभिन्न शिर्षकमा छात्राबृति बितरण गरेको थियो । जसमा पुर्व बिद्यार्थी अम्बिका गिरिले नेदरल्याण्डबाट बिद्यार्थीहरुको लागि पठाएको जानकारी दिदै उक्त छात्राबृति प्रमुख अथितबाट बितरण गरिएको थियो । नेदरल्याण्डमा रहेका गिरिले बिद्यालयमा अध्ययनरत ११ जना बिद्यार्थीहरुको लागि युनिफर्म, स्कुल ब्यग, स्टेस्नरी लगायतको सामाग्रीहरु खरीदको लागि बिद्यालयलाई रकम पठाई सहयोग गरिएको थियो ।

श्री गणेश माबिको विशेष अभिभाबक भेलाबाट बिद्यालय ब्यवस्थापन समिति चयनको लागि शिक्षक अभिभावकका अध्यक्ष तेजप्रसाद तिमल्सिना, ५ नं वडा अध्यक्ष बालकृष्ण सापकोटा, प.्रअ नाराय प्रसाद सापकोटा स्वत समिति रहने र महिला सदस्यहरुमा रमा दुलाल र अन्जनी मिजार त्यसैगरी पुरुष सदस्यमा तोप प्रसाद सापकोटा (रबि), राजकुमार सापकोटा चयन गरिएको थियो । साथै उक्त समितिले दुई जना सदस्य पुर्ब बि.ब्य.स.अध्यक्ष राजन सापकोटा र महिला सर्मीला रन्जितकार लाई मनोनयन थप गरि बिद्यालय ब्यवस्थापन समिति तोप प्रसाद सापकोटा (रबि) अध्यक्ष चयनहुनुभई बिद्यालय ब्यवस्थापन समिति पुर्ण भएको छ ।

  • विद्यालय राजनीति गर्ने थलो होइन- सांसद लम्साल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

    निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

  • दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

    दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

  • हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

    हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0