Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शीरका व्यवस्थापक जान्छन भने माला लगाएर विदा गर्छौ-के.सी, शीरको यूनियनको नेतृत्वमा पुन राजकुमार

प्रभातफेरी अनलाइन ७८८७ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष १२, शनिबार (६ साल अघि)
शीरका व्यवस्थापक जान्छन भने माला लगाएर विदा गर्छौ-के.सी, शीरको यूनियनको नेतृत्वमा पुन राजकुमार

आर.एल.श्रेष्ठ

बनेपा/जिल्ला समन्वय समिति काभे्रका प्रमुख उद्धब के.सिले हाम्रा मित्रराष्ट्रबाट आएका मित्रहरुले नेपालको कानुन मान्दैनौ भन्न नपाईने बताउनु भयो । व्यवसाय गर्ने उद्देश्यले नेपाल आउने तर कानुन नमान्ने भन्नु हामीलाई हेप्न खोजेको होे, उहाँले थप्नुभयो ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन (शीर मेमोरियल ऐड्भेन्टिष्ट अस्पताल) को प्रथम अधिवेशनको उद्घाटन गर्दै समन्वय समितिका प्रमुख केसीले उक्त धारणा राख्नुभयो । उहाँले भन्नुभयो शीर मेमोरियल अस्पतालले स्वस्थ्य कर्मीहरुलाई दवाउने साथै चरम रुपमा आर्थीक हिनामिना गर्ने गरेकोले मजदुरहरुको हक र हितको लागि यूनियन खोलेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि समन्वय समितिका प्रमुख केसीले भन्नुभयो “शीर मेमोरियलमा जति यूनियन बलियो हुन्छ, त्यतिनै अस्पताल राम्रो हुन्छ ।” “संस्थालाई बलियो पार्न यूनियनलाई बलियो पार्नु पर्छ ।” प्रमुख अतिथि केसिले थप्नुभयो “जिल्लाकै पुरानो अस्पताल भएकोले त्येसलाई बलियो पार्न यूनियन आवश्यक भएको महसुस २०३९ सालमा गरेको थिए, प्रयास गरे तर सफल भइन, मैले सोचेको सोच ३५ बर्ष पछि पुरा भएको छ । ” शीर मेमोरियल अस्पतालमा गठित यूनियन चट्टान फुटाएर आएको पिपलको बृक्ष हो यस्तो उपयोगि बृक्षलाई हामी सवैले संरक्षण गर्नुपर्छ के.सीले बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि के.सीले शीरमा यूनियन गठन भएकोमा अस्पताल व्यवस्थापनलाई शैह्य नभएर अस्पताल बन्द गर्ने घुर्की लगाएको बताउनु भयो । उहाँले भन्नुभयो “उनीहरुले घुर्की लगाउंदैमा डराउने कोही नभएको बताउंदै जान्छ भने माला लगाएर विदा गर्छौ, उनिहरुलाई विदा गरेपछि हालको भन्दा धेरै राम्रोसंग अस्पताल चलाउँछौ ।” हामी नेपालीहरुले हरेक धर्मलाई सम्मान गर्छौ तर धर्मको नाउमा राजनीति गरी स्वास्थ्य कर्मीहरुलाई दवाउन खोजे पाच्य नहुने बताउनु भयो । पिगतमा यूनियन गठन गर्ने क्रममा के—कस्ता अप्ठेराहरु आए, क—कस्ले अवरोध गरे भनने बिषयमा राम्रोसंग अध्यन गर्दै भावि दिनहरुको लागि मार्ग पहिल्याउनु पर्ने प्रमुख अतिथि के.सीले बताउनु भयो ।

कार्यक्रमका बिशेष अतिथि नेपाल स्वस्थ्य कर्मी तथा कर्मचारी यूनियनका केन्द्रिय अध्यक्ष चन्द्र थापाले एउटा पुस्तालाई मात्र सेवा दिने खालको संस्था आवश्यक नभएको वताउनु भयो । जस्ले नीति नियमलाई आत्मासाथ गर्दै दिर्घकालिन ढंगबाट सेवा दिन्छ उसलाई सघाउनु पर्ने बताउनु भयो । पछिल्लो समयमा आएर स्वास्थ्य संस्थाको नाउमा नाफा कमाउने होटबाजि चलेको वताउंदै व्यवस्थित साथै सेवामुलक ढंगबाट अगाडी बढाउने उद्देश्यका साथ २०६६ सालबाट यूनियन अगाडी बढेको वताउनु भयो । सेवा दिने भन्दा व्यापार गर्ने उद्देश्यले संञ्चालन भएको ग्राण्डि जस्ता अस्पताल देशलाई आवश्यक नभएको बताउनु भयो । एउटा बिरामीलाई ७ पटक सम्म अन्धाधुन्द रुपमा अपे्रशन गरेर अरुको स्वास्थ्यमा खेलबाठ गर्ने त्यस्ता व्यापारिक अस्पताललाई ठेगान लगाउन यूनियन तयार रहेको बताउनु भयो ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष थापाले भन्नुभयो काभे्रको पुरानो अस्पताल शीर मेमोरीयललाई विकास गर्ने प्रमुख उद्देश्यले अगाडी बढेको बताउनु भयो । संस्थाको राम्रो विकास गरेर आर्जित मुनाफालाई सहि सदुपयोग गरी संस्थामा आवद्ध स्वास्थ्य कर्मचारीहरुलाई उचित सेवा सुबिधा दिने उद्देश्यले अगाडी बढेको बताउनु भयो । गैह्र नाफामुलक ढंगबाट विदेशिहरुको सहयोगमा सञ्चालन भएको शीर अस्पतालमा व्यवस्थापकको नाउमा व्यक्तिको पोल्टोभर्ने कार्य गरेको बताउनु भयो । श्रम ऐनलाई वास्ता नगरी मनोपोलि ढंगबाट अगाडी बढेको उक्त अस्पतालको सुधारको लागि यूनियन गठन गरेको बताउनु भयो । व्यक्तिगत तथा राजनीतिक स्वार्थ बोक्नेलाई युनियनमा समावेस नगराउने बताउंदै शीरमा गठित यूनियनले संस्थाको विकास, सेवाग्राहीहरुलाई सहुलियतमा गुणस्तरीय सेवा र स्वास्थ्य कर्मीहरुको हितमा कार्य गर्ने बताउनु भयो ।

कार्यक्रममा बनेपा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बलराम अधिकारीले शीर मेमोरियल अस्पताल साथै अस्पतालमा कार्य गर्ने स्वास्थ्य कर्मीहरुको हक हित र सेवाग्राहीकहरुको सुबिधाको लागि वडा कार्यालय साथै बनेपा नगरले पुर्ण रुपमा साथ सहयोग गर्ने बताउनु भयो । बनेपा नगरपालिका साथै तीनै तहका सरकार मजदुरको पक्षमा रहेकोले मजदुरको हक हितको लागि निरन्तर रुपमा लागि रहने बताउनु भयो ।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन (शीर मेमोरियल ऐड्भेन्टिष्ट अस्पताल) का अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा यूनियनका सल्लाहकार सल्लाहकार रेशम नेपाली, पनौती नगर जिफण्ट शंयोजक विदुर खत्रि, मजदुर नेता केशब मणि पौडेल, मजदुर नेता होम वहादुर खुलाल लगाएतले यूनियनको आवश्यकता र महत्वको बारेमा आ—आफ्नो धारणा राख्नुभएको थियो । यूनियनका उपाध्यक्ष ऋतु पुर्ण श्रेष्ठ श्रेष्ठबाट संञ्चालित उक्त कार्यक्रममा कल्पना गेलालले सगत मन्तव्य राख्नु भएको थियो ।

पहिलो अधिवेशनबाट नयाँ राजकुमार श्रेष्ठको अध्यक्षतामा निर्विरोध कार्यसमितिको चयन भएको छ । जसको उपाध्यक्षमा ऋतु पुर्ण श्रेष्ठ, सचिव गोकुल धिताल, सह—सचिव राधिका बस्नेत र कोषध्यक्ष शिव प्रसाद मानन्धर रहन् भएको छ । त्येसैगरी सदस्यहरुमा कल्पना गेलाल, संगिता कार्की, मनोज त्वायना, रोजिना श्रेष्ठ, ध्यान रत्न चित्रकार, रामकुमार श्रेष्ठ, चञ्चला खड्का, रस्मिता भैल, बिश्वलक्ष्मी मानन्धर र श्याम सुवाल रहनु भएको छ ।

  • शीरका व्यवस्थापक जान्छन भने माला लगाएर विदा गर्छौ-के.सी
  • शीरको यूनियनको नेतृत्वमा पुन राजकुमार
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0