Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

युवाले गर्र्दा समाज सकारात्मक मार्गमा अघि बढेको छ- वमध्वज, खावा कल्छे सडकलाई थप वजेटको व्यवस्था गर्छौ- सांसद चन्द्र

प्रभातफेरी अनलाइन ५३४० पटक पढिएको प्रकाशित मिति: २०७६ माघ १४, मंगलबार (६ साल अघि)
युवाले गर्र्दा समाज सकारात्मक मार्गमा अघि बढेको छ- वमध्वज, खावा कल्छे सडकलाई थप वजेटको व्यवस्था गर्छौ- सांसद चन्द्र

आई.आर.के मैनाली

धुलिखेल/संघीय सांसद गंगाबहादुर दोङले समाज रुपान्तरण गर्न गैरसरकारी संस्थासँग समझदारी गर्दै अगाडी बढ्न कुनै आपत्ती नहुने बताउनु भयो ।

जनचेतना युवा समुह वडालगाउको २४ औ वार्षिक साधारण सभाका प्रमुख अतिथि सांसद दोङले कहि कतै कुनैले वेथिति गर्दैमा सवै खराव भन्न नमिल्ने बताउनु भयो । नयाँ संघीय संरचना अनुसार स्थानीय तहको विकस र समृद्धि गर्ने अधिकार प्राप्त भएकोले संसद विकास कोषको रकम स्थानीय तहकै समन्वयमा खर्च गरिएको जसले गर्दा विकास निर्माणमा सहज भएको बताउनु भयो ।

कार्यक्रममा सांसद दोङले युवा क्लबले जनचेतना मुलक कार्य गर्दै समाजलाई सकारात्मक मार्गमा डोहोर्याउन खोजेकोमा खुसि व्यक्त गर्नुभयो । क्लवले धुलिखेल वडा नं ८ वडालगाउँको विकासको लागि खेलेको भुमिका सकारात्मक भएको बताउनु भयो । पानीको अभावलाई मुक्त गर्न, कटुवापाखाको सामुदायिक वनमा पिकनिक स्पट निर्माण, खावा धोक्रेपाखो हुदैँ कल्छे पुग्ने मोटरबाटो स्तर उन्नती गर्न आगामी वर्षको बजेटबाट धुलिखेल नगरसँग समन्वय गरि अगाडी बढ्ने बताउनुभयो ।

त्यसैगरी बागमती प्रदेशका सांसद चन्द लामाले गत आर्थिक वर्षमा खावा बाट कल्छे सम्मको मोटर बाटो स्तर उन्नतीको लागि ५० लाख बजेटको व्यवस्था गरेको बताउनु भयो । सो सडकको थप व्यवस्थाको लागि आगामी वर्ष पनि क्रमागत ढंगवाट वजेटको व्यवस्था गर्ने बताउनु भयो । आवश्यकताको पहिचान गरी बजेटको व्यवस्था गर्दै आएको वताउंदै सांसद तामाङले खावाबाट कल्छे सम्मको सडकलाई मजवुत बनउने कार्यको लागि बजेटको व्यवस्था गर्ने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा धुलिखेल नगरका मेयर अशोक व्याञ्जुले जनचेतना विस्तारीत ग्रामीण क्षेत्रका सबै वडालाई विकास र समृद्धिमा जोड्ने कार्यको लागि नगर अगाडी बढेको बताउनु भयो । उहाँले थप्नुभयो म निर्वाचित भइसकेपछि शिक्षा स्वास्थ्य पूर्वाधार विकासमा यसै वडालाई मात्रै ११ करोड बजेट व्यवस्था गरेको बताउनु भयो । धुलिखेल नगर पारदर्सिता सुशासनको नमूना नगर हो । वडालगाउँको कटुवा पाखा परिसर होस या धोक्रे पाखो परिसर भित्र पिकनिक स्पट वा कृषि, पर्यटन को विकास गर्न आफु उत्सुक रहेको बताउनु भयो ।

धुलिखेल नगरले ३६ किमी मोटरबाटो निर्माण गरेको ९ सय ६१ घर ग्रामीण वस्तीमा गुणस्तरीय खानेपानी एक घर एक धारा जडान, आगामी वर्ष १ हजार ८ सय घर धुरिलाइ एक घर एक धारा जडान गर्ने उल्लेख गर्दै धुलिखेल वडा नं. ८, ९ र १० का सबै वडालाई खानेपानी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

धुलिखेल नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष निराजन जंगमले वडाको शिक्षा स्वास्थ्य भौतिक पुर्वाधारको विकास गर्न सबै मिलेर अगाडी बढ्नु पर्ने बताउनु भयो । हामी सवै मिलेर अगाडी बढ्दा छिटै समृद्धि धुलिखेल बन्नेमा कुनै शंका नरहने बताउनु भयो ।
सचिव रमेशप्रसाद वडालले प्रगति प्रतिवेदन भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष रमेश प्रसाद न्यौपानेले ५६ हजार ९ सय ११ आय व्यय बिबरण प्रस्तुत गर्नुभयो ।

उहाँले विगत २४ वर्षदेखि वडालगाउँका सामाजिक शैक्षिक विकासमा सहायता पुर्याउदै आएको बताउदै आगामी वर्षमा संघीय सांसद, बागमती प्रदेश सांसद र स्थानीय सरकारको पहल कदमी गरेर हरिथुम्की धोक्रेपाखो परिसरका सबै नागरिकलाइएक घर एक धारा जडान कार्यक्रम लागु गर्न कटुवा पाखोमा पिकनिक स्पट निर्माण गर्न , धुलिखेल वडा नं. ८ जोड्ने सबै सडकलाई कृषि सडक बनाउन नगरपालिकाको बोर्डले पारित गरी विकास निर्माणको कार्य अघि बढाउन कार्य पत्र प्रस्तुत गर्नुभएको थियो ।

सभापतित्व संस्थाका अध्यक्ष साधुराम बडालको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवीहरु विष्णु मिजार रामकृष्ण हुमागाई आजीवन सदस्यको तर्फबाट नानीराम धिताल र शिव प्रसाद चौलागाइ, ग्लोबल नेपालीज सेफ फेडेरेशनको केन्द्रीय महासचिव मोहन गजुरेलले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कार्यपाकिा सदस्य कृष्ण बहादुर भुजेल, वडा सदस्यहरु बिमला मिजार, चेतबहादुर खत्री, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य ग्याम्जो लामा लगायतको आतिथ्यता रहेको थियो ।

  • खावा कल्छे सडकलाई थप वजेटको व्यवस्था गर्छौ- सांसद चन्द्र
  • युवाले गर्र्दा समाज सकारात्मक मार्गमा अघि बढेको छ- वमध्वज
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

    तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    रास्वपा बागमती प्रदेश अधिवेशनः नयाँ नेतृत्वका लागि मतदान सुरु

    रास्वपा बागमती प्रदेश अधिवेशनः नयाँ नेतृत्वका लागि मतदान सुरु

    सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको भनाइबारे स्पष्ट हुन रास्वपालाई हर्क साम्पाङको चुनौती

    सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको भनाइबारे स्पष्ट हुन रास्वपालाई हर्क साम्पाङको चुनौती

    पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

    पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

    टुक्का साहित्य

    टुक्का साहित्य

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution