Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“छोरीप्रतिको मोह” बेवारिस नवजात शिशु प्राप्तिका लागि निम्न वर्गदेखि धनाढ्यसम्मको लर्काे

प्रभातफेरी अनलाइन ४७८३ पटक पढिएको प्रकाशित मिति: २०७६ फागुन २०, मंगलबार (३ साल अघि)
“छोरीप्रतिको मोह” बेवारिस नवजात शिशु प्राप्तिका लागि निम्न वर्गदेखि धनाढ्यसम्मको लर्काे

आर.एल. श्रेष्ठ

पनौती/झण्डै दुई हप्ता अगाडि पनौती नगरपालिका कार्यालय आसपासमा बेवारिसे अवस्थामा सालनालसहित भेटिएकी नवजात शिशुलाई इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) योगेन्द्र तिमल्सिनाको प्रयासमा शीर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

जब नवजात शिशुलाई अस्पताल भर्ना गरिएको खबर फैलियो, तब निम्न वर्गीय परिवारदेखि धनाढ्यसम्मले पालनपोषण लगायत संरक्षण गर्ने प्रतिबद्धता लिएर अस्पताल लगायत सम्बन्धित निकायमा लर्काे लाग्यो । यो लगावका बारेमा शीर मेमोरियल अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुन्दर थापा मगरको कथन छ– विशेष गरी पछिल्लो समय यस किसिमका बेवारिसे नवजात शिशुहरुमा छोराभन्दा छोरीहरुप्रति समाजको आकर्षण बढेको महसुस गरेको छु । यो सबै हुनुको पछाडि समाजमा बढ्दै गएको आफन्तप्रतिको हिनताबोध नै प्रमुख कारण भएको बताउनुहुन्छ । पछिल्लो आँकडा हेर्ने हो भने जीवनको उत्तरार्ध अवस्थाको सहारा भनेकै छोरी भएका छन् । त्यसैले पनि यो समाजले छोरीप्रतिको मोह जागृत भएको जस्तो लाग्छ । यहाँसम्म की ५÷५ जना छोरीकी आमा समेत जुनसुकै मूल्य चुकाएर भएपनि यो नवजात शिशु म पाल्छु भनेर मरिहत्ते गर्नुभएको स्मरण गर्दै थापा मगर थप्नुहुन्छ, नेपाली समाजमा यस किसिमको भावना जागृत हुनु सकारात्मक पक्ष रहेको र छोरीप्रति नेपाली समाज परिवर्तन हुँदैछ भन्ने सन्देश पनि हो यो लगाव । यसले छोरीबिनाको घरको महत्व र यथार्थलाई विस्तारै पुष्टि गर्दछ ।

त्यसैगरी उपचारमा खटिएका वरिष्ठ बालरोग विशेषज्ञ डा. अरुण गुप्ता भन्नुहुन्छ– समग्र नेपालको सन्दर्भमा भन्नुपर्दा पहाडी र हिमाली भेगमा छोरीप्रतिको लगावले आफूलाई चकित भएको खुलासा गर्दै यो नेपालकै लागि सकारात्मक सन्देशका रुपमा लिन आवश्यक छ । यसबाट छोरी बोझ सम्झिने केही तप्कालाई प्रेरणा सावित हुनेछ भन्ने विश्वास आफूले लिएको बताउनुहुँदै डा.गुप्ता थप्नुहुन्छ, अहिले पनि छिमेकी मुलुक भारत र नेपालकै भूभागमा छोरीप्रतिको बुझाइ नकारात्मक छ । जसको कारण २ नं. प्रदेशले बेटी पढाउ, बेटी बचाउ भन्ने अभियान नै चलाउनुपरेको छ । त्यसैले पहाडी भूभागमा छोरीप्रतिको लगावले आफूलाई अत्यन्तै भावुक बनाउनुको साथै यो अवस्थाका नवजात शिशुहरुको सेवा गर्न पाउँदा आफ्नो सेवामा अत्यन्तै सन्तुष्टि मिलेको बताउनुहुन्छ ।

एनआइसियुको बसाईमा लामो सम्पर्कमा रहनुभएकी परिचारिका (नर्स) अनु जंगमको भनाइमा आफ्नो सेवामा समर्पित भएको लामो अनुभव राख्दै धेरै नवजात शिशुहरुको स्याहार सुसार गर्ने मौका मिल्यो तर अरु नवजात शिशुभन्दा तेजश्वी नितान्त फरक पाएको बताउनुहुँदै यो शिशुको क्रियाकलाप देख्दा आफू अचम्मित भएको बताउनुभयो । जस्तो नाम उस्तै व्यवहार भएकै कारण जन्म कुण्डली हेर्ने पण्डितबाट नाम छनौट भएको सुन्दा अत्यन्तै खुशी लागेको छ । जुन नाम जुरेको छ, त्यही व्यवहार, उनको हाउभाउ र प्रस्तुतीले देखाएको परिचारिका जंगमको कथन छ– प्रकृतिको नियम हो, अस्पतालबाट बिदा भएको सुन्दा कताकता नरमाइलो महसुस भयो । स्वभाविक पनि हो, कसै कसैले त पालन पोषण गर्नैपर्छ । यद्यपि, ११ दिनको बसाईमा तेजश्वीलाई नजिकबाट नियाल्ने मौका मिल्यो । सम्भवतः अपवाद रुपमै त्यस्ता नवजात शिशुहरु जन्माउँछन् होला । तेजश्वीमा भोलि के होला त्यो थाहा हुने भएन तर अहिलेको गतिविधि हेर्दा उनी साँच्चीकै तेजश्वी हुन् । अन्ततः कति आमाहरुले उनको लालनपालन, भरनपोषण गर्ने चाहना राख्नुभयो, यि सबैलाई थाँती राख्दै एसओएस बालग्राम पनौतीले जिम्मेवारी बहन गरेको छ । एक अर्थमा म अति नै खुशी भएको छु भन्नुहुन्छ परिचारिका अनु ।

नेपाली समाजले परम्परादेखि नै छोरीहरुप्रति देखाएको सम्मान, सत्कारप्रति सम्मान गर्नु तपाईं हामी सबैको कर्तव्य पनि हो । नेपाली समाजमा विशेष गरी हिन्दू संस्कारमा छोरीलाई घरको लक्ष्मीको रुपमा हेर्ने गरिन्छ । “छोरीबिनाको घर के घर भन्ने हाम्रो परम्परा र संस्कार नै छ ।” यो संस्कारलाई पछिल्लो समय गलत रुपमा परिभाषित गर्दै भ्रुण हत्या गर्ने संस्कार विकास भएको छ । जसको कारण लाखौं लाख छोरीहरुको जन्मन, बाँच्न पाउने अधिकारी खोसिएको छ । भन्ने गरिन्छ, भ्रुणहरुको पहिचान दिनुहुन्न भनिन्छ तर लालचीहरुले दिनप्रति दिन पैसाको नाममा भ्रुण हत्या गरिरहेका छन् ।

११ दिनको उपचार पश्चात् नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो भएपश्चात् एसओएस बालग्राम पनौतीलाई विधिवत् रुपमा प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक र उपचारमा संलग्न चिकित्सकहरुको टोलीले बुझाएका छन् । इलाका प्रहरी कार्यालयका अनुसार सालनाल सहितको उक्त नवजात शिशु फाल्ने अभिभावकको खोजतलास जारी छ र अहिलेसम्म पत्ता नलागेको जानकारी गराएको छ । उक्त नवजात शिशुको एसओएस बालग्रामका उपनिर्देशक तुलसी छुजुले जिम्मा लिएका छन् । स्वास्थ्यकर्मीसहित आएको एसओएस बालग्रामका टिमले नवजात शिशुको जिम्मा लिएको हो । सोही दिन हिन्दू संस्कार अनुसार पण्डितबाट न्वारन गराई उक्त नवजात शिशुको न्वारनको नाम तेजकुमारी अमगाईं र सार्वजनिक नाम तेजश्वी राखिएको शिशुको हेरचाहमा तल्लीन आमा निर्मला आचार्यले जानकारी दिनुभएको छ । उक्त अवसरमा उपनिर्देशक छुजुका अनुसार एसओएस बालग्राम पनौतीमा यस किसिमका १ सय ३० जना बालबालिका रहेका र उनीहरु ११ दिनदेखि १७ वर्षसम्मका भएको बताउनुभयो ।

  • “छोरीप्रतिको मोह” बेवारिस नवजात शिशु प्राप्तिका लागि निम्न वर्गदेखि धनाढ्यसम्मको लर्काे
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

    निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

  • दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

    दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

  • हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

    हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0