Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विचौलीयाको राज, उपभोक्ता मारमा ! युवा बिदेशिएं उत्पादनमा कमी मुल्य उच्च

प्रभातफेरी अनलाइन ६४४९ पटक पढिएको प्रकाशित मिति: २०७६ फागुन २७, मंगलबार (५ साल अघि)
विचौलीयाको राज, उपभोक्ता मारमा ! युवा बिदेशिएं उत्पादनमा कमी मुल्य उच्च

आई.आर.के.मैनाली
पाँचखाल/कृषिनगरीको रुपमा चर्चित पाँचखालमा विगत बर्षको तुलनामा आलुको उत्पादन कम भएको छ । काठमाडौंको बजारमा माग भएको झण्डै ३५ प्रतिशत आपुर्ती गर्ने पाँचखालमा उत्पादन कमी हुंदा आलुको मुल्य बृद्धि भएको हो ।

आलु खेतीमा लागत बढी तर आम्दानी कमी हुंदा पाँचखालका अधिकांस कृषकहरु आलु खेतीमा भन्दा काउली खेतितर्फ आकर्षित भएका छन् । विगत बर्षको तुलनामा यसबर्ष ३५ प्रतिशत आलु खेती गरिने ठाउंमा काउली खेती भएको छ । जसका कारण विगत बर्षहरुको तुलनामा आलु उत्पादन कम भएको छ । उत्पादन कम भएकै कारण कृषकहरुले बिगत बर्षको तुलनामा केही राम्रो मुल्य पाएपनि लागत खर्चको आधारमा खासै राम्रो आम्दानी भएको छैन कृषकहरुलाई ।

पाँचखाल नगरपालिका कृषि शाखा प्रमुख ईश्वर अधिकारीका अनुसार विगतको बर्षमा पाँचखालमा २६ हजार रोपनिमा आलु खेती लगाईने गरेकोमा यसबर्ष १५ हजार ९ सय रोपनिमा मात्र आलु खेति लगाईएको छ । विगत बर्षको तुलनामा ९ हजार १ सय रोपनिमा आलु खेती कम भएको छ । १ रोपनिमा सरदर १ हजार ८ सय किलो आलु उत्पादन हुन्छ , विगतको तुलनामा यस बर्ष पाँचखालमा १ करोड ६३ लाख ८० हजार किलो आलु उत्पादन कमी भएको छ ।

एक रोपनिमा आलु खेती गर्दा १५ देखि १८ (१८०० किलो फल्दा) हजार मात्रै फाईदा हुने तर काउली खेती गर्दा रोपनीमा ३५ देखि ४० हजार फाईदा हुने भएकोले कृषकहरु आलु खेतीमा भन्दा काउली खेतीमा आकर्षण हुँदा आलुको उत्पादन घटेको कृषि शाखा प्रमुख अधिकारीले बताउनु भयो । त्यसैगरी पाँचखाल नगरपालिका वडा नं १० र १२ मा बिगतमा आलु खेती गरिने ठाउंमा तोरी खेती हुने गरेको छ । स्थानिय युवाहरु बैदेशिक रोजगारीमा जाने साथै पर्याप्त सिंचाई नहुँदा आलु खेतिमा कमी आएको हो । त्यसैगरी सो वडामा धेरै जग्गा हुने जग्गावालाहरुको स्थाई बसोवास काठमाडौमा भएकोले विगतमा ठेक्कामा खेती गर्न दिने चलन रहेको थियो । हाल आएर आलु खेतीमा लागत खर्च बढी हुने आम्दानी कम हुने भएकोले ठेकमा खेती गर्ने मानिस नहुंदा आलु खेतीको वदलामा तोरी खेती हुने गरेको छ ।

पाँचखालमा आलुको मध्य सिजनमा प्रतिकिलो २६ देखी ३० सम्ममा विक्ने गरेको छ । यो मुल्य विगतको तुलनामा प्रतिकिलो ४ देखि ८ रुपैंया सम्म वढी हो । आलुको मुल्य केही मात्रामा बृद्धी भएपनि खेतीमा विगतको तुलनामा श्रममा लागत बढ्दा कृषकलाई खासै धेरै फाईदा छैन । अन्य तरकारी खेतीको तुलनामा आलुमा बडी खर्च र आम्दानी कम भएकोले आलु खेतीमा आकर्षण घट्दो छ । यसैगरी पाँचखालमा आलु उत्पादनमा गिरावट हुने हो भने उपभोक्ताहरु मारमा पर्ने साथै बिषादी रहित स्वच्छ आलु उपभोग गर्न पाउने अवस्था कम रहन्छ ।

पाँचखाल नगरपालिका वडा नं ६ का अगुवा कृषक बलरामा दनुवारले भन्नुभयो “पोहोरको भन्दा आलुको भाउ त राम्रै आयो, तर के गर्नु यस बर्ष बर्षात धेरै भयो चिसोले गर्दा आलुको उत्पादन कम भयो ।” विगत बर्षको तुलनामा मुल्य रामै आएपनि चिसोले गर्दा आलु कम फलेकोले कृषकहरुलाई खासै फाईदा पुगेन । पाँचखालमा उत्पादन भएको आलु खानको लागि अत्यन्न राम्रो भएकोले प्रयोगशालामा परिक्षण गरी विषादी रोकावट प्रतिशत उल्लेख गरी लोगो टास गरी छुट्टै विक्रि कक्षको व्यवस्था गर्न जरुरी रहन्छ । जसले गर्दा कृषककमा हौसला मिलि आलु खेती तर्फ आकर्षण हुन्छन । यदि कृषकलाई हौसला नदिने हो भने आगामी बर्षहरुमा पाँचखालमा आलु खेती गर्ने कृषक घट्दै जाने जसको असर मुल्य अत्याधिक बृद्धि भई उपभोत्ताहरु मारमा पर्नेछन् ।

पाँचखालमा उत्पादन भएको आलु, द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट गरिएको परीक्षण अनुसार कार्बमेट्स र अर्गानोफोस्फेट्स दुवैको गरी विषादीको रोकावट प्रतिशत ११ भन्दा कम भएको पाइएको छ । जुन खानको लागि अत्यन्त सुरक्षीत मानिन्छ । विज्ञहरुका अनुसार कार्बमेट्स र अर्गानोफोस्फेट्स दुवैको गरी विषादीको रोकावट ३५ प्रतिशतभन्दा कम भएको आलु खानाका लागि योग्य भएको मानिन्छ । पाँचखालमा उत्पादन हुने आलु लगाएतका बिभिन्न तरकारीहरुमा बिषादीको अवशेष घटाउंदै आइ.पि.एम तरिकाले खेती गराउने बिषयमा लवग्रीन नेपाल नामक संस्थाको समेत ठुलो भुमिका रहेको छ । जसका कारण कृषकहरुले तरकारी खेतीमा बिषादीको प्रयोग कम हुंदै आएको छ ।

पाँचखालमा आलु उत्पादनमा कम भएको असर उपभोक्ताहरुलाई पर्ने छ । विगत बर्षमा आलुको अप सिजनमा खुज्रा उपभोक्ता मुल्य प्रतिकेजि ५५ रुपैया सम्म पुगेको थियो । तर यस बर्ष मुल्य धेरै माथि पुग्ने संभावना रहेको छ । पाँचखालमा आलु कम उत्पादन हुँदा नेपालको अन्य बिभिन्न स्थानमा उत्पादन भएको आलुले माग अनुसार परिपुर्ती हुन नसक्ने हुंदा मुल्य बृद्धि हुनु स्वभबिकै हो । नेपाली उत्पादनले नपुग्ने हुंदा भारतबाट आयातित आलुले राम्रो बजार पाउंछ तर गुणस्तरमा कमी हुने हुंदा उपभोक्ताहरु थप मारमा पर्ने हुन्छन् ।

उपभोक्ताहरुको मागलाई मध्यनजर राख्दै गुणस्तरीय आलु उत्पादन गर्ने बिषयमा सम्बन्धित निकायले चोसो दिने हो भने परनिर्भर हुनुपर्ने अवस्था आउंदैन । पाँचखाल, नाला, पनौती, खोपासी लगाएतका मुलुकका बिभिन्न स्थानमा रहेको आलु पकेट क्षेत्रहरुका कृषकहरुलाई आलु खेती गर्ने वातावरण मिलाउन सके सहज हुने हुन्छ । आलु खेतीको लागि आवश्यक मल, बिउ, आधुनिक उपकरणहरु व्यवस्था गर्दै कृषकहरुलाई सस्तो व्याजमा सुलभ ढंगबाट कर्जा उपलब्ध गराउने हो भने आलु खेतीको लागि निरास भएका कृषकहरु पुन आकर्षीत हुने थिए । जसका कारण स्वदेशमै उत्पादन भएको गुणस्तरीय आलु उपभोग गर्न पाउंने थिए उपभोक्ताहरुले ।

  • उपभोक्ता मारमा ! युवा बिदेशिएं उत्पादनमा कमी मुल्य उच्च
  • विचौलीयाको राज
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0