आइ.आर.के.मैनाली
बनेपा/नेपाललाई कोरोना भाईसरबाट जोगाउनको लागि सरकारले लकडाउन गरेको छ । जसका कारण मुलुकमा रहेको सम्पुर्ण कलकारखानाहरु साथै विभिन्न निर्माणका कार्यहरु समेत बन्द भएको छ । सरकारको दुरदृष्किा कारण हालसम्म रोग फैलन पाएको छैन ।
नेपाली जनतालाई कोरोनाबाट शुरक्षीत राख्ने कार्यमा सकृय रहेको सरकारले दैनिक उपभोग्य सामाग्रीको अभाव हुन नदिनको लागि आपुर्ती व्यवस्था समेत मिलाएको छ । न्यून आयभएका श्रमजिवि बर्गलाई मध्यनजर राख्दै त्यस्ता बर्गलाई राहत स्वरुप खाद्यान्न सामाग्रीको व्यवस्था मिलाउनको लागि बजेटको व्यवस्था गरी स्थानिय तहलाई राहत वितरणको लागि भुमिका निर्वाह गर्न निर्देशन गरेको छ । जसका कारण न्युनआय भएकाहरुलाई सहज हुनेभएको छ ।
लकडाउनको समयमा नेपाली जनताहरुका लागि दैनिक उपभोग्य सामाग्रीको अभाव हुन नदिनको लागि खाद्यान्न पसलहरु, तरकारी पसलहरु, दुध खरिद बिक्रि गर्ने पसलहरु, लगायतका अति आवश्यकिय पसलहरु खोल्ने व्यवस्था मात्रै नभई घरघरमै दैनिक उपभोग्य सामाग्रीहरु पु¥याउने व्यवस्था समेत सरकारले मिलाएको छ । जसको कारण नेपाली जनताहरु दैनिक उपभोग्य सामाग्रीहरु अभाव नहुनेमा ढुक्कका साथ बसेका छन् । निर्धारित लकडाउनको समएभरको लागि आवश्यक सामान थुपार्ने कार्य नगरी हाहाकारको अवस्था सृजना भएको छैन । सरकारको सकारात्मक कार्यले गर्दा नेपाली जनताले शुरक्षीत साथै सहज महसुस गरीरहेका छन् ।
पहिलो पटक लकडाउन घोषणा भएको निर्धारित समय सकिनै लाग्दा दोस्रो पटक थप ७ दिनको लागि घोषणा भएपछि बजारमा केही मात्रामा कालो बजारी बढेको छ । बिशेष गरेर तरकारीमा कालो बजारी बढेको छ । तरकारी उत्पादन गर्ने कृषकले बिक्रि गर्दा पाउने मुल्य र उपभोक्ताले खरिद गर्ने मुल्यमा धेरै भिन्नता भएको छ । जसको कारण बिचौलियाहरुले फाईदा लुट्दैछन् । लकडाउनको समयमा तरकारी बजार खुल्ला राख्न सरकारले अनुमति दिएको अवस्थामा निश्चित मात्रामा फाईदा लिनुको बदलामा लुट मचईरहेको उपभोक्ताहरुको गुनासो रहेको छ ।
काभे्रको प्रमुख व्यापारीक केन्द्रको रुपमा रहेको बनेपाको तरकारी बजार,भक्तपुरमा रहेको तरकारी बजारहरु ,काठमाडौंको कालीमाटी, बल्खु, बाइसधारा, ढुंगेधारा, टुकुचा, बानेश्वर लगायतका स्थानहरुमा रहेका तरकारी पसलले उपभोक्ताहरुको माग अनुसार तरकारीहरु उपलब्ध त गराएकै छन् । लकडाउनको सुरुको अवस्थामा केही प्रभावित भएपनि दोस्रो दिनबाट निरन्तर रुपमा निर्बाध ढंगबाट भिडम भिडका साथ, सरकारी निर्देशनलाई उलंघन गर्दै सञ्चालन भइरहेका छन् । दैनिक उपभोग्य सामाग्री खरिद गर्नु पर्दाको अवस्थामा उपभोक्ताहरुले अपनाउनु पर्ने दुरी साथै शुरक्षीत तरिका अपनाएको पाईन्न ।
मुलुकमा भएको लकडाउनको मौका छोप्दै खरिद मुल्य र बिक्रि मुल्यमा धेरै अन्तर राख्दै उपभोक्ताहरुलाई मर्काईरहेका छन् । त्यति मात्रै नभएर महाँमारी फैलने प्रवल संभावना समेत रहेको छ । प्रमुख व्यापारिक केन्द्रहरुमा रहेको तरकारी बजारमा मात्रै दैनिक हजारौ मानिसहरुको भिडभाड भएको पाईन्छ । जसले गर्दा लकडाउनको उद्देश्य विपरित कार्य भएको छ । यस्तो हुनुमा सम्बन्धित निकायले अनुगमन नगर्दा समस्या आएको हो । सरकारले दोस्रो पटक घोषणा गरेको लकडाउनको समय ७ दिन बाँकी छ, यो अबधिमा अनुगमन नगर्ने हो भने हालको अवस्था सम्म कोरोना रोग फैलन नदिनको लागि सरकारले गरेको प्रयास निरर्थक हुन सक्छ ।
उपभोक्ताहरुको मागलाई मध्यनजर राख्दै निश्चित समयको लागि खोलिने बजारमा मानिसको भीड देख्दा लकडाउनको अर्थ नै नभएको देखिन्छ । यस्तो कार्यलाई निरन्तरता दिनेहोभने बजारमा आएका मान्छेको अव्यवस्थीत भिडभाडले कोरोना रोगको महाँमारी फैलन सक्ने खतरा बडेको स्वयं व्यापारीहरुको भनाई रहेको छ । व्यापारीहरु भन्छन—उपभोक्ताहरुको मागलाई मध्य नजर राख्दै पसल खोलिन्छ एकै पटक भिडभाड हुन्छ, ग्राहकलाई नआउ भन्न मिलेन ।
विगत २५ बर्षदेखि आलु तथा तरकारीको थोक व्यापार गर्दै आउनु भएको हिरानाथ खतिवडा (साईलादाई) ले तरकारी वजारको उचित व्यवस्थापन गर्न नसके महाँमारी फैलन डर भएको बताउनु भयो । उहाँका अनुसार उचित व्यवस्थापन गर्न नसके तरकारी बजार बन्द गर्न जरुरी रहन्छ । बजारमा तरकारी बेच्दै गर्दा एउटै तरकारीलाई ५० औं जनाले छोएको हुन्छ जसले गर्दा रोग सर्ने संम्भावना प्रवल रहन्छ । उपभोक्ताहरुको मागलाई सहज ढंगबाट शुरक्षीत तरिकाले पुर्ती गर्ने हो भने तरकारी किन्दा उपभोक्ताहरुलाई छुन दिनु हुंदैन खुज्रा ब्यापारीले उपभोक्ताहरुले भने अनुसारको परिणामको तरकारी सुरक्षीत ढंगबाट सहज तरिकाले उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्ने खतिवडाले वताउनु भयो ।
अस्त व्यस्त ढंगले तरकारी बजार संञ्चालन गर्दा समस्या आउने भएकोले काठमाडौ कालीमाटी स्थित तरकारी बजारमा भने सुरधारको प्रयास केही भएको छ । काठमाडौ महानगरपालिकाका मेयर, सुरक्षा निकायसहितको बैठकमा बजार व्यवस्थित बनाउने बिषयमा चासो राख्दा केही मात्रामा सुधार आएपनि अन्य स्थानमा भने लथालिंग रहेको छ । बजारलाई व्यवस्थित गर्नको लागि हिजो मंगलबारदेखि बिहान २ बजे देखि ७ बजेसम्म थोक बिक्री र बेलुकी ५ बजे देखि ७ बजेसम्म खुद्रा बिक्री गर्ने समय सिमा तोकिएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |