Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“नगर प्रमुखद्वारा विकास निर्माणको अवलोकन” बलबुत्ताले भ्याएसम्म अनियमितता हुन दिन्नँ -नगर प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन ७९३७ पटक पढिएको प्रकाशित मिति: २०७७ बैशाख ३०, मंगलबार (५ साल अघि)
“नगर प्रमुखद्वारा विकास निर्माणको अवलोकन” बलबुत्ताले भ्याएसम्म अनियमितता हुन दिन्नँ -नगर प्रमुख न्यौपाने

प्रल्हाद शर्मा हुमागाई

पनौती/चीनबाट सुरु भएको कोभिड–१९ नामक कोरोना भाइरसको कारण विश्वलाई नै छिया छिया पारे । त्यसबाट नेपाल पनि अछूतो रहन सकेन । जसका कारण आज ५१औं दिन पार गरिरहँदा सरकारले लकडाउनलाई केही मात्रामा खुकुलो पारेसँगै स्थानीय निकायहरुमा विकास निर्माणमा चटारो थपिएको छ । जसका लागि स्थानीय सरकार प्रमुखहरु आफैं सम्बन्धित स्थानमा गएर विकास निर्माणका बारेमा जानकारी लिन सरिक भएका छन् । सोही क्रममा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने आफ्नो नगरभित्र सञ्चालन रहेका विकास निर्माणका बारेमा अवलोकन गर्न स्थानीय भूगोलमै पुग्नुभएको छ ।

अवलोकनकै क्रममा विकास निर्माणबारे उठेका जिज्ञासाहरु मेट्दै प्रमुख न्यौपानेको कथन थियो– पनौती नगरपालिकाभित्र कुनै पनि किसिमको अनियमितता हुने छैन । यो विषम परिस्थितिमा जुन किसिमले विकास निर्माणका कार्यहरु विश्राममा पुगे, तिनीहरुलाई निरन्तरता दिने नाममा गुणस्तर खस्किन तथा अनियमितता हुन दिने छैन । लकडाउनका कारण स्थगन भएका विकास निर्माणले अब युद्धस्तरमा निरन्तरता पाउने छन् । नगरभित्र सञ्चालनमा रहेका कुनै पनि योजनाहरु अलपत्र पर्ने छैनन् ।

सम्भव रहेसम्म यही आर्थिक वर्षभित्र गुणात्मक रुपमा ति योजनाहरु सम्पन्न हुनेछन् भन्नुहुँदै प्रमुख न्यौपानेले यो समस्या हाम्रो मात्र होइन, विश्वकै समस्या हो । जसका कारण केही दिन विश्राम लिनु नौलो होइन । त्यसैले केही दिन सुस्ताएता पनि आगामी यात्रा मनन योग्य हुनेछ । जुन योजनासहित पनौती नगरपालिकाले खोपासी पनौती सडकको परिकल्पना गरेको छ, त्यो चर्चा गर्न लायक हुनेछ । त्यहाँ प्रयोग हुने कच्चा सामग्री देखि लिएर प्राविधिकहरुको सुझबुझले पनौतीको चर्चा गर्न लायक एउटा धरोहर स्थापित हुनेछ भन्नुहुँदै नगर प्रमुख न्यौपानेको थप कथन थियो– गर्दागर्दै कुनै कारणवश आ.व.भित्र योजना सम्पन्न गर्न भ्याइएन भने ति योजनाहरुले निरन्तरता पाउनेछन् र आगामी आ.व.मा ति योजनाहरु सम्बोधन हुनेछन् । त्यसैले कुनै पनि नगरवासी, शुभचिन्तकले योजना अधुरो होला भनेर चिन्ता लिनु नपर्ने नगर प्रमुख न्यौपानेले अवलोकनको क्रममा बताउनुभएको छ ।

पनौती नगरको विकास निर्माणमा अतुलनीय भूमिका निर्वाह गर्ने प्राविधिकका रुपमा स्थापित इन्जिनियर प्रेम सोनामको भनाई थियो– ऐतिहासिक पनौती नगर विश्व सम्पदा सूचीमा सूचीकृत हुने अन्तिम अवस्थातिर लम्किरहँदा धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा पनौतीलाई परिचित गराउनु त छँदैछ भने कृषि र पशुपालनको उर्वराभूमिको रुपमा स्थापित गराउनु पनि प्रत्येक पनौतीवासीको दायित्व पनि हो । त्यसैले यि सबै कुराहरु प्राप्तिका लागि पूर्वाधार अति महत्वपूर्ण पाटोका रुपमा रहन्छ । त्यसका लागि पहिलो सडक, त्यसपछि विद्युतीकरण, सञ्चार यि महत्वपूर्ण आवश्यकताका साधन हुन् ।

त्यसैले यिनीहरुको स्थायित्वका लागि प्राविधिक क्षेत्रबाट खेल्नुपर्ने भूमिकामा कुनै किसिमको कमी आउन दिने छैनौं । यति हुँदाहुँदै पनि नवसिर्जित कोभिड–१९ नामक कोरोना भाइरसले विश्व मात्र नभई नेपाललाई समेत आर्थिक लगायतको क्षेत्रमा आक्रान्त पारेको छ । अझ भन्नुपर्दा कम विकसितको सूचीमा रहेको नेपाललाई यो समस्याले निकै अप्ठ्यारो पार्ने छ । यो अवस्थामा पनौती नगरले पनौतीका नागरिकहरुका लागि यस्ता खालका समस्याहरुको अनुभूति समेत महसुस गर्नुपर्ने अवस्था आउन दिने छैन भन्ने लक्ष्यका साथ विकास निर्माणको पक्षमा जुटिरहेका छौं भन्नुभएको छ ।

त्यसैले पनौती नगरको विकासको क्षेत्रमा खासै असर पर्नेछैन भन्ने विश्वास प्राविधिक क्षेत्रको छ । जसअनुसार पनौती नगरको वार्षिक क्यालेण्डरलाई प्रभावित नहुने किसिमले नै कार्य सम्पादनको पक्षमा प्राविधिकहरु सक्रिय हुनेछौं । उक्त विकास निर्माण कार्यको अवलोकनमा नगर प्रमुख, सम्बन्धित क्षेत्रका नेतृत्वहरु, प्राविधिकहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

  • “नगर प्रमुखद्वारा विकास निर्माणको अवलोकन” बलबुत्ताले भ्याएसम्म अनियमितता हुन दिन्नँ -नगर प्रमुख न्यौपाने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0