Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राहतको नाममा नेपालीमाथि आहत नहोस् !

प्रभातफेरी अनलाइन ४४०६ पटक पढिएको प्रकाशित मिति: २०७७ बैशाख ३०, मंगलबार (५ साल अघि)
राहतको नाममा नेपालीमाथि आहत नहोस् !

सरकारले कोरोना भाइरसका कारण प्रभावित हुन पुगेको जनजीवनलाई राहत प्रदान गर्ने नाममा लकडाउनलाई खुकुलो पारेर राहत प्रदान गरेको बताएको छ ।

तर, प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहजतालाई दुरुपयोग गर्ने काम नेपालीहरुले गरिरहेका छन् । जसको प्रत्यक्ष प्रभाव सडकमा देख्न सकिन्छ । अहिले सडकमा सार्वजनिक र स्कूल बस बाहेक अधिकांश यातायातका साधनहरु निर्वाह रुपमा चलेका छन् । यस किसिमको प्रवृत्तिले के संकेत गर्छ ! यसका बारेमा चर्चा परिचर्चा गर्नुपर्ला जस्तो लाग्दैन । यो गतिविधिले नेपालीलाई सोमालियाको उदाहरण दिने वर्गका लागि आफ्नै आँखा अगाडि प्रत्यक्ष झल्को मेट्नेमा दुई मत नहोला ।

अहिलेको यो समस्याले नेपाली मात्र प्रभावित भएका पक्कै होइनन् । कुनै पनि निर्णय लिनु अगाडि त्यसले दीर्घकालिन रुपमा पार्ने असरका बारेमा विश्लेषण गर्नु बुद्धिमानी हुने थियो तर दुःखका साथ भन्नुपर्छ, नेपालका नीति निर्माताकर्मी भनौं या नेतृत्वहरु क्षणिक व्यक्तिगत फाइदा भन्दा माथि उठ्न सकेको तथ्य अहिलेसम्म भेटिएको छैन जसको परिणाम अहिले एकाएक शहरमा प्रशस्तै नयाँ अनुहार देख्न पाइन्छ । कतै राज्य सञ्चालकहरुको लहलहैले राहतका नाममा नेपाली जनतामाथि आहत हुने त होइन भन्ने चिन्ताले तमाम बौद्धिक वर्गलाई ग्रसित पारेको छ । यो समस्याले पक्कै पनि आफूलाई मात्र पोल्ने छैन, समग्र मानवीयतालाई नै तहसनहस नबनाउला भन्न सकिन्न ।

राज्यका सञ्चालकहरुले जुन चुनौती उठाएका छन्, त्यसले कालान्तरमा गएर कालो दिनको रुपमा नमेटिने छाप नछोडोस् । त्यसैले अहिलेको यो महामारीलाई कमजोर नसम्झन फेरि एकपटक नेपाली जनता आग्रह गर्दछन् । विश्व स्वास्थ्य संगठनले समेत अबको निशाना एशियाली मुलुक भनिरहँदा नेपालका राज्य सञ्चालकहरुले जुन किसिमको हेलचेक्र्याईं गरेका छन्, त्यो क्षम्मे नहुन सक्छ । भोलि गएर न्याउरी मारी पछुताउनु भन्दा समयमै बुद्धिमत्तापूर्ण निर्णय लिनु व्यवहारिक हुनसक्छ । तसर्थ, अहिलेको यो जटिल अवस्थामा नेतृत्वले सावधानीपूर्वक कदम चाल्नु बुद्धिमानी ठहरिने हाम्रो निचोड छ । त्यो नै नेपाली जनताले अपेक्षा गरेका छन् ।

  • राहतको नाममा नेपालीमाथि आहत नहोस् !
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0