Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सुरक्षा निकायलाई जस नदिने खेल, अझै पनि लकडाउनलाई लत्याउँदै नागरिक

प्रभातफेरी अनलाइन ८०५८ पटक पढिएको प्रकाशित मिति: २०७७ जेष्ठ ७, बुधबार (५ साल अघि)
सुरक्षा निकायलाई जस नदिने खेल, अझै पनि लकडाउनलाई लत्याउँदै नागरिक

प्रल्हाद शर्मा हुमागाइ
बनेपा/कोभिड–१९ को कारण नेपाल मात्र नभई विश्व नै आक्रान्त बनिरहेको अवस्थामा यसको नियन्त्रणका लागि राज्यद्वारा जारी लकडाउनलाई मजबुत बनाउन सम्पूर्ण नागरिक, समाजदेखि सरोकार निकायवालासम्मको उतिकै दायित्व र जिम्मेवारी रहन्छ ।
बिडम्बना ! नेपाल सरकारले लकडाउनलाई व्यवहारिक रुपले उपयोग गर्नका लागि विभिन्न माध्यमहरु अपनाइरहेको अवस्थामा केही बुजु्रकहरुले लकडाउनलाई खेलौनाको रुपमा हेरिएको तथ्य हाम्रा सामु छर्लङ्ग छ ।

आजका दिनसम्म आइपुग्दा नेपालमा दुई जनाले ज्यान गुमाएको पुष्टि स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत् जानकारी गराइरहँदा सयौंको संख्यामा पिसिआर परीक्षणबाट प्रभावित भईसकेका छन् । यो संगीन घडिमा नागरिकहरु भने त्यसलाई मनगढेन्ते संज्ञा दिएर लकडाउनको एकातिर अपहेलना भइरहेको छ भने यसैलाई उपयोग गर्दै कालाबजारियाहरु मौलाइरहेका छन् । आज पनि लर्काे लागेर धर्मका नाममा मठमन्दिर जाने क्रम घटेको छैन । मर्निङ्ग वाल्कका नाममा सिंगो बस्ती तामझाम सहित चलायमान भएको जमातले कोरोनालाई हलुका रुपमा मनन् गरेको तथ्य स्वीकार्न बाध्य छन् सुरक्षाकर्मी । यो जटिल अवस्थामा सुरक्षाको जिम्मेवारी बहन गरेर अग्रपंक्तिमा खटिएको सुरक्षाकर्मीहरुलाई नागरिकहरुको त्यस किसिमको तुच्छ व्यवहारले आत्मग्लानी भइरहेको छ । यो समस्या सुरक्षाकर्मीको मात्रै हो भन्ने मानसिकता बोकेका बुजु्रकहरुको कारण नेपालमा दिनप्रतिदिन कोरोना भाइरस प्रभावितहरु बढिरहेका छन् । यसले कालान्तरमा गएर नेपालीहरुलाई ठूलो संकटमा धकेल्ने छ भन्ने संकेत देखाएको नगर प्रमुख भीम न्यौपानेको तर्क छ ।

यसैगरी आफ्नो जिउज्यानको समेत प्रवाह नगरी जनताको सेवामा समर्पित रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाको भनाइ छ– सुरुका दिनहरुमा उपत्यका छोड्नेहरुका लागि हुनेसम्मको सहयोग जुटाउनको लागि खटियो । सकेसम्म उहाँहरुलाई गन्तव्यसम्म पु¥याउन कुनै कसर बाँकी राखिएन । अब फेरि लुकीछिपी राजधानी प्रवेश गर्नेको जमात पनि ठूलै बाँकी पृष्ठ ४ मा… भएको सुन्न आएको छ । यस किसिमको दुविधा के कति कारणले सिर्जना भयो, त्यसका बारेमा सम्बन्धित निकायले अध्ययन गरी ठोस समाधानतर्फ नजाने हो भने यसले विकराल समस्या निम्त्याउने छ भन्नुहुन्छ अध्यक्ष लामा ।उहाँको थप कथन छ– नागरिकले कोरोना भाइरसलाई गम्भीर रुपमा मनन् नगर्नु भनेकै आफूले आफैंलाई मृत्यु शैयातिर धकेल्नु नै हो भन्ने मेरो बुझाइ छ । यसर्थ, हामी जनप्रतिनिधिले हाम्रो जिम्मेवारी गहन रुपमा पालना गर्दै जाने हो । यति गर्दा पनि नागरिकले त्यसलाई अटेर गर्छन् भने त्यसको छिनोफानो सुरक्षा निकायले गर्न जरुरी छ । नेपाली उक्तिलाई सापट लिने हो भने लातको भूत बातले मान्दैन भनेझैं सुरक्षाकर्मीले शक्ति प्रयोग गर्नुपर्ने हुन्छ । यतिबेला कसैले पनि किन गरिस् भनेर आवाज उठाउने हैसियत राख्दैन भन्ने विश्वास अध्यक्ष लामाको छ ।

यिनै विषयवस्तुको सवालमा एकैदिन ८ सयको हाराहारीलाई खानपानको व्यवस्थासहित गन्तव्यमा पु¥याउनको लागि समर्पित बनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारीको टिप्पणी छ– हामी मानिस पशु जतिका पनि भएनौं । हामीले सक्षम प्राणीका रुपमा परिभाषित गर्ने व्यक्तित्वहरु महामुर्ख नै रहेछन् जस्तो लाग्यो । आफू जनप्रतिनिधि केही बोल्यो भने आलोचना खेप्नुपर्छ । यो संगीन घडिमा नागरिकहरुको व्यवहार देख्दा मन भक्कानिएर आउँछ । समस्या आयो त आइ’गो नि । भोलि ला ! भनेर हुन्छ ? तर हाम्रा नागरिकहरु यो लकडाउन नेतृत्वले आफ्ना लागि गर्न लगाएको जस्तो व्यवहार देखाउँछन् । जब प्रहरीले खबरदारी गर्छ, सकेसम्म अटेर गर्ने हो, सकिएन भने छल्ने हो, यो खालको प्रवृत्तिले कसलाई नाफा पु¥याउँछ, उही कोरोनालाई होइन ? त्यसैले मेरो बुझाइ अलि फरक छ, अहिले जति पनि अग्रपंक्तिमा रहेर जिम्मेवारी बहन गरिरहनुभएको छ, उहाँहरुलाई जस नमिलोस् भन्ने खेल जस्तो लाग्छ । जसको कारण लकडाउनलाई लत्याउँदा आफैं लत्तिन्छु भन्ने किन सोचिएन ? अहिले पनि टाढा जानुपर्दैन, काभ्रेमै दर्जनौं ¥यापिड परीक्षणमा सकारात्मक देखिएका छन् । यो अवस्थामा नागरिकहरुले गम्भीरता अपनाउनु आफ्नो जिम्मेवारी होइन ? भन्नुहुँदै गुनासो राख्नुहुन्छ वडा अध्यक्ष अधिकारी ।

  • अझै पनि लकडाउनलाई लत्याउँदै नागरिक
  • सुरक्षा निकायलाई जस नदिने खेल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0