Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लकडाउनको पीडालाई शक्तिमा बदल्दै युवा, गाउँ बस्तीमा रौनकता मौलाउँदै ! कोभिड–१९ का कारण कार्य सम्पादनमा झिनो समस्या- प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन ७०२१ पटक पढिएको प्रकाशित मिति: २०७७ जेष्ठ १३, मंगलबार (६ साल अघि)
लकडाउनको पीडालाई शक्तिमा बदल्दै युवा, गाउँ बस्तीमा रौनकता मौलाउँदै ! कोभिड–१९ का कारण कार्य सम्पादनमा झिनो समस्या- प्रमुख न्यौपाने

प्रल्हाद शर्मा हुमागाई
पनौती/यदि कोभिड–१९ कोरोना भाइरसको प्रवेश नेपालमा नभएको भए चैत्र मसान्तभित्र नीति तथा कार्यक्रममा जोडिएका विकास निर्माणका योजनाहरु सम्पन्न गर्ने लक्ष्य सहित समृद्ध नगर निर्माणमा समर्पित भएको पनौती नगरका नगर प्रमुख भीम न्यौपानेले एक अन्तरसंवादमा बताउनुभएको थियो ।

आइतबार नगरद्वारा सञ्चालित निर्माणाधिन आयोजनाहरुको अनुगमन गर्ने क्रममा प्रमुख न्यौपानेको कथन थियो– कोरोना भाइरसका कारण निर्धारित लक्ष्य प्राप्त गर्न नसकिएता पनि आर्थिक वर्षको अन्तसम्ममा सफलता हासिल गर्ने उद्देश्य सहित विकास निर्माणका कार्यक्रमहरु युद्धस्तरबाट अगाडि बढेको बताउनुभएको छ ।

एकाएक कोरोना भाइरसका कारण प्रतिष्ठित ठूला आयोजनासँग जोडिएका श्रमिकहरु बाहिरिएपछि ति योजनाहरु अधुरो हुने अवस्थामा पुगेका छन् । यि सबैको पछाडि मजदुरहरुको व्यवस्थापन गर्न नसक्नुको कारणले योजना नै प्रभावित हुन पुगेका हुन् । सम्भावना भएसम्मका साधनहरुको उपयोग गरेर भएपनि ति योजनाहरुको कार्य सम्पादनमा लागिपर्ने विश्वास प्रमुख न्यौपानेको छ ।

लकडाउनले निम्त्याएको पिडालाई शक्तिमा बदल्दै नगर प्रवेश गरेका युवाहरुले नगरको भोलिको सुनौलो भविष्य कोर्दै छन् भन्ने सन्देश प्रवाह गर्दै विकास निर्माणमा समर्पित भएको पाउँदा कोरोनाले दिएको पिडा भुल्ने वातावरण बनेको नगर प्रमुख न्यौपानेको कथन छ । विगतका वर्षहरुमा युवाहरुको उपस्थिति नहुने भन्नैपर्दा बस्ती नै खाली हुँदा विकास निर्माणका योजनाहरुमा हुने ढिलासुस्तीले नगरपालिका नै प्रभावित हुन बाध्य भएता पनि यो आर्थिक वर्षका विकास निर्माणका योजना गुणस्तरीय ढंगबाट ढिलै भएपनि अगाडि बढेका छन् ।

यसका पछाडि युवाहरुको अतुलनीय योगदान रहेको आफ्नो अनुभवले बताएको हुँदा विगतका वर्षहरुमा गाउँबस्तीबाट युवाहरु श्रमको नाममा विदेशिँदा उर्वरा भूमि बाँझिने क्रम बढ्दै जाँदा बस्तीहरु उराठ लाग्दा हुँदै गएका थिए तर लकडाउनका कारण घर फर्केका युवाहरुले गाउँबस्तीमै रौनकता मात्र छाएका छैनन्, वर्षाैंदेखि बाँझो परेका उर्वराभूमिले नयाँ जीवन समेत पाएका छन् । खनजोत गरेमा प्रशस्त उत्पादन हुने एलानी भूमिमा पनि युवाहरुले खेती गरेका छन् भन्ने सुन्न आएको छ । त्यसले आफूलाई अत्यन्तै प्रभावित तुल्याएको चर्चा गर्नुहुँदै नगर प्रमुख न्यौपानेको थप कथन थियो– पनौती नगरपालिका कृषि क्षेत्रमा आत्मनिर्भरता मात्र होइन, निर्यातको पहुँच पनि राख्न सक्छ भन्ने सन्देश युवाहरुबाट आएको छ । हो, यतिबेला मुलुक कोरोना भाइरसका कारण सन्त्रासमा गुज्रिन बाध्य छ । यो यथार्थलाई मनन गर्दै विश्व स्वास्थ्य संगठनद्वारा प्रतिपादित दूरीलाई मापन गर्दै युवाहरुले विकास निर्माणका योजनाप्रति देखाएको चासो अनुशरणयोग्य मात्र नभई यथार्थमै भन्नुपर्दा नयाँ पिँडीका लागि पथप्रदर्शक नै सावित भएको पाएको छु भन्नुभएको छ ।

यो मानवीय संकटको अवस्थामा युवाहरुको जुन जागरुकता देखिएको छ, त्यो उर्जालाई नगरले मर्न दिने छैन । यो उत्साहजनक सहभागितालाई आत्मसाथ गर्दै नगरले आगामी आर्थिक वर्षका लागि युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्ने अठोट नगरले गर्ने विश्वास नगर प्रमुख न्यौपानेको छ । आर्थिक वर्षका लागि तय हुने नीति तथा कार्यक्रम ति युवाप्रति समर्पित हुनेछ । जसले समृद्ध नगर निर्माणमा अनुकरणीय भूमिका निर्वाह गर्नेछन् भन्नुहुँदै नगर प्रमुख न्यौपानेको थप कथन छ– गाउँ फर्किएका युवाहरुलाई श्रमका नाममा फेरि बाहिरिन दिने छैन । यस कारण पनि अबको नगरको योजनामा स्वास्थ्य, कृषि र पशुपालनको क्षेत्रमा विशेष योगदान पु¥याउने किसिमले आउने छ । जसबाट गाउँ फर्किएका युवाहरु आकर्षित हुने विश्वास नगर प्रमुख न्यौपानेको छ । यसबाट समृद्ध नगरको परिकल्पना साकार हुने दाबी समेत प्रमुख न्यौपानेले गर्नुभएको छ ।

  • गाउँ बस्तीमा रौनकता मौलाउँदै ! कोभिड–१९ का कारण कार्य सम्पादनमा झिनो समस्या- प्रमुख न्यौपाने
  • लकडाउनको पीडालाई शक्तिमा बदल्दै युवा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

    तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0