Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाली जनको उर्जालाई कमजोर पार्ने खेल अन्त गर

प्रभातफेरी अनलाइन ७२६२ पटक पढिएको प्रकाशित मिति: २०७७ जेष्ठ १३, मंगलबार (५ साल अघि)
नेपाली जनको उर्जालाई कमजोर पार्ने खेल अन्त गर

बेमौसमी बाजाका अनुयायीहरु हो ! तिम्रो पद, प्रतिष्ठा र कुर्सीका लागि नेपाली जनलाई कमजोर बनाउने खेल नखेल्दा बुद्धिमानी होला ।

नेपालको राजनीतिमा यतिखेर विश्व हल्लाउने कोभिड–१९ भन्दा पनि शक्तिशाली भाइरस बनेर दक्षिणको हावा प्रवेश गरेको छ । नेपालको इतिहास पढ्ने हो भने यो भाइरसले सुक्ष्म रुपमा नेपाल प्रवेश गरेको पनि सयौं वर्ष बितिसकेको छ तर अहिले आएर विश्व भाइरसले पार्न नसकेको प्रभाव दक्षिणी भाइरसले पारेको छ । यस विषयमा गम्भीर खोजीको विषय सिर्जना भएको छ । यो अवस्थामा यस्ता किसिमका हावाहरुले के संकेत दिन खोजेको हो ? खोजीको विषय बनेको छ । यसबाट के पुष्टि हुन्छ भने राज्य सञ्चालकहरु कति सम्मको चुत¥याईं गर्न सक्छन् भन्ने प्रमाणित गर्दछ ।

घटनालाई नजिकबाट नियाल्ने हो भने यो भाइरसलाई हतियार बनाएर नेपालका सयौं नेतृत्वले करोडौं करोड भत्ता पचाइसकेका छन् । कठै ! ति गौंडे, झोलेहरुलाई पत्तो छैन । नेताको पिसाबलाई पनि गहुँत सम्झेर स्नान गर्ने पट्मुर्खहरुलाई के भनौं ? यो संकटको घडिमा चालिएको कुटिल चाल आफैंलाई भारी पर्न सक्ने संकेत देखिएको छ । अलिकति पनि दीर्घकालीन सोच नराखी प्रस्तुत हुँदाको परिणामलाई मध्यनजर गर्दा नेतृत्वप्रति दया लागेर आउँछ । कुनै पनि कदम चाल्दा दीर्घकालीन असरका बारेमा सोच्नुपर्ने होइन ? बेला न कुबेलाको बाजा बजाउँदाको असर के पर्न सक्छ ? कतै यो खेलको अन्तरवस्तु खुट्याउन सकेनौ भने नेपाली जनता टुलुटुलु हेरेर बस्लान् ? सोच्ने हो कि ? अब १७औं शताब्दीका नेपाली जनता होइनन्, आज त २१औं शताब्दी हो । नेपालीहरु कुनै पनि कदम चाल्न पछि पर्ने छैनन् । त्यसैले नेतृत्वले आफ्नो अनुकूलतालाई लिएर अभिव्यक्ति दिँदा यसले पार्ने दीर्घकालीन असरका बारेमा सोचिएको भए आज यो अवस्था निम्तिने थिएन भन्ने बुझाई हाम्रो हो ।

अब उठाएका विषयवस्तुको किनारा लगाउनुपर्छ । अन्यथा, नेपाली जनमाथिको खेलवाड नेपाली जनताले सम्झने छन् । त्यतिबेला नेपाली जनताले त्यसको हिसाबकिताब माग्नेछन् । जसको परिणामले कालान्तरसम्म असर पु¥याउन सक्छ । त्यसैले नेतृत्वसँग हाम्रो अनुरोध छ, विषयवस्तु उठेको त्यसको सहज अवतरणका लागि गम्भीर भई समाधानतर्फ एक रुपता कायम गर्नु नै नेतृत्वको बुद्धिमानी हुनेछ । तसर्थ, पनि नेतृत्व समक्ष फेरि आग्रह छ, आफूले व्यक्त गरेका अभिव्यक्तिहरुलाई हलुका रुपमा नसम्झिन अनुरोध गर्दै दुई तिहाइको दम्भ कतै कमाउने खेती नहोस् । कि बेमौसमी बाजा बजाउनु हुन्न थियो, बजाइसकेपछि निचोडमा पु¥याएर छोड्नुको विकल्प छैन भन्ने नै हाम्रो ठम्याई हो ।

  • नेपाली जनको उर्जालाई कमजोर पार्ने खेल अन्त गर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0