Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पुरातनवादी संस्कार चिर्नसक्ने क्षमताको सिर्जना गर्नु नै छोरीको जित हो

प्रभातफेरी अनलाइन ८८९० पटक पढिएको प्रकाशित मिति: २०७७ जेष्ठ २०, मंगलबार (५ साल अघि)
पुरातनवादी संस्कार चिर्नसक्ने क्षमताको सिर्जना गर्नु नै छोरीको जित हो

विपशना शाक्य

“हुने बिरुवाको चिल्लो पात” भने झैं मसिनो गाँठीको ज्यान जन्मँदाको साइत होला भोलि गएर के बन्ली ? यति खिनौटी छ ! यसबाट फलको आश के गर्नु………….

मेरो परिवारका सदस्यहरुको हिनताबोधपूर्ण मननका साथ सरकारी विद्यालयको यात्रा सुरुवात भए । स्कूलमा समकक्ष बिचमा मायाको सुनौलो पात्र बनी । सायद मसिनो गाँठीको चतुर स्वभाव भएर पनि होला ! शारीरिक संरचना र मृदुभाषी भएकै कारण शिक्षक, विद्यार्थी सबैको आँखाको नानी बन्न सफल भईसकेकी थिइन् । चञ्चले स्वभावकै कारण यात्रामा अनेकौं हण्डर र ठक्करको सिकार हुनु नौलो थिएन भन्नुहुन्छ ग्राफिक्स डिजाइनर बिपशना शाक्य ।

हुन त परिवारका चाहना अनगिन्ती थिए होलान् । मेरो चाहना पनि समय सापेक्षिक आफूलाई स्थापित गराउने र समाजमा केही छाप छोड्नुपर्छ भन्ने आकांक्षा नभएको होइन । यिनै लक्ष्यहरुलाई हृदयमा बन्धक राख्दै एस.एल.सी. पछिका यात्रा म्यानेजमेन्टको बाटो डोहो¥याउने कोसिस सहित प्लस टुको यात्रालाई विट् मार्दै स्नातक तर्फ अगाडि बढ्ने जमर्काे नगरेको पनि होइन तर अतितका ति तिखा वचनका बज्रपातले मलाई चिमोटिरहेको थियो । त्यही सेरोफेरोमा आइटी वा कम्प्युटर शिक्षाका बारेमा दक्षता हासिल गर्ने सपना मडारिरहेको थियो । सोही क्रममा केही सिक्ने र सिकाउने जमर्काे सहित .

रोजगारीको साहारा लिएर यात्रालाई अगाडि बढाउनु ! यो पुरातनवादी संस्कारका अगाडि पक्कै पनि सहज थिएन । जीवनमा निकै आरोह अवरोह पार गर्दै छोरीको जीवन कति संघर्षपूर्ण रहेछ भन्ने अनुभूति लिँदै अगाडि बढ्ने क्रममा झण्डै यात्रामा पूर्णविराम लाग्न नपुगेको ! त्यो दिन सम्झँदा अहिले पनि जिउ सिरिङ्ग भएर आउँछ । आँत आज पनि त्यो दिन सम्झिँदा काँप्छ । ति काला रात्री नै भन्नुपर्छ मेरा लागि अगाडि बढ्ने पथ प्रदर्शक । यात्राका दिनमा भोगेका स्मरणहरुलाई सम्झँदा नेपाली चेलीले पुरातनवादी संस्कार चिर्न सक्नु नै जीवनको ठूलो विजय हुने आफूले महसुस गरेको बताउनुहुन्छ डिजाइनर शाक्य ।

एकदिन आफैं सञ्चालक बनेर डेस्क चलाउन पुग्छु भन्ने कल्पना नै गर्न नसकिरहेको अवस्थामा एकाएक साक्षात भगवान् बनेर सहकर्मीका ति हृदय विधारक शब्दले मेरो जीवनको कोल्टो नै मोडिदियो । जसको श्रेय मेरा मातापिता मात्र होइनन्, मेरा साथीसंगी र अग्रजहरु पनि प्रेरणाका साधन बनिदिए । जसले गर्दा एउटा आइटी क्षेत्रको नक्षत्र त नभनांै सफल डिजाइनरको उपमा सावित गरिदियो । जुन मेरा लागि एक थोपा रगत जीवनमा रहेसम्म चिमोटिरहने पात्र छानिदियो ।

यी सबै आरोह–अवरोह कसरी सिर्जना भए त भन्ने प्रश्नमा शाक्यको तितो यथार्थ छ, परम्परादेखि नेपाली समाजमा जरा गाडेर बसेको पुरातनवादी संस्कार र संस्कृति नै हुन् । जसले गरिब र धनी बिच विभेदको खाडललाई नै दोषी देखेको छु, संघर्ष नै सफलताको कसी हो भन्नुहुन्छ शाक्य । समस्याबाट भाग्ने होइन, त्यो समस्यासँग प्रतिवाद गर्न सिक्नु नै एउटा छोरीको सफल जीवन हो तर त्यस किसिमको वातावरण सिर्जना गर्ने दायित्व र जिम्मेवारी अभिभावकको रहन्छ भने कोरिदिएको बाटो पहिल्याउनु त्यो छोरीको कर्तव्य हुन्छ । यिनै संयोजनलाई मार्ग निर्देशनका रुपमा लिन सक्यौं भने जीवनको यात्रा सुखद रहने अपेक्षा आफ्नो भएको डिजाइनर शाक्यको तर्क छ ।

शाक्यको अभिव्यक्ति सुन्दा उहाँले खाउँ खाउँ र लाउँ लाउँ भन्ने उमेरमा हासिल गरेको उपलब्धीले जो कोहिको मन नकुँडिएला भन्न सकिन्न । किनकी उनी सरहका साथीहरु अहिले पनि लह–लहैको जिन्दगी मनोरञ्जनमा उडाएको देख्दा उनलाई पनि कता कता कटक्क मन नकुँडिएको होइन ? तर माथि नै उद्घोष गरिसकिएको छ नेपाली उक्ति “हुने बिरुवाको ……..” भने जस्तै उनमा पनि एउटा छोरी अनि कर्मठ योद्धाले समाज र मुलुकप्रति खेल्नुपर्ने भूमिकालाई स्पष्ट रुपमा पोखेको पाउँदा उहाँको सफलताप्रति साधुवाद टक्र्याउन मन लाग्छ । यो छोटो अवधिमा केही गरौं भन्ने प्रेरणा जागृत गर्न सफल शाक्यले भोग्नुपरेको आरोह अवरोहलाई खुट्याउन सकियो भने पक्कै पनि आजका युवाहरुले श्रमको मिठो फल चुम्ने छन् भन्ने प्रेरणा शाक्यबाट लिन सकिन्छ ।

  • पुरातनवादी संस्कार चिर्नसक्ने क्षमताको सिर्जना गर्नु नै छोरीको जित हो
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनको चौतारी सम्बन्धि थप
  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • के सिन्दुर मायाको परिचय हो ?

    के सिन्दुर मायाको परिचय हो ?

  • छाउपढी प्रथा ज्यूँका त्यूँ, सुदुरपश्चिममा महिला हिंसा चरम उत्कर्षमा छ

    छाउपढी प्रथा ज्यूँका त्यूँ, सुदुरपश्चिममा महिला हिंसा चरम उत्कर्षमा छ

  • आलोचनाले कार्यक्षेत्रप्रति अझ निखारता दिन मदत गर्दछ

    आलोचनाले कार्यक्षेत्रप्रति अझ निखारता दिन मदत गर्दछ

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0