विपशना शाक्य
“हुने बिरुवाको चिल्लो पात” भने झैं मसिनो गाँठीको ज्यान जन्मँदाको साइत होला भोलि गएर के बन्ली ? यति खिनौटी छ ! यसबाट फलको आश के गर्नु………….
मेरो परिवारका सदस्यहरुको हिनताबोधपूर्ण मननका साथ सरकारी विद्यालयको यात्रा सुरुवात भए । स्कूलमा समकक्ष बिचमा मायाको सुनौलो पात्र बनी । सायद मसिनो गाँठीको चतुर स्वभाव भएर पनि होला ! शारीरिक संरचना र मृदुभाषी भएकै कारण शिक्षक, विद्यार्थी सबैको आँखाको नानी बन्न सफल भईसकेकी थिइन् । चञ्चले स्वभावकै कारण यात्रामा अनेकौं हण्डर र ठक्करको सिकार हुनु नौलो थिएन भन्नुहुन्छ ग्राफिक्स डिजाइनर बिपशना शाक्य ।
हुन त परिवारका चाहना अनगिन्ती थिए होलान् । मेरो चाहना पनि समय सापेक्षिक आफूलाई स्थापित गराउने र समाजमा केही छाप छोड्नुपर्छ भन्ने आकांक्षा नभएको होइन । यिनै लक्ष्यहरुलाई हृदयमा बन्धक राख्दै एस.एल.सी. पछिका यात्रा म्यानेजमेन्टको बाटो डोहो¥याउने कोसिस सहित प्लस टुको यात्रालाई विट् मार्दै स्नातक तर्फ अगाडि बढ्ने जमर्काे नगरेको पनि होइन तर अतितका ति तिखा वचनका बज्रपातले मलाई चिमोटिरहेको थियो । त्यही सेरोफेरोमा आइटी वा कम्प्युटर शिक्षाका बारेमा दक्षता हासिल गर्ने सपना मडारिरहेको थियो । सोही क्रममा केही सिक्ने र सिकाउने जमर्काे सहित .
रोजगारीको साहारा लिएर यात्रालाई अगाडि बढाउनु ! यो पुरातनवादी संस्कारका अगाडि पक्कै पनि सहज थिएन । जीवनमा निकै आरोह अवरोह पार गर्दै छोरीको जीवन कति संघर्षपूर्ण रहेछ भन्ने अनुभूति लिँदै अगाडि बढ्ने क्रममा झण्डै यात्रामा पूर्णविराम लाग्न नपुगेको ! त्यो दिन सम्झँदा अहिले पनि जिउ सिरिङ्ग भएर आउँछ । आँत आज पनि त्यो दिन सम्झिँदा काँप्छ । ति काला रात्री नै भन्नुपर्छ मेरा लागि अगाडि बढ्ने पथ प्रदर्शक । यात्राका दिनमा भोगेका स्मरणहरुलाई सम्झँदा नेपाली चेलीले पुरातनवादी संस्कार चिर्न सक्नु नै जीवनको ठूलो विजय हुने आफूले महसुस गरेको बताउनुहुन्छ डिजाइनर शाक्य ।
एकदिन आफैं सञ्चालक बनेर डेस्क चलाउन पुग्छु भन्ने कल्पना नै गर्न नसकिरहेको अवस्थामा एकाएक साक्षात भगवान् बनेर सहकर्मीका ति हृदय विधारक शब्दले मेरो जीवनको कोल्टो नै मोडिदियो । जसको श्रेय मेरा मातापिता मात्र होइनन्, मेरा साथीसंगी र अग्रजहरु पनि प्रेरणाका साधन बनिदिए । जसले गर्दा एउटा आइटी क्षेत्रको नक्षत्र त नभनांै सफल डिजाइनरको उपमा सावित गरिदियो । जुन मेरा लागि एक थोपा रगत जीवनमा रहेसम्म चिमोटिरहने पात्र छानिदियो ।
यी सबै आरोह–अवरोह कसरी सिर्जना भए त भन्ने प्रश्नमा शाक्यको तितो यथार्थ छ, परम्परादेखि नेपाली समाजमा जरा गाडेर बसेको पुरातनवादी संस्कार र संस्कृति नै हुन् । जसले गरिब र धनी बिच विभेदको खाडललाई नै दोषी देखेको छु, संघर्ष नै सफलताको कसी हो भन्नुहुन्छ शाक्य । समस्याबाट भाग्ने होइन, त्यो समस्यासँग प्रतिवाद गर्न सिक्नु नै एउटा छोरीको सफल जीवन हो तर त्यस किसिमको वातावरण सिर्जना गर्ने दायित्व र जिम्मेवारी अभिभावकको रहन्छ भने कोरिदिएको बाटो पहिल्याउनु त्यो छोरीको कर्तव्य हुन्छ । यिनै संयोजनलाई मार्ग निर्देशनका रुपमा लिन सक्यौं भने जीवनको यात्रा सुखद रहने अपेक्षा आफ्नो भएको डिजाइनर शाक्यको तर्क छ ।
शाक्यको अभिव्यक्ति सुन्दा उहाँले खाउँ खाउँ र लाउँ लाउँ भन्ने उमेरमा हासिल गरेको उपलब्धीले जो कोहिको मन नकुँडिएला भन्न सकिन्न । किनकी उनी सरहका साथीहरु अहिले पनि लह–लहैको जिन्दगी मनोरञ्जनमा उडाएको देख्दा उनलाई पनि कता कता कटक्क मन नकुँडिएको होइन ? तर माथि नै उद्घोष गरिसकिएको छ नेपाली उक्ति “हुने बिरुवाको ……..” भने जस्तै उनमा पनि एउटा छोरी अनि कर्मठ योद्धाले समाज र मुलुकप्रति खेल्नुपर्ने भूमिकालाई स्पष्ट रुपमा पोखेको पाउँदा उहाँको सफलताप्रति साधुवाद टक्र्याउन मन लाग्छ । यो छोटो अवधिमा केही गरौं भन्ने प्रेरणा जागृत गर्न सफल शाक्यले भोग्नुपरेको आरोह अवरोहलाई खुट्याउन सकियो भने पक्कै पनि आजका युवाहरुले श्रमको मिठो फल चुम्ने छन् भन्ने प्रेरणा शाक्यबाट लिन सकिन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |