Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लकडाउनमा काभे्रमा ६२९९४ बोरा रासायनिक मल बिक्रि, कृषकको माग अनुसार उपलब्ध हुन सकेन

प्रभातफेरी अनलाइन ६६४९ पटक पढिएको प्रकाशित मिति: २०७७ जेष्ठ २०, मंगलबार (५ साल अघि)
लकडाउनमा काभे्रमा ६२९९४ बोरा रासायनिक मल बिक्रि, कृषकको माग अनुसार उपलब्ध हुन सकेन

आर.एल.श्रेष्ठ
बनेपा/कृषकको लागि रासायनिक मल बिक्रि गर्ने जिम्मेवारी पाएको कृषि सामाग्री कंम्पनि लिमिटेडको कार्यालय र साल्ट टे«डिङ्ग कर्पोरिशन लिमिटेडको कार्यालयको काभे्रमा रहेको कार्यालय बाट रासायनिक मल उपलब्ध गराउने कार्य भएको छ । लकडाउनको समयमा उच्च जोखिम मोल्दै उपलब्ध गराएको मलले गर्दा कृषकहरुलाई राहत त मिलेकै छ, तर माग अनुसार पुर्ती हुन सकेको छैन ।

उक्त दुई कार्यालयले विगतमा रासायनिक मल सहज हुंदा कुन डिलरले कती मल खपत गरेका थिए ? कुन डिलरको कार्यक्षेत्रमा कति रासायनिक मलको आवश्यक हुन्छ ? भन्ने कुनै वास्ता नगरी दामासाहीले उपलब्ध गराउंदा डिलरहरुले सास्ति खेप्नु परेको छ । उक्त दुई कार्यालयहरुबाट दामासाहि रुपमा उपलब्ध गराएको रासायनिक मल सम्बन्धित क्षेत्रमा पुगे नपुगेको अनुगमन हुन सकेको छैन । वडा कार्यालयबाट प्रमाणि बिक्रि बिवरण सहि हो या होईन बुझ्ने कोशिस समेत भएको छैन ।

सहज अवस्थामा रासायनिक मल नै नलाने डिलरहरु र सहज अवस्थामा बार्षिक ४ हजार बोरा भन्दा बढी रासायनिक मल बिक्रि गर्ने डिलरहरुलाई बराबरी मल उपलब्ध गराउंदा वास्तविक कृषकहरु मारमा परेका छन् । जिल्ला प्रशासन कार्यालयको निर्णयको आधारमा मल उपलब्ध गराएको भनि विगतलाई मुल्यांकन नै नगरी समान तरीकाले मल उपलब्ध गराउंदा बिगतमा धेरै मल खपत हुने क्षेत्रका कृषकहरुलाई समस्या परेको छ । बिगतमा मल नै नउठाउने डिलरहरुलाई भने राम्रो अवसर मिलेको छ । मल बिक्रिको जिम्मेवारी पाएका उक्त कंम्पनिहरुलाई कुन क्षेत्रमा कति मलको आवश्यक हुन्छ भनि पुर्ण रुपमा जानकारी हुंदा हुंदै पनि समानताको नाममा पक्षपाति व्यवहार गर्नुको पछाडी कुनै रहस्य लुकेको हुनसक्ने बिश्लेषकहरुको भनाई रहेको छ ।

ग्रामिण क्षेत्रमा रहेको पातलो बस्ति, थोरै कृषियोग्य जमिन, शहरी क्षेत्रमा रहेको व्यापारीक केन्द्र थोरै कृषि योग्य भू—भाग, त्यस्ता ठाउंहरुमा रहेको मल बिकृगर्ने डिलरहरु र कृषिको उर्वरा भूमिको रुपमा रहेको बस्तिहरुमा रासायनिक मल बिकृगर्ने डिलरहरुलाई समान ढंगबाट रासायनिक मल उपलब्ध गराउनु न्यायोचित हुंदैन । थोरै मल भए पुग्ने क्षेत्रलाई र धेरै मल आवश्यक हुने क्षेत्रलाई बराबरी मल उपलब्ध गराएर उर्वरा भूमिको रुपमा बसोवास गरी खेति गर्ने कृषकहरु अन्यायमा परेका छन् । रासायनिक मल बिक्रि गर्नको लागि आपुर्ती समितिको बैठकले मसिनो ढंगबाट अध्ययन नगरी निर्णय गर्दा कृषकहरु मर्कामा गरेका हुन् ।

मल उपलब्ध गराउने दुवै कार्यालयलाई राम्रोसंग जानकारी छ, कुन डिलरको कार्य क्षेत्रमा कति मल आवश्यक छ र कुन कुन डिलरले मल को बदलामा विल बेच्ने गरेको छ यसरी जानकार हुंदा हुंदैपनि दामासाहिको निर्णय देखाउंदै गरेको वितरण प्रणालीले गर्दा कृषकहरु समेत समस्यामा परेका छन् ।

नेपालमा कुल बिक्रि हुने रासायनिक मलको ७० प्रतिशत बिक्रिगर्ने जिम्मेवारी पाएको कृषि सामाग्री कंपनिको कार्यालय धुलिखेलले काभे्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा रहेका ३१५ डिलर (सहकारीहरु) लिई कृषकहरुलाई रासायनिक मल उपलब्ध गराउंदै आएको कार्यालय प्रमुख अशोक खड्काले जानकारी गराउनु भएको छ । कार्यालय प्रमुख खड्काका अनुसार चैत्र ११ गतेदेखि हिजो मंगलबार (जेठ २०) सम्म युरिया २९ हजार १ सय ७९ बोरा, डिएपि १६ हजार ६ सय ९८ बोरा र पोटास ४ सय ७४ बोरा बिक्रि गरेको बताउनु भयो ।

त्यसैगरी ३० प्रतिशत बिक्रिको जिम्मेवारी पाएको साल्ट टे«डिङ्ग कर्पोरिसन लिमिटेडको कार्यालय बनेपा मार्फत काभे्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओखलढुंगामा समेत गरी १५० सहकारीले डिलर लिएर कृषकहरुलाई रासायनिक मल उपलब्ध गराउंदै आएको कार्यालय प्रमुख शुरेन्द्र अवालेले बताउनु भयो । कार्यालय प्रमुख अवालेका अनुसार चैत्र ११ गते देखि जेठ २० गते सम्म युरिया ११ हजार ६ सय २८ बोरा, डिएपि ५ हजार १५ बोरा बिक्रि गरेको बताउनु भयो । उहाँले थप्नुभयो कृषकलाई सहज ढंगबाट रासायनिक मलको आपुर्ती गर्नको लागी हामी निरन्तर रुपमा लागेका छौं । लकडाउनको कारण बैक बन्द हुने, आवत जावतमा समस्या हुने जस्ता समस्याको विचमा पनि मल उपलब्ध गराएको बताउनु भयो ।

काभे्र जिल्लामा रहेका कृषि सामाग्री कम्पनिको कार्यालय र साल्ट टेडिङ्ग कर्पोरिशन लिमिटेडको कार्यालय समेतले गरी लकडाउनको समयमा युरिया ४० हजार ८ सय ७ बोरा, डिएपि २१ हजार ७ सय १३ बोरा र पोटास ४ सय ७४ बोरा समेत गरी जम्मा ६२ हजार ९ सय ९४ बोरा रासायनिक मल बिक्रि भएको छ । जिल्लामा यति धेरै बोरा मल बिक्रि भएको छ तर वास्तविक कृषकहरु मल नपाएर छटपटाई रहेका छन् । यस्तोे हुनाको प्रमुख कारण भनेको थोरै मल भए पुग्ने स्थानहरुमा रहेका डिलरहरुले धेरै मल पाउनु र धेरै मल आवश्यक हुने स्थानका डिलरहरुले थोरै मल पाउनु हो । मकै बालिको लागि मलको अभाव जिंउका तिंउ छ, अव छिट्टै धान बालिको लागि मल आवश्यक हुन्छ, तर मल बिक्रि गर्ने जिम्मेवारी पाएका कृषि सामाग्री कम्पनि र साल्ट टेडिङ्ग कर्पोरिशन लिमिटेडसंग सम्पर्क गर्दा तत्काल मल नआउने शंकेत गरेका छन् ।

  • कृषकको माग अनुसार उपलब्ध हुन सकेन
  • लकडाउनमा काभे्रमा ६२९९४ बोरा रासायनिक मल बिक्रि
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0