Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० मंसिर १३, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अज्ञात समुहद्वारा ५ करोडको बुद्धचितमाला डकैती शैलीमा लुटपाट

प्रभातफेरी अनलाइन ४६९६ पटक पढिएको प्रकाशित मिति: २०७७ अषाढ १४, आईतबार (३ साल अघि)
अज्ञात समुहद्वारा ५ करोडको बुद्धचितमाला डकैती शैलीमा लुटपाट

प्रल्हाद शर्मा हुमागाई

काभ्रे । बिहीवार राती ११/३०देखि १/१५ को बिचमा ५ करोडको बुद्धचितमाला लुटेको पीडितको आरोप छ । रोशि गाउपालिका वडा नं.५ सिमथली स्थित नागबेलिमा रहेको शेर बहादुर तामाङ्गको भोगचलनमा रहेको बुद्धचितमालाको बोटैबाट लुटिएको छ ।
उक्त माला लुट्ने क्रममा गोलिसमेत चलेको स्थानीयले बताएका छन्न । बुद्धचितमालाको बोटको सुरक्षागार्डका रुपमा रहेका १६ जना युवा र सङ्गैरहेका ३ घरपरिवारलाई कब्जामा लिइ निर्घात कुटपिट गरि बुद्धचितमाला लुटेर लगेको जग्गा धनी शेर बहादुर तामाङ्गले बताएका छन्न । रातको ११,३० बाट शुरु भएको कुटपिट र लुटपाट १/१५ सम्म चलेको उहाँको भनाइ छ । शुक्रबार बिहान घट्टेखोलामा भेटिएका बोट धनी तामाङ्गले घटनाबारे प्रस्ट्याउदै भने बुद्धचितमालाको सुरक्षागार्ड र मेरो परिवारलाई कब्जामा लिइ निर्घात कुटपिट गर्नुको साथै उहाँहरुको साथमा रहेको २० थान मोबाइल लगाएतका बहुमुल्य सामान समेत लुटेरा समुहले लगेको जग्गा धनी तामाङ्गले बताएका छन्न ।

घटनाका प्रतिदर्शी पीडित युवाको भनाइ अनुसार बाटोमा के के गरे पत्यो भएन जब हामी भएको स्थानमा पुग्यो पहिला फायरिङ खोल्यो र हामी सबै र घर धनीहरुलाइ कब्जामा लिइ एउटा घर भित्र थुन्यो । अनि विद्युतको लाइन अफ गर्यो त्यस पछि अन्धाधुन्धले कुटपिट गर्यो । हाम्रा ५ जना साथीहरूलाई त अचेत नै हुने गरि कुट्यो भन्छन् पिडित । घटना घटेको बिहान घट्टेखोलामा भेटिएका जग्गा धनी शेर बहादुर तामाङ्गको गुनासो छ अब आफ्नो सम्पतिमा पनि गुण्डा कै राज हुने भो ! आफू खुशी आफ्नो सम्पत्ति बेचबिखन गर्न पनि नपाइने भो ! आफ्नो बारीको कमाइ पनि आफ्नो भन्ने अवस्था रहेन । मैले राम्रो मुल्य पाउने भए पछि समिप त्रिपाठिको समुहलाइ वडा कार्यलयमा बसेर सम्झौता गरेर बेचेको थिएं । जुनदिन मैले बुद्धचित माला बेचेको कुरो आयो नि त्यो दिनबाट कहिले बुद्धचितमालाको बोटै काटिदिने मेरो ज्यानै मारिदिने जस्तो धम्की धेरै आएको जग्गा धनी तामाङ्गको गुनासो छ । यो अवस्थामा अब ब्यापारी मात्र होइन बौद्धिक ब्यक्तिले पनि नेतृत्वका बारेमा चर्को बहश चलाउन योजना रहेको उहाँको दुखेसो थियो ।

आफू काठमाडौ बस्ने हुदा राम्रोसङ्ग निन्द्रा थिएन न परिवारका सदस्यलाई केही गरिसक्यो कि भन्ने चिन्ताले सताइ रहने गरेको तामाङ्गको बिलौना थियो । घरपरिवारका अनुसार केही दिन पहिले ५ जना चाइनिज र २ जना नेपालीले आएर बुद्धचितमालाको बोटको निरीक्षण गरेको थियो रे ? तर परिवारलाई केही नभनी गएको उहाँले बताउनु हुँदै पटकपटक नौला मान्छे आएर हेर्ने हुन्थ्यो यस्तो किसिमको घटना घटाउलान भन्ने लागेको थिएन । आफुले २० बर्ष देखि यो काम गर्दै आएपनी बिगत ७ बर्षदेखि मात्रै राम्रो मुल्य पाउदै आएको र यो बिचमा पटकपटक छिट्ट्फुट घटना भएता पनि आजको जस्तो दुखद घटना ब्यहोर्नु परेको थिएन । यो घटनाले त ब्याबसायप्रती नै नैरास्यता ल्याएको छ । आफ्नो उत्पादन आफू खुशी गर्न नपाउने ? खै ब्याबसायिको सुरक्षा ? आफ्नै घरमा सुरक्षित छैनौं भने कहाँ मिल्छ सुरक्षा ? ब्यक्तिगत सम्पत्ति धम्क्याएको भरमा छोड्नु पर्ने ? सम्पत्ति धनीलाई नै काटछु मार्छु भन्नुले हामिले कति सुरक्षित महसुस गर्न सक्छौ ? भन्नुस् त भन्दै जग्गा धनी तामाङ्गको प्रतिप्रश्न थियो । त्यसै बखत घटनास्थलमा भेटिएका खरिद कर्ता व्यावसायिहरु समिप त्रिपाठी, मान बहादुर तामाङ्ग,दुर्गालाल तामाङ्ग लगाएतको टिमको भनाइ थियो राज्यलाई कर तिरेर ब्याबसाय गर्न नि नपाउनु ? राज्यका प्रतिनिधि राखेर माला धनीलाई भुक्तानी दिएका छौं ।

बजार मूल्य अनुसार कर असुल्ने निकाएले हाम्रो र सम्पतिको सुरक्षा गर्ने कि नगर्ने के राज्यको दायित्व भित्र पर्छ होला नि भन्दै गुनासो राख्दै थिए । यो अवस्थामा हाम्रो अनि बेलै नपुगेको माला रुख नै तहसनस पारेर लुटपाट गरेर लैजानु पर्ने ? जग्गा धनीहरु र बोटको सुरक्षार्थ तैनाथ भाइहरुलाइ अमानबिय ढंगबाट कब्जामा लिइ सांघातिक हमला गरि अंगभंग हुने गरि आक्रमण गर्नुले लुटेराहरुको नियत प्रस्ट भएको खरिद कर्ता त्रिपाठिको तर्क छ । टिप्ने बेलै नभएको माला लगेर के को प्रतिशोध सांधेका हुन्न ? भन्न सकिएन । पुरै द्वन्द शैलिमा फायरिङ गर्दै गाउलाइ नै त्रसित भनाउदै डकैत गर्नुले प्रस्ट छ । उनिहरु अज्ञात समुहका नाउमा गाउबस्तिमा के गर्न खोज्दैछन्न भन्ने पुस्ठी भएको ब्याबसायी त्रिपाठिको तर्क छ । यो घटनाले ब्याबसाय प्रतिको तृष्णा नै हराइदियो झण्दै ५ करोडको क्षति पुगेको छ । बेलै नभएको माला भाटाले हानेर झारेर लगेका छन् । यस्ले उनिहरुको बिगार्ने नियत प्रस्ट हुन्छ । बुद्धचित माला टिप्न त अझै १५/२० दिन कुर्नु पर्छ । यो अवस्थामा जुन घटना घट्यो अत्यन्तै निन्दनिय घटनाको रुपमा लिन सकिन्छ ।

एक प्रश्नमा ब्याबसायी त्रिपाठी थप्छन्न ( घटनाको खबर पाए लगतै आउदा नि २/३० देखि ३ घण्टा ट लाग्ने नै भयो नि फेरि बाटो अबरोध भन्नै पर्दा चौकीडाडादेखी घटना स्थलसम्मै अबरोध थियो । हिजोको द्वन्दको झझल्को भेटिन्थ्यो । कहिं ढुङ्गा लडाएका कहिं रुख ढलाएका कहिं मुडा त्यस्र्याएका कहिं तुल झुण्ड्याएर सवधानी गराएको मात्र नभई बम समेत राखेर बाटो अबरोध गरेका कारण घटनास्थल आइपुग्न ढिला भयो । बाटोको अनुभव भएका हामिलाइ त भने सुरक्षाकर्मी धन्न २/३ घण्टामा आइपुनु भयो । फेरि बम राखिएको स्थान त अति जोखिम नै थियो । त्यो स्थान पारगरेर आउन सहज थिएन ! अहिले भर्खरै नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गर्यो । कठिन यात्रा पार गरेर हामी १ बजे हुनु पर्छ घटनास्थल आइपुगेका थियौं ब्याबसायी त्रिपाठिले सुनाए । बुद्धचितको बोटवरिपरी एक अंगालो भन्दा नि बढी लौरा , खुकुरिको दाप, डण्डी,गोलिको खोका, नपड्किएको गोलि सुरक्षाकर्मिले बरामत गरेका छन् । गोलिगठासहितको जमातसङ्ग निशस्त्र जति नै भए नि के लाग्छ भन्नू त ब्याबसायि त्रिपाठिको प्रश्न थियो । हामिले कुनै करकापमा लिएका थिएनौं बोट धनी अगाडि हुनुहुन्छ उचित मुल्य पाएरै दिनु भएको हो । बकाइदा गाउपालिकाको रोहवरमा कागज गरेर लिएका हौं । कुनै छल्छाम थिएन । दुस्ख लाग्छ ! नसोचेको घटना घट्यो । यसले ब्याबसाय प्रती बितृस्णा जगाएको छ भन्नू हुन्छ व्यावसायि त्रिपाठी ।

मालाको सुरक्षारार्थ रखिएका ११वटा सिसिक्यामरा मध्य ७ वटा क्यामरा र मनिटर समेत लगेका छन्न उहाँको भनाइ थियो । घटना स्थलमा भेटिएका इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरिक्षक धर्मजङ्ग लामाले अवरोध पन्छाउदै आउने क्रममा १,१५ मा घटनास्थलमा आइपुगेका थियौं । तर लुटेरा समुहले माला लिएर भागिसकेको दृश्य देखेको बताउनु भयो । जिल्लाबाट नेतृत्व गरेर घटनास्थलमा पुग्नु भएका डिएसपी कुमार बिक्रम थापाले घटना अनुसन्धानको दायरामा छ । घटनाको प्रकृति र स्थानियको भनाइ अनुसार ४०,५० जनाको समुहमा लुटेरा हुनसक्ने देखिन्छ । घटनास्थलबाट गोलिको खोका एक , नपड्किएको गोलि थान एक , अन्य घरेलु हतियार बरामद भएका छन भने ४ जना सख्त घाइतेलाई उपचारार्थ धुलिखेल अस्पताल पठाइएको जानकारी गराउनु भएको थियो ।

  • अज्ञात समुहद्वारा ५ करोडको बुद्धचितमाला डकैती शैलीमा लुटपाट
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

    निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

  • दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

    दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

  • प्रभातफेरी ई-पेपरथप

    २०८० कार्तिक ०६ गते

    २०८० कार्तिक ०६ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

    महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

    पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

    पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

    गोवर्धन पुजाको महत्व

    गोवर्धन पुजाको महत्व

    लक्ष्मीपूजाको महत्त्व

    लक्ष्मीपूजाको महत्त्व

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0