Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालको बजेट ९९ करोड ९४ लाख, अघिल्लो बर्षको नीति तथा कार्यक्रम सवै ओझेलमा

प्रभातफेरी अनलाइन ५८९१ पटक पढिएको प्रकाशित मिति: २०७७ श्रावण ६, मंगलबार (५ साल अघि)
पाँचखालको बजेट ९९ करोड ९४ लाख, अघिल्लो बर्षको नीति तथा कार्यक्रम सवै ओझेलमा

आइ.आर.के.मैनाली
पाँचखाल/“पाँचखाल नगर,कृषि शहर” भन्ने मुल नारा लिएर अगाडी बढेको पाँचखाल नगरको सातौ नगरसभा सम्पन्न भएको छ । भेलाबाट आगामि आर्थिक बर्ष ०७७।७८ को लागि ९९ करोड ९४ लाखको बजेट प्रस्तुत भएको छ ।

नगरसभामा नगरका प्रमुख महेश खरेलले आ.व ०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरका सम्पुर्ण जनप्रतिनीधि, कार्यपालिका सदस्यहरु साथै नगरवासिहरुको साथ र सहयोगले गर्दा सहज ढंगबाट बिकास निर्माणको कार्य गर्न सफल भएको बताउनु भयो ।

कार्यक्रममा नगर प्रमुख खरेलले नगरवासिहरुको सुझाव र सल्लाहको आधारमा हामी जनप्रतीनिधिहरु एक ढिक्का भएर निर्विवादित ढंगबाट अगाडी बढ्दा रचनात्मक कार्य गर्न सफल भएको बताउनु भयो । जन अपेक्षा अनुसारको धेरै कार्यहरु गर्न बाँकी छ , जुन कार्यको लागि जनप्रतीनिधिहरु एक जुट भएर अगाडी बढेको बताउनु भयो ।

जारी भएको वजेटले पाँचखालको हितमा कार्य हुने ठोकुवा गर्दै मदन भण्डारी बिश्वविद्यालय, काठमाडौ विश्वविद्यालयको शाखा पाँचखालमा संञ्चालन हुने हुंदा पाँचखालको मुहार फेरिने बताउनु भयो । पाँचखाल वासि,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नगरका सम्पुर्ण कर्मचारीहरु लगायतको योगदानले गर्दा महामारीको रुपमा फैलिएको कोरोनासंग लड्न सहज भएको बताउनु भयो । पाँचखालको हितको खातिर कुनैपनि दल नभएको बताउंदै पाँचखाल दलको आधारमा अत्यन्त सौहार्द ढंगबाट अगाडी बढेको बताउनु भयो ।

नगरपालिकाका उप मेयर लक्ष्मी दनुवारले सार्वजनिक गर्नु भएको बजेटमा कृषि, पशुपंक्षी लाई बिगत बर्षहरुको तुलनामा अत्यन्त राम्रो बजेट सार्वजनिक गर्नुभएको छ । त्यसैगरी बिकास निर्माणको लागि सम्पुर्ण वडाहरुमा कालो पत्रे सडक पु¥याउने बिषयलाई प्रमुख प्राथमिकता दिईएको छ ।

वडाहरुले ६५ लाखको सिलिङमा रहेर आ—आफ्नो वडाको विकास निर्माणको लागि बजेट विनियोजन गरिएको छ । नगरमा विनियोजन गर्ने बजेटमा निर्विवादित साथै सौहार्द पुर्ण तरिकाले नगरको हितको खातिर योजनाहरु ल्याउने बिषयमा लामो छलफल भएको थियो । नगरका सुभचिन्तक एवं विकासप्रेमिहरुको सुझावलाई मध्यनजर राख्दै कार्यपालिकाको निर्णय अनुसार बजेट विनियोजन भएको थियो ।

त्यसैगरी नगरसभामा वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडा, वडा नं ७ का वडा अध्यक्ष एवं विधेयक संयोजक पुष्कर ढकाल,वडा नं ८ का वडा अध्यक्ष एवं नगरका प्रबक्ता शंजय तामाङ लगाएतले आ—आफ्नो धारणा राख्नु भएको थियो । नगरमा धेरै विकास निर्माणको कार्य गर्नुपर्ने भएकोले घाटा वजेट विनियोजन भएको छ । अघिल्लो बर्षमा भएको घाटा बजेटले गर्दा सम्पन्न विकास निर्माणको भुक्तानि दिन नसकिएको अवस्थामा पुन घाटा बजेट विनियोजन हुंदा आगामी बर्ष बिकास बजेटको अवस्था खस्कने संभावना रहेको वडा अध्यक्ष हरिराम खतिवडाको तर्क थियो ।

अघिल्लो बर्षको नीति तथा कार्यक्रममा नगरप्रमुख खरेलले प्रस्तुत गर्नुभएको कार्यक्रम मध्यको एक वडा एक कालोपत्रे सडक बाहेकका अन्य नीति नियम ओझेलमा परेको छ । विगतमा सरकारी कार्यालयहरुमा अपाङ्ग मैत्रि बनाउने, पाँचखालमा सेभ हाउस सञ्चालन गर्ने, ३५ दिन भित्र व्यक्तिगत घटना दर्ता गराउनेलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, नगरमा एक वडा एक पोखरी अनिवार्य गर्ने भन्ने अभियानलाई बढाउंदै नगरको बिभिन्न स्थानहरुमा गरी १०८ पोखरी निर्माण गर्ने, विपद व्यवस्थापनको लागि कोषको व्यवस्था गर्ने, नगरमा रहेका विद्यालयहरुमा इन्टरनेटको माध्यमबाट पठन पाठनको व्यवस्था गर्ने, नगरमा रहेको ऐलानि तथा पर्ती जग्गाको खोजिगरी नगरको मातहतमा ल्याउने, नगरका सवै वडाहरुमा अनलाईनको व्यवस्था गर्ने लगायतको नीति तथा योजना सार्वजनिक गरेको थियो ।

०७६ असार ३० गते घोषणा गरेको नीति तथा कार्यक्रमहरु एक बर्ष सम्म कुनै (कार्यान्वयन) लागु हुन सकेन नीति नीयमको ठेलिमै सिमित भयो । ठिक एक बर्ष पछि ०७७ असार ३१ मा भएको नगरसभाले विगतको बर्षहरुमा तयार गरेको नीति नियमलाई ओझेलमा पार्दै पुन नीति नीयम जारी भयो । विगतलाई निरन्तरता दिन नसक्नु र बार्षिक रुपमा नयाँ नयाँ नीति नियम बन्नुलाई नगरवासिहरुले “डुंगा हिड्दैछ, पाईला मेट्दै छ ” को संज्ञा दिएका छन् । मेयर आफैले जारी गरेको नीति तथा कार्यक्रमलाई आफैले निरन्तरता दिन नसक्दा सातौ नगरसभामा पारित भएको नीति तथा कार्यक्रमको पनि कुनै औचित्य नभएको जनप्रतीनिधिहरुकै भनाई रहेको छ ।

जनप्रतीनिधिहरु निर्वाचित भएर सपथ लिएकै दिनको मन्तव्यमा भनिएको थियो—नगरमा रहेका सम्पुर्ण ऐलानि तथा पर्ति जग्गाको संरक्षण गर्ने, कसैले भोगचलन गरेको भए त्यसलाई नगरको मातहतमा ल्याएर सुरक्षीत गर्ने बताईएको थियो । सोही भनाईलाई अघिल्लो नगरसभासम्म नीति तथा कार्यक्रममा समेट्दै आएपनि सातौ नगरसभाबाट समेट्न समेत सकेको छैन ।

  • अघिल्लो बर्षको नीति तथा कार्यक्रम सवै ओझेलमा
  • पाँचखालको बजेट ९९ करोड ९४ लाख
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0