Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपालमा विपतका घाउमा मलमपट्टी लगाउने कोहि छ भने लायन्स क्लब छ ः रिजन चियर पर्सन–थापा, आजका बालबालिका भोलिका मुलुक निर्माता हुन् -जोन चियर पर्सन–श्रेष्ठ

प्रभातफेरी अनलाइन ७१०६ पटक पढिएको प्रकाशित मिति: २०७७ श्रावण १४, बुधबार (५ साल अघि)
नेपालमा विपतका घाउमा मलमपट्टी लगाउने कोहि छ भने लायन्स क्लब छ ः रिजन चियर पर्सन–थापा, आजका बालबालिका भोलिका मुलुक निर्माता हुन् -जोन चियर पर्सन–श्रेष्ठ

धुलिखेल/सामाजिक क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गर्न सफल अन्तर्राष्ट्रिय छवि प्राप्त लायन्स क्लबले नेपालमा पनि उत्कृष्ट भूमिका निर्वाह गर्दै आएको छ । सोही क्रममा गत हप्ता लायन्स क्लब अफ काभ्रे धुलिखेलको पद हस्तान्तरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रिजन चियर पर्सन एवं कार्यक्रमका प्रमुख अतिथि लायन भोला थापाले जब जब मुलुकमा प्राकृतिक विपत् आइपर्दछ, तब तब लायन्स क्लब ढाल बनेर समाजमा पुग्ने गरेको बताउनुभएको छ ।

हाम्रो मुलुकमा मात्र नभई विश्वमै सन्त्रासको रुपमा सिर्जना भएको कोभिड–१९ पश्चात् प्राकृतिक विपत्ले मुलुकले थला पारिरहेको छ । यो अवस्थामा संगठित भएर अगाडि बढ्नुको विकल्प नरहेको लायन थापाको कथन थियो ।

कार्यक्रममा विशिष्ट अतिथि एवं अर्का आकर्षक जोन चियर पर्सन प्रधुम्न श्रेष्ठको तर्क थियो– लायन्स क्लबले जति पनि सामाजिक सेवामा समर्पित हुँदै आएको छ, त्यसले मुलुकको समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको तथ्य उजागर गर्दै आजका बालबालिका भोलिका मुलुक निर्माता हुन् । त्यसैले लायन्स क्लबहरुले खेल्ने भूमिकाप्रति समाजका सचेत वर्गहरुको निगरानी रहेको हुन्छ । त्यसैले लायनहरुले पाइला चाल्दा गम्भीर रुपमा सोचेर मात्रै अगाडि बढ्नुपर्ने लायन श्रेष्ठको दाबी थियो । कोभिड–१९ पछि निम्तिएको प्राकृतिक विपत्ले नेपालीहरुमा थप पिडा दिएको छ । यो विपत्को घडिमा लायनहरुले आफ्नो र क्लबको पहिचान दिने दिन आएको खुलासा समेत लायन श्रेष्ठले व्यक्त गर्दै थप्नुहुन्छ– प्रत्येक लायन्स क्लबमा आबद्ध लायनहरुले एउटा न एउटा क्षेत्र छनौट गर्न जरुरी भइसकेको अवगत गराउनुभएको छ ।

लायन्स क्लबमा आबद्ध हुँदैमा मात्र दायित्व पूरा हुँदैन । तसर्थ, प्रत्येक लायनहरुले नीति, नियम र विधिअनुसार परिचालन हुन आवश्यक छ, तब मात्र लायन्स क्लब फस्टाउन सक्छ । लायन समाजको आँखाको नानी हुन सक्छ, उसले हेर्ने प्रत्येक तथ्यमा सकारात्मक गुणको आवश्यक हुन्छ, उसैको व्यवहारलाई समाजले पछ्याउने हुँदा प्रत्येक लायन संवेदनशील ढंगबाट अगाडि चल्नुको विकल्प छैन । लायन्स र लियो क्लब मिलेर समाजमा उत्कृष्ट नमूनायोग्य काम गरेर देखाउन सक्यौं भने मात्र लायन्स हुनसक्छ भन्नुभएको छ ।

सोही दिन जोन चियर पर्सन श्रेष्ठले जोन बैठकमा जिल्लामा भएका पाँचै वटा क्लबहरुको भावी योजना र राय लिनुभएको थियो । सो जोन बैठकमा प्रस्तुत विषयहरुलाई सम्बोधन गर्ने क्रममा जोन चियर पर्सन श्रेष्ठले संयुक्त रुपमा जान सकियो भने असम्भव भन्ने शब्दकोशमै नभएको समेत खुलासा गर्नुभएको थियो । जोन बैठकमा सहभागी लायन्स क्लब काठमाडौं इन्द्रेश्वर काभ्रेका अध्यक्ष लायन रामकुमार बस्नेत, लायन्स क्लब काठमाडौं टेम्पल पिस काभ्रेका अध्यक्ष लायन हरिशरण बस्नेत, लायन्स क्लब माँ चण्डेश्वरी काभ्रेका उपाध्यक्ष पुण्यवती घले, लायन्स क्लब अफ टेम्पल चण्डेश्वरी काभ्रे र लायन्स क्लब अफ धुलिखेल काभ्रेले आ–आफ्नो क्लबहरुका बारेमा रिपोर्टिङ गरेका थिए ।

सोही दिन भएको पद हस्तान्तरण कार्यक्रममा सन् २०२०/०२१ का लागि पद ग्रहण गर्दै लायन्स क्लब अफ धुलिखेल काभ्रेका अध्यक्ष लायन सन्तोष भुखजुले आफ्नो कार्यकालमा गरिने क्रियाकलाप बैठक समक्ष पेश गर्दै पूर्व अध्यक्ष लायन रामकुमार तखाछें प्रति स्वास्थ्य लाभको कामना सहित आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रमको समापन लायन श्रवणकुमार तखाछेंले गर्नुभएको थियो । उक्त पद हस्तान्तरण कार्यक्रममा काभ्रे जिल्लामा क्रियाशील ३२५ बि १ सँग आबद्ध ५ वटै क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

  • आजका बालबालिका भोलिका मुलुक निर्माता हुन् -जोन चियर पर्सन–श्रेष्ठ
  • नेपालमा विपतका घाउमा मलमपट्टी लगाउने कोहि छ भने लायन्स क्लब छ ः रिजन चियर पर्सन–थापा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0