Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दैनिक हजार स्वाब परीक्षण गर्न मिल्ने क्षमताको प्रयोगशालाको शुभारम्भ, जनतालाई संघीयताको महत्व महसुस गराउने छौं – मन्त्री दुलाल

प्रभातफेरी अनलाइन ७३५१ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ९, मंगलबार (५ साल अघि)
दैनिक हजार स्वाब परीक्षण गर्न मिल्ने क्षमताको प्रयोगशालाको शुभारम्भ, जनतालाई संघीयताको महत्व महसुस गराउने छौं – मन्त्री दुलाल

धुलिखेल/बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जनतालाई संघीयताको अनुभूति हुने किसिमका कार्यक्रम अन्तर्गत प्रादेशिक स्तरीय प्रयोगशालाको शुभारम्भ भएको बताउनुभएको छ ।

शनिबार धुलिखेलमा आयोजित कार्यक्रममा प्रादेशिक प्रयोगशालाको उद्घाटन गर्ने क्रममा उक्त भनाई राख्नुभएको हो । कोभिड–१९ का कारण मुलुक स्वाब परीक्षणका लागि भौतारिरहेको परिवेशमा यो प्रयोगशालाले अनुकरणीय योगदान पु¥याउने विश्वास मन्त्री दुलालले व्यक्त गर्नुभएको छ । यो क्षेत्रका लागि यो प्रयोगशाला एउटा ईंट्टा थप्न सफल भएको छ ।

बागमती प्रदेशका १३ वटै जिल्लाका नागरिकहरुका लागि चौबिसै घण्टा अनुकरणीय सुविधा पु¥याउने विश्वास मन्त्री दुलालले लिनुभएको छ । कोभिड–१९ को प्रकोपले महामारीझैं रुप लिएर फैलिएको अवस्थामा स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गरेर प्रदेश सरकारले कोरोना परीक्षण मेसिन खरिद गरेर प्रयोगशाला स्थापना गरेको मन्त्री दुलाले खुलासा समेत कार्यक्रममा गर्नुभयो । मध्य पहाडी जिल्लाहरु लगायतका जिल्लाहरुबाट संकलन भई आएको संक्रमितहरुको स्वाबलाई धुलिखेलमा स्थापना भएको प्रयोगशालामा परीक्षण गरेर कोभिड विरुद्धको अभियानमा एक फड्को पार गर्ने विश्वास लिएको बताउनुभएको छ । उक्त प्रयोगशालामा एक हजार संक्रमितहरुको स्वाब परीक्षण गर्ने क्षमता समेतको मेसिन जडान गर्न सफल भएकोमा प्रदेश सरकारको तर्फबाट मन्त्री दुलालले आभार समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मन्त्री दुलालले कोरोना भाइरस (कोभिड–१९) को स्वाब परिक्षणसँगै अन्य रोगहरुको पहिचान गर्न यो प्रयोगशाला निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । साथै अन्य सामान्य ल्याबहरुबाट परीक्षण र पहिचान गर्न नसकेका जटिल रोगहरु समेत यो प्रयोगशालामा परीक्षण हुन सक्ने ठोकुवा समेत मन्त्री दुलालले गर्नुभयो । सम्बोधनकै क्रममा प्रादेशिक प्रयोगशाला मात्र होइन, प्रदेश स्तरीय अस्पतालको पनि खाँचो छ । त्यसका लागि स्थानीय सरकारले सकारात्मक भूमिका निभाउनुभयो भने प्रदेश सरकार त्यसतर्फ पनि होस्टेमा हैंसे गर्न तयार रहेको पनि मन्त्री दुलालले खुलासा गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद लक्ष्मण लम्सालले बाग्मती प्रदेश सरकारले धुलिखेलमा प्रदेशस्तरीय जनस्वास्थ्य कार्यालय (प्रयोगशाला) स्थापना गर्न गरिएको निर्णयले साकार रुप पाएकोमा आम नागरिकहरुप्रति बधाई व्यक्त गर्नुभयो । प्रदेश सांसद रत्न ढकालको तर्क थियो– देशका मन्त्रालयपछिको मुख्य सेवा कार्यालयहरु स्थापनाको लागि काभ्रेबाट निर्वाचित प्रदेश सांसदहरुले निरन्तर रुपमा प्रदेश सरकारसँग आवाज उठाउने क्रममा यो सफलता मिलेकोे बताउनुभएको छ ।

धुलिखेल नगरपालिकाले प्रयोगशाला व्यवस्थापनका लागि चार वर्षका लागि भवन उपलब्ध गराएको छ भने चार वर्ष पछि नगरपालिकाले उपलब्ध गराउने जग्गामा प्रयोगशालाको भवन निर्माण हुने पनि कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
बागमती प्रदेश सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा स्थापना गर्ने तयारी गरे अनुरुप २४ सै घण्टा सेवा उपलब्ध हुने गरी प्रादेशिक प्रयोगशाला स्थापना गरिएको बताएका थिए । स्मरण रहोस्, प्रयोगशालाको सम्पूर्ण लागत प्रदेश सरकारले व्यहोरेको छ भने व्यवस्थापकीय जिम्मेवारी धुलिखेल नगरपालिकाले लिएको छ ।

  • जनतालाई संघीयताको महत्व महसुस गराउने छौं - मन्त्री दुलाल
  • दैनिक हजार स्वाब परीक्षण गर्न मिल्ने क्षमताको प्रयोगशालाको शुभारम्भ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0