Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दैनिक हजार स्वाब परीक्षण गर्न मिल्ने क्षमताको प्रयोगशालाको शुभारम्भ, जनतालाई संघीयताको महत्व महसुस गराउने छौं – मन्त्री दुलाल

प्रभातफेरी अनलाइन ६६४६ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ९, मंगलबार (२ साल अघि)
दैनिक हजार स्वाब परीक्षण गर्न मिल्ने क्षमताको प्रयोगशालाको शुभारम्भ, जनतालाई संघीयताको महत्व महसुस गराउने छौं – मन्त्री दुलाल

धुलिखेल/बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जनतालाई संघीयताको अनुभूति हुने किसिमका कार्यक्रम अन्तर्गत प्रादेशिक स्तरीय प्रयोगशालाको शुभारम्भ भएको बताउनुभएको छ ।

शनिबार धुलिखेलमा आयोजित कार्यक्रममा प्रादेशिक प्रयोगशालाको उद्घाटन गर्ने क्रममा उक्त भनाई राख्नुभएको हो । कोभिड–१९ का कारण मुलुक स्वाब परीक्षणका लागि भौतारिरहेको परिवेशमा यो प्रयोगशालाले अनुकरणीय योगदान पु¥याउने विश्वास मन्त्री दुलालले व्यक्त गर्नुभएको छ । यो क्षेत्रका लागि यो प्रयोगशाला एउटा ईंट्टा थप्न सफल भएको छ ।

बागमती प्रदेशका १३ वटै जिल्लाका नागरिकहरुका लागि चौबिसै घण्टा अनुकरणीय सुविधा पु¥याउने विश्वास मन्त्री दुलालले लिनुभएको छ । कोभिड–१९ को प्रकोपले महामारीझैं रुप लिएर फैलिएको अवस्थामा स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गरेर प्रदेश सरकारले कोरोना परीक्षण मेसिन खरिद गरेर प्रयोगशाला स्थापना गरेको मन्त्री दुलाले खुलासा समेत कार्यक्रममा गर्नुभयो । मध्य पहाडी जिल्लाहरु लगायतका जिल्लाहरुबाट संकलन भई आएको संक्रमितहरुको स्वाबलाई धुलिखेलमा स्थापना भएको प्रयोगशालामा परीक्षण गरेर कोभिड विरुद्धको अभियानमा एक फड्को पार गर्ने विश्वास लिएको बताउनुभएको छ । उक्त प्रयोगशालामा एक हजार संक्रमितहरुको स्वाब परीक्षण गर्ने क्षमता समेतको मेसिन जडान गर्न सफल भएकोमा प्रदेश सरकारको तर्फबाट मन्त्री दुलालले आभार समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मन्त्री दुलालले कोरोना भाइरस (कोभिड–१९) को स्वाब परिक्षणसँगै अन्य रोगहरुको पहिचान गर्न यो प्रयोगशाला निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । साथै अन्य सामान्य ल्याबहरुबाट परीक्षण र पहिचान गर्न नसकेका जटिल रोगहरु समेत यो प्रयोगशालामा परीक्षण हुन सक्ने ठोकुवा समेत मन्त्री दुलालले गर्नुभयो । सम्बोधनकै क्रममा प्रादेशिक प्रयोगशाला मात्र होइन, प्रदेश स्तरीय अस्पतालको पनि खाँचो छ । त्यसका लागि स्थानीय सरकारले सकारात्मक भूमिका निभाउनुभयो भने प्रदेश सरकार त्यसतर्फ पनि होस्टेमा हैंसे गर्न तयार रहेको पनि मन्त्री दुलालले खुलासा गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद लक्ष्मण लम्सालले बाग्मती प्रदेश सरकारले धुलिखेलमा प्रदेशस्तरीय जनस्वास्थ्य कार्यालय (प्रयोगशाला) स्थापना गर्न गरिएको निर्णयले साकार रुप पाएकोमा आम नागरिकहरुप्रति बधाई व्यक्त गर्नुभयो । प्रदेश सांसद रत्न ढकालको तर्क थियो– देशका मन्त्रालयपछिको मुख्य सेवा कार्यालयहरु स्थापनाको लागि काभ्रेबाट निर्वाचित प्रदेश सांसदहरुले निरन्तर रुपमा प्रदेश सरकारसँग आवाज उठाउने क्रममा यो सफलता मिलेकोे बताउनुभएको छ ।

धुलिखेल नगरपालिकाले प्रयोगशाला व्यवस्थापनका लागि चार वर्षका लागि भवन उपलब्ध गराएको छ भने चार वर्ष पछि नगरपालिकाले उपलब्ध गराउने जग्गामा प्रयोगशालाको भवन निर्माण हुने पनि कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
बागमती प्रदेश सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा स्थापना गर्ने तयारी गरे अनुरुप २४ सै घण्टा सेवा उपलब्ध हुने गरी प्रादेशिक प्रयोगशाला स्थापना गरिएको बताएका थिए । स्मरण रहोस्, प्रयोगशालाको सम्पूर्ण लागत प्रदेश सरकारले व्यहोरेको छ भने व्यवस्थापकीय जिम्मेवारी धुलिखेल नगरपालिकाले लिएको छ ।

  • जनतालाई संघीयताको महत्व महसुस गराउने छौं - मन्त्री दुलाल
  • दैनिक हजार स्वाब परीक्षण गर्न मिल्ने क्षमताको प्रयोगशालाको शुभारम्भ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

    निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

  • दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

    दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

  • हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

    हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0