Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पानीको पनि रोयल्टी पाउनुपर्छ- उपभोक्ता

प्रभातफेरी अनलाइन ७४९९ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ९, मंगलबार (५ साल अघि)
पानीको पनि रोयल्टी पाउनुपर्छ- उपभोक्ता

बिपशना शाक्य
पनौती/दोस्रो मेलम्ची आयोजना भनेर चिनिने काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाले आर्थिक रुपमा मेलम्चीकै स्वरुप धारणा गर्ने पक्कापक्की भएको उपभोक्ताहरुको भनाई छ ।

उपभोक्ताहरुको भनाई अनुसार खानीजन्य उत्पादनको रोयल्टी बुझाउनुपर्छ भने खानेपानीको पनि मुहानवाला पक्षलाई रोयल्टी छुट्याउनुपर्ने माग छ । यसरी आवाजहरु बुलन्द हुँदै आएका छन् । दुई वर्ष अघि नै सम्पन्न भई उपभोक्ताको घरघरमा पुग्नुपर्ने पानी यतिबेलासम्म कागजमा ९८ प्रतिशत काम सम्पन्न भएको देखाइएको छ । व्यवहारतः पनौती क्षेत्रमा धेरै पाइप लाइनका कामहरु बाँकी रहेको स्थानीय उपभोक्ताहरुको गुनासो छ । यो समाचार तयार पार्दासम्म पनौती नगरभित्र कम्तीमा पनि ३५ देखि ५० प्रतिशतसम्म पाइप लाइनको काम बाँकी रहेको उपभोक्ताहरुको निष्कर्ष छ ।

यता धुलिखेल नगरपालिकाले आफ्ना सबै वडाहरुमा पाइप लाइनदेखि ट्यांकीसम्मका कामहरु पूरा गरिसकेको छ भने बनेपाले करिब करिब पाइप लाइनको लागि अन्तिम अवस्थामा पु¥याएको उपभोक्ताहरुको दाबी छ । यदि यो अवस्थामा पानी सोझै वितरण गरिन्छ भने त्यो हाम्रा लागि पाच्य हुन्न भन्छन् स्थानीय उपभोक्ता श्यामकृष्ण श्रेष्ठ । उनी एक प्रतिनिधि पात्र मात्रै हुन् । उपभोक्ताहरुको समग्र प्रतिनिधि पात्रको रुपमा वहाँका वाक्यहरुलाई जस्ताको तस्तै राख्ने जमर्काे गरेको छौं । धुलिखेल नगरपालिकाले आफ्नो नगरवासीहरुको तथ्यांकमा फर्जी जनसंख्या खडा गरेर पेश गरेको वहाँको आरोप छ । सँगसँगै वितरण प्रणालीलाई समानुपातिक ढंगबाट जनगणनाको आधार बनाएर पानीको बाँडफाँड गर्नुपर्ने सम्पूर्ण उपभोक्ताहरुको आग्रह छ ।

त्यस्तै धुलिखेल, पनौती र बनेपा नगरीभित्र रहेका खानेपानीका स्रोतहरुलाई काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनामा मर्ज गर्नुपर्ने उपभोक्ताहरुको आग्रह छ भने खानेपानी बोर्डको नेतृत्व चक्रिय प्रणाली बमोजिम हुने प्रावधानको तत्काल कार्यान्वयन गर्न सरोकारवाला निकायसँग आग्रह गरिएको छ । आम उपभोक्ताले तिर्ने खानेपानी महसुलबाट मुहान संरक्षणका लागि कोषको व्यवस्था गरिनुपर्ने र उक्त कोष पारदर्शी ढंगबाट चल्नुपर्ने उपभोक्ताहरुको माग छ । साथै धुलिखेल खानेपानी तथा सरसफाई आयोजनाले मुहानतर्फको पाइप लाइनको मुखमा ठूलो पाइप राखी पानी ल्याउन लागेको भन्ने गाईंगुईं सुनिएको छ । यदि त्यस्तो हो भने तत्काल त्यस्ता गतिविधिहरु बन्द हुनुपर्ने उपभोक्ताहरुको माग छ ।

विविध पक्षहरुलाई अध्ययन गर्दा धुलिखेल नगरपालिकाले काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई आफ्नो अनुकुलतामा प्रयोग गरेको आम उपभोक्ताहरुको आरोप छ । यदि त्यस्तो हो भने हामी उपभोक्ताहरु त्यस किसिमको विभेद सहने पक्षमा छैनौं भन्छन् पनौतीका उपभोक्ता कृष्ण थापा । जुन किसिमबाट पानीमाथि राजनीति गरिएको छ, त्यसलाई स्वीकार्ने पक्षमा आफूहरु नरहेको उपभोक्ताहरुको चुनौती थियो । खानेपानीका सवालमा नीति विपरित तीनै वटा नगरभित्र बनाइएका डिप बोरिङ कार्यलाई तत्काल रोकी त्यस्तो कार्य गर्नेलाई कडाभन्दा कडा कारवाही हुन आवश्यक छ । यदि त्यस किसिमको कार्य गर्न आनाकानी गरिन्छ भने त्यसका विरुद्ध सशक्त आन्दोलन गर्न आफूहरु पछि नपर्ने पनौती सरोकार समाजका संयोजक विश्वेश्वर बञ्जाराले चुनौती दिएका छन् ।

उहाँका अनुसार स्थानीय जलाधर क्षेत्र संरक्षण, सिंचाईको वैकल्पिक व्यवस्था र पनौती जलविद्युत् आयोजनाको निरन्तर सञ्चालनको लागि पानीको उचित व्यवस्था गर्न चेक ड्यामहरुको निर्माण गर्नु आवश्यक छ । त्यसका लागि आयोजना गम्भीर हुनुपर्ने बञ्जाराको राय छ । समग्रमा उपभोक्ताहरुको मागअनुसार काम नभएको र फर्जी प्रतिवेदन पेश गरेर उपभोक्ताहरुको आँखामा छारो हाल्ने काम आयोजनाले गरेको भन्दै उपभोक्ताहरु उक्त क्रियाकलापको विरुद्ध खनिएको स्थलगत अध्ययनले देखाएको छ । स्थलगत अध्ययनको आधारमा तयार पारिएको ।

 

 

  • पानीको पनि रोयल्टी पाउनुपर्छ- उपभोक्ता
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0