Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कोरोना भाइरसले जडिबुटी संरक्षण गर्नमा युवालाई बनायो बाध्य ः अभियान्ता विष्ट

प्रभातफेरी अनलाइन ५६३८ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र २९, सोमबार (३ साल अघि)
कोरोना भाइरसले जडिबुटी संरक्षण गर्नमा युवालाई बनायो बाध्य ः अभियान्ता विष्ट

बनेपा/कोभिड–१९ ले सम्रग विश्व नै आक्रान्त बनिरहँदा नेपाली युवाहरुले आफ्नै वन पाखाका जडिबुटिहरुको खोजीलाई अगाडि मात्र बढाएनन् कि कोरोनाका विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने जनशक्तिलाई आफ्नो तर्फबाट सक्दो सहयोग पु¥याउन समर्पित भए । युवाहरुले कार्यस्थलमै पुगेर गुर्जाे (चिनी लहरो) बाँड्न तल्लीन भए ।
अभियानका अगुवा युवा मुक्ति विष्टको भनाइ छ– कोरोना हाम्रा लागि अभिशाप मात्र होइन, अवसर पनि सावित भएको छ । जसका कारण हाम्रै घरछेउमा रहेका लहराहरुको महत्व बुझ्ने अवसर प्राप्त ग¥यौं भने सँगै त्यसको बजारमूल्य पनि सिर्जना भएको छ । अब गुर्जाेको व्यवसायतर्फ युवाशक्तिको चासो बढ्नु स्वभाविक भएको छ । तसर्थ, पनि कोरोनालाई अभिशापको रुपमा मात्र नभई स्वयं आफैं जिउन सक्ने शक्तिको रुपमा लिनुपर्छ । यसले परनिर्भताको अन्त गरेको छ । जसबाट तमाम युवाहरुमा आत्मनिर्भर हुने चाहना बढेको विष्टको भनाइ छ ।
नेपालमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढिरहेका बेलामा बनेपाका युवाहरुले कोरोना भाइरस नियन्त्रणमा अग्रपंक्तिमा रहेर ख%9िने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायतलाई ठूलो परिमाणमा निःशुल्क गुर्जो वितरण अभियान चलाएका पनि हप्तौं बितिसक्यो । युवाहरुको ढुकढुकी विष्टले केही युवाको साथ लिएर यो अभियान सञ्चालन गरेका हुन् ।


विष्ट थप्छन्– गुर्जाे पाउने निकायबाट पाइएको स्याबासी, बधाई र धन्यवादले हामीमा आत्मबल निकै बढेको छ । जसले यो अभियानलाई थप उर्जा प्रदान गरेको छ । सोही क्रममा आवश्यकता पर्नेलाई पुनः दिने योजना पनि भएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार अभियानमा गुर्जो सङ्कलन तथा वितरणमा स्थानीय अन्य युवाहरु सरिक रहेको विष्टले खुलासा गर्नुभएको थियो ।
विष्टको नेतृत्वमा रहेको युवाहरुको टोलीले गत मंगलबार बल्खुस्थित बयोदा अस्पतालमा समेत ४० किलो गुर्जो प्रदान गरेको थियो । यो हप्ताभित्रै काभ्रे जिल्लाका केही महत्वपूर्ण निकायमा गुर्जाे पु¥याउने योजना भएको पनि विष्टले भेटमा बताउनुभयो ।
अभियान्ता विष्टका अनुसार विशेषगरी काभ्रेपलाञ्चोकमा आइसोलेशन सञ्चालन भएका निकायहरुमा रहेका संक्रमित माझमा गुर्जो पु¥याउने छौं । हाम्रो यो अभियान निरन्तर रुपमा चलिरहने छ । गुर्जाेको महत्व महसुस भएपश्चात् आयुर्वेदिकको क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुको सल्लाह अनुसार कुनै पनि संक्रमितहरु छुट्ने छैनन् । त्यसका लागि हामी युवाहरु दिन रात नभनी खट्नेछौं । अबको हाम्रो योजना काभ्रेका सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कोरोना नियन्त्रणमा खट्ने कर्मचारीसमेतलाई पु¥याउने लक्ष्य छ ।
पछिल्लो समय विश्वका समृद्ध राष्ट्रहरुले भ्याक्सिन उत्पादनमा प्रतिस्पर्धा गरिरहँदा नेपालमा भने आयुर्वेदिक क्षेत्रमा चासो राख्ने विज्ञहरुले आयुर्वेदिक औषधीको महत्व र यसको दीर्घकालिन प्रभावका बारेमा प्रष्ट्याउँदै आएका छन् । जसअनुसार गुर्जाेलाई आयूर्वेद चिकित्सकले प्रमाणित गरेर प्रयोग गर्न सिफारिस गरेको थियो । गुर्जो जडिबुडी सेवनले मानिसको प्रतिरक्षात्मक क्षमता मजबुत बनाई विभिन्न रोग तथा कोरोना भाइरस्बाटसमेत मुक्ति दिलाउने भएकाले कोरोना भाइरस् नियन्त्रणमा अग्रपंक्तिमा खट्ने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई निःशुल्क गुर्जो वितरण अभियान थालिएको विष्टले बताउनुभएको छ । अभियानको सुरुवातीमा गत भदौ १० गते जिल्ला प्रशासन कार्यालयमा पाँच बोरा गुर्जो वितरणबाट गरिएको र उक्त गुर्जो प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धान कार्यालयलाई वितरण गर्नेगरी प्रदान गरिएको थियो ।
तत्पश्चात् बनेपा नगरद्वारा सञ्चालित आइसोलेशनमा उपचारत कोरोना संक्रमितका लागि ५० किलो र साँगा प्रहरी पोष्टमा २५ किलो, बनेपाकै बाल अपाङ्ग अस्पतालमा ६० किलो, जनागालस्थित हंसदा योग आश्रममा ५० किलो, नेपाल प्रहरी स्कुल साँगामा ३५ किलो र धुलिखेल नगर कार्यालयमा ४० किलो, भैसेपार्टीस्थित स्पाइनल इन्जुरी अस्पताल (जहाँ स्वास्थ्यकर्मीलगायत १०५ सङ्क्रमित भएका थिए) मा ५० किलो, भक्तपुरको जगाती र दुवाकोट प्रहरी पोष्टमा ४० किलो वितरण गरिएको विष्टले जानकारी गराएका छन् । उहाँका अनुसार रुखमा बेरिएको लहरालाई निकालेर साना–साना टुक्रा पारेर वितरण गरिँदै आएको छ ।
अहिले यो युवा टोलीलाई बस्ती बस्तीबाट गुर्जो लिन आउन अनुरोध गरिएको विष्टले बताएका छन् । वितरण मात्र नभई गुर्जेको फाइदाबारे र गुर्जो खेतीबारे पनि सिकाउँदै आएको विष्टले बताउनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोक र भक्तपुरमा रहेका बाँकी प्रहरी कार्यालयमा गुर्जाे वितरण गरिने लक्ष्य रहेको बताएका छन् ।
आयुर्वेदिक चिकित्सकका अनुसार कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढिरहेका बेला हाल गुर्जो मात्राअनुसार तातोपानीमा उमालेर रस पिउने गर्दा कोरोना भाइरस निको हुने बताएका छन् । आयूर्वेद चिकित्सकका अनुसार गुर्जो अर्थात् चिनी लहरा सजिलोसँग विस्तार भई सर्ने पराश्रयी लता हो । यसका आँखालाहरुबाट जरा निस्किएर हावामा लहरिएका हुन्छन् ।
सेता थोप्ला भएको बोक्रा पातलो कागजजस्तो हुने गुर्जो उच्च रक्तचाप, शिरको गर्मी, पागलपन, कब्जियत, फोक्सोको क्षय, पत्थरी, मुत्ररोग, धातुरोग, कमलपित्त, दम, मधुमेह, पूरानो ज्वरो निको पार्न उपयोग गरिँदै आइएको छ । सुत्केरी महिलाबाहेक सबैले प्रयोग गर्न सकिने औषधीय गुणले परिपूर्ण तिक्त र टर्रो हुने गुर्जेाको लहरा मोटो र गुदीदार हुने पनि विज्ञहरुले बताएका छन् । उहाँहरुका अनुसार गुर्जाे यो समग्रमा सयौं रोगहरुको लागि अचूक औषधी मानिएको छ । अभियानले यस अघि बनेपा, धुलिखेल, पनौती नगरपालिका, सामुदायिक साकोस, एचआरडिसी लगायतका निकायहरुमा गुर्जाे वितरण गरिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

    निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

  • दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

    दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0