लकडाउन खोल्नु र बन्दले के अर्थ लाग्छ भन्ने विषयमा गहन बहस बिना नै प्रारम्भ गरिएको गतिविधिले नेपाली जनता यो गम्भीर मोडमा पुगेका छन् । यो अवस्थामा पुग्नुमा कोभिड–१९ मात्र दोषी छैन, छन् त राज्य सञ्चालनमा रहेका आफूलाई सारथी भन्न रुचाउनेहरु छन् । कोभिड–१९ त एक सूत्राधार माध्यम मात्र बन्न पुगेको हो । सार्क मुलुकहरुको अवस्थालाई अध्ययन गर्ने हो भने पनि यथार्थता बाहिर आउँछ । जसका कारण सरकारले १ सय ७५औं दिनमा आएर लकडाउनलाई खुकुलो पारेको छ । अझै भन्नुपर्दा अघोषित ढंगबाट लकडाउन खोलेको छ भन्दा फरक पर्दैन ।
यस किसिमको सरकारी निर्णयले नेपाली जनमा अझै समस्या सिर्जना हुनेछ । जसरी शुभारम्भ गरिएको थियो, त्यसैगरी नाटकीय ढंगबाट लकडाउन अन्त गर्ने रणनीतिमा सरकार पुगेको छ । सरकारको यो क्रियाकलापका बारेमा नेपाली जनता अब अनविज्ञ रहेनन् । जसका कारण निर्वाद रुपमा आफ्नो व्यवसाय हुनेहरु त व्यवसायमा लाग्छन् ! तर व्यवसाय नहुनेहरुका लागि अबका दिन अझै कष्टकर हुनेछन् । विशेष गरी विपन्न परिवारका लागि लकडाउन खुल्नु र बन्द हुनुले कुनै अर्थ राखेन ।
तसर्थ, सरकारले सुरुवाती दिनमा देखाएको राहतको नौटंकीको खाँचो अब भएको छ । यो ६ महिना ति विपन्न, निम्न आय भएकाहरुले कसरी जीविकोपार्जन गरे होलान् भनेर अध्ययन हुन जरुरी छ । यदि त्यसतर्फ सरकारको ध्यान जान सकेन भने गम्भीर समस्या आइलाग्न सक्छ । त्यसका लागि पूर्वाग्रह बिना स्थानीय निकायले ति विपन्न, निम्न वर्गहरुको लगत संकलन गरी कम्तीमा ३ महिनासम्मका लागि राहत प्याकेजको व्यवस्था गर्न आवश्यक छ । यदि यसो गर्न सकिएन भने अबको स्थिति भयावह हुनेछ । जसले भोकमरी, लुटपाट, चोरी, डैकती र आत्महत्याका घटनाहरु सिर्जना गर्नेछ । यि आइपर्ने समस्या र चुनौतीको सामना गर्न सरकार तम्तयार भएर बस्न जरुरी छ । होइन भने यसको समाधानका लागि आवश्यक पर्ने विधि, प्रक्रिया, सबैको तयारी गरेर अगाडि जानुको विकल्प अहिलेको अवस्थामा छैन ।
सरकारले सूक्ष्म अध्ययन गरी समस्याको समाधानमा लागोस् भन्ने ठहर हाम्रो छ । यदि यसो गर्न सकिएन भने यो मुलुकमा फेरि एकपटक विद्रोहको ज्वारभाटा उठ्न सक्छ । शान्ति, सुरक्षा, अमन, चयन खल्वलिन सक्छ । त्यसैले समयमै सावधानीपूर्व सरकारले विवेक प्रयोग गर्नेछ भन्ने निचोडमा हामी पुगेका छौं ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |