logo
२०८३ अषाढ ८, सोमबार |
📰
🔍

आफूलाई कम्युनिष्ट भन्न रुचाउँछौं भने वर्गीय सम्बन्ध जोड्न सिक

प्रभातफेरी अनलाइन४५८० पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन ६, मंगलबार(५ साल अघि)
Post Thumbnail

दुई तिहाइको नजिक रहेको आफूलाई कम्युनिष्ट सरकारको उपमा दिने सत्ता सञ्चालकहरुले कम्युनिष्ट आचारण सम्बन्धी कुनै पनि क्रियाकलाप नगर्दा ति मतदाताहरुलाई आघात पुग्नु नौलो कुरो होइन ।
यदि यो सरकार जनभावना अनुरुप चल्न चाहन्छ तर आफूसँग योजना छैन भने वर्गीय आचारण भएका मुलुकहरुसँग सम्बन्ध जोड्नु र सहकार्य गरेर अगाडि जाँदा के फरक पर्छ ? उदाहरणका लागि साम्राज्यवादी मुलुक अमेरिकासँग प्रतिस्पर्धा गरेर आफूलाई सबल र सक्षम राष्ट्रका रुपमा स्थापित हुन सफल भएको कम्युनिष्ट राज्यको रुपमा क्युवालाई लिन सकिन्छ । जुन राष्ट्र साम्राज्यवादीहरुको घेराबन्दीभित्र आफूलाई सशक्त रुपमा उभ्याइरहेको छ । भू–बनोटलाई हेर्ने हो भने नेपालभन्दा हजारौं गुणा पछि छ । नितान्त समुद्री तटबन्धनमै सीमित छ । उसको प्रकृति प्रदत्त भनेकै समुद्र हो । त्यही मुलुकलाई इतिहास र वर्तमान नियाल्ने हो भने समृद्धि खोज्न टाढा जानुपर्दैन । उसले झेलिरहेको संकटको दाँजोमा आफूलाई कम्युनिष्ट भन्न रुचाउने केपी ओलि सरकारले के व्यहोरेको छ ? क्युवाले ति संकटहरुबाट उन्मुक्ति प्राप्त गर्न खेलेको भूमिका, प्रयत्नहरु र हन्दरलाई अध्ययन गरेर गहन रुपमा लिने हो भने नेपालले समाजवादको यात्रा पार गर्न धेरै टाढा जानुपर्दैन ।
यो सरकारले व्यहोर्दै आएको संकटबाट मुक्त हुन आफूले निकास खोज्नुपर्छ । अरु कसैलाई दोष दिएर पन्छिन मिल्दैन । आज क्युवाले जनताको दैनिकी हेर्ने हो भने प्रतिदिन २६ सय क्यालोरी भएको खाद्यान्न, आधा केजी ताजा सागपात र ७१ प्रतिशत प्रोटिनयुक्त खाद्यान्न सरकारले नै उपलब्ध गराउँदछ । जसका कारण आफूलाई शक्तिशाली, समृद्ध राष्ट्रको रुपमा गणना गर्ने, अमेरिकामा भन्दा क्युवामा शिशु मृत्युदर नगन्य रुपमा छ । क्युवाली जनताको औसत आयु एकासी वर्षभन्दा माथि छ । सरकारले शिक्षा र स्वास्थ्यलाई पूरै निःशुल्क गरी आफ्नो दायित्वमा लिएको छ ।
यि नै आधारभूत जिम्मेवारी पूरा गर्न ओलि सरकार चुकेको छ । त्यसैले पनि यदि आफूलाई कम्युनिष्ट सरकार भन्न रुचाउँछौ भने वर्गीय नाता रहेका मुलुकबाट केही त सिक्ने प्रयत्न गर । होइन भने एमसीसी जस्ता राष्ट्रघात सम्झौता गर्दै जान्छौ भने जनताले पनि सहकार्यबाट पछि हट्नुको विकल्प छैन भन्ने ठम्याईमा हामी पुगेका छौं ।