Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शैक्षिक क्षेत्रलाई विधिमा जोड्ने प्रयत्न गर

प्रभातफेरी अनलाइन ५३२३ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन २७, मंगलबार (२ साल अघि)
Post Thumbnail

कोभिड–१९ का कारण विश्वकै शैक्षिक अवस्थामा उथलपुथल हुन पुगेको तथ्य विभिन्न माध्यमबाट सुन्न पाइएको छ । जसको प्रभाव नेपालको शैक्षिक क्षेत्रमा पनि परेको छ । त्यति मात्र होइन यसले नेपालको शैक्षिक क्षेत्रलाई दीर्घकालिन असर छोड्ने निश्चित छ ।
यो संवेदनशील अवस्थामा शिक्षासँग सरोकार राख्ने बौद्धिक विज्ञहरुले गम्भीर चिन्ता जाहेर गरेका छन् तर शैक्षिक क्षेत्रमा नीति निर्माणको जिम्मेवारी बहन गरेकाहरु जिम्मेवार भएको पाइएको छैन । यस किसिमको गतिविधिले यो मुलुकका भोलिका कर्णधारहरुको भविष्य अनिश्चित बन्दै छ भन्ने ठोकुवा गर्न सकिन्छ । पछिल्लो समय निजीस्तरबाट सञ्चालित शैक्षिक संस्थाका संस्थापकहरुले जुन हर्कत देखाए, त्यसले नेपालको शैक्षिक क्षेत्र कुन अवस्थामा छ भन्ने कुरा चर्चा गरिराख्नु नपर्ला । जति नै राज्यले नीति, निर्माणका कुरा गरेपनि विधिमा बाँधिन आग्रह गरेपनि लत्याउने प्रवृत्ति संस्थागत विद्यालयका सञ्चालकहरुले देखाएका छन् । जुन किसिमको प्रवृत्तिभित्र मौलाएको शिक्षाको व्यवसायले यो मुलुकमा कस्तो किसिमका शैक्षिक जनशक्ति उत्पादन होला भन्ने अड्कल गर्नसक्ने भएको छ । त्यसैले उनीहरुको आचारणका बारेमा अब बोलिराख्न नपर्ला ।
विश्व नै यो गम्भीर अवस्थामा पुगेको घडिमा संस्थागत विद्यालयका सञ्चालकहरुले देखाएको तुच्छ गतिविधिमाथि अंकुश नलगाउने हो भने नेपालको शिक्षा अब कुनै पनि मुलुकमा बिक्ला भन्ने कल्पना समेत गर्न सकिन्न । यसले बेरोजगार शैक्षिक जनशक्तिको खात लाग्ने संकेत गर्दछ । तसर्थ, यस विषयमा सरोकारवाला निकाय गम्भीर भएर सोही बमोजिमको नीति निर्माण गर्नुको विकल्प नभएको हाम्रो ठम्याई छ ।
यदि यस किसिमको गतिविधिबाट पाठ सिकेर अगाडि नबढ्ने हो भने भोलिका युवाहरु नैतिकहिन मात्र होइन, उनीहरुले सामाजिक वितण्डता ननिम्त्याउला भन्न सकिन्नँ । यो गम्भीर परिस्थितिसँग सामना गर्नसक्ने नीतिको खाँचो भएको छ । जसले उदण्डतालाई नियन्त्रणमा लिनसक्ने विधिको खाँचो महसुस गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सांसद विकास कोषलाई पारदर्शिता गर

  • Post Thumbnail

    सम्पत्ति छानविनको विकल्प छैन

  • Post Thumbnail

    उपनिर्वाचनले दिएको सन्देश

  • Post Thumbnail

    हावा हुरीको समयमा आगलागी हुनबाट जोगाऔं

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0