Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शान्ति, सुरक्षा र अमन चयनमा किन चुक्दैछ प्रहरी ?

प्रभातफेरी अनलाइन ६६६७ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक २१, शुक्रबार (५ साल अघि)
Post Thumbnail

समग्र देशकै कुरा गर्ने हो भने पछिल्लो समय प्रहरी आफ्नो दायित्वमा चुक्दै आएको भान भएको छ ।
चाहे कञ्चनपुर निर्मला पन्त घटना हुन् वा केही वर्ष अघि काभ्रेकै भैंसेपाटीस्थित संघीय प्रहरी कार्यालय अगाडि गर्दनमाथिको भाग मात्रको युवतीको टाउको मात्र रहेको घटना होस् या गत शनिबार अपांग बाल अस्पतालको नजिकै रहेको जंगलमा परिचय नखुलेको अधबैंसे व्यक्तिको विक्षिप्त अवस्थामा हत्या गरी फालिएको लास किन नहोस् । यि प्रतिनिधिमुलक घटनाका पात्र मात्र हुन सक्छन् । यस्ता घटनाहरु तर सार्वजनिक नभएका कति होलान् कति । यसका बारेमा लेखाजोखा गर्ने माध्यम सम्भवतः भेटिएको छैन । यस किमिसका घटनाक्रमले अपराधीहरुको मनोबल वृद्धि हुँदै गएको आँकलन गर्न सकिन्छ ।
यो अवस्थामा राष्ट्रको सिंगो शान्ति, सुरक्षा, अमन चयनको जिम्मेवारी बहन गरेको सुरक्षा निकाय नेपाल प्रहरी कहाँ चुक्यो ? खोजीको विषय भएको छ । यस्ता घटनाहरुले सर्वसाधारण सुरक्षित रहनसक्ने अवस्था कमै मात्र देखिन्छ । जब नागरिकले आफूलाई सुरक्षित महसुस गर्न सक्दैन, तब ऊ विचलित हुन पुग्छ । त्यसले निम्त्याउने गम्भीर प्रकृतिका घटनाहरुको जिम्मेवार कसले लिने ? यि यावत् अनुत्तरित प्रश्नहरु नेपाल प्रहरीका अगाडि एकपछि अर्काे गर्दै खनिन थालिएका छन् । यो अवस्थामा नेपाल प्रहरीले आफूलाई चुस्त दुरुस्त र समय सापेक्षित प्रविधियुक्त बनाउनु समयको माग हो तर पछिल्लो समय प्रहरी संगठनभित्र मौलाएको राजनीतिक खेलले अब्बल प्रहरीहरुको मनोबल गिर्दै गएको छ । जसलाई अवसरको रुपमा अपराधीहरुले प्रयोग गर्दै आइरहेका छन् । जसको कारण प्रहरी आफ्नो दायित्व, जिम्मेवारी र कर्तव्यप्रति चुक्न विवश भएको छ ।
यि सबै घटनाक्रमको पछाडि राजनीतिक रुपमा असक्षम रहेका व्यक्तिहरु नै जिम्मेवार छन् भन्दा फरक पर्दैन । जसका कारण मानवले मानवीय जीवन जिउनबाट बञ्चित हुनपर्ने अवस्था आएको छ । यस किसिमका घटनाक्रमबाट तपाईं हामी पनि सतर्क रहन जरुरी छ । यदि कतै यस्तै किसिमका घटनाक्रमहरु दोहोरिए भने त्यसको जिम्मेवार कसले बहन गर्ने ?
तसर्थ, हाम्रो निचोड छ, प्रहरी संगठनलाई राजनीतिक रंग नदिनु नै व्यवहारिक ठहरिन्छ । अन्यथा त्यो घृणित खेलले एकदिन तपाईं हामीलाई नै निशाना नबनाउला भन्न सकिन्न । अन्तमा फेरि पनि नेपाल प्रहरीको त्यो साख जीवन्त राख्नको लागि राजनीतिबाट माथि उठ्नुको विकल्प नभएको हाम्रो ठम्याई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0