Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आरोप प्रत्यारोपमा कुनै तुक छैन ः शाखा प्रमुख गुरुङ

प्रभातफेरी अनलाइन ४७५६ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक २५, मंगलबार (५ साल अघि)
आरोप प्रत्यारोपमा कुनै तुक छैन ः शाखा प्रमुख गुरुङ

बनेपा । नेपाल विद्युत् प्राधिकरणको ढिलासुस्ती र लापरवाहीले विकास निर्माणमा अवरोध हुनुका साथै विभिन्न किसिमका दुर्घटनाबाट जनधनको ठूलो क्षति भएको आरोप उपभोक्ताले लगाएका छन् ।

सरकारका महत्वकांक्षी योजनाहरु पनि प्राधिकरणकै कारण कति ओझेलमा परिरहेको तथ्य सार्वजनिक भएका छन् । जसको पछिल्लो उदाहरण बनेपा, पनौती, खोपासी मोटरबाटो स्तरोन्नतीमा हुन गएको ढिलासुस्ती एउटा उदाहरण भएको उपभोक्ताको आरोप छ । निर्माण व्यवसायीहरुले विद्युत् प्राधिकरणको ढिलासुस्तीलाई देखाउँदै आफूहरु जिम्मेवारीबाट पन्छिने गरेको उपभोक्ताहरु बताउँदछन् । समयमा निर्माण सम्पन्न हुन नसक्नुमा विद्युत् प्राधिकरण पनि केही हदसम्म जिम्मेवार भएको निर्माण कम्पनीको ठम्याई छ । निर्माण कम्पनीले लिएको जिम्मेवारीभन्दा बढि काम गरिसकेको छ । अझै पनि निर्माण कम्पनीकै कमी कमजोरी देख्नु न्यायसंगत नभएको निर्माण व्यवसायी उपेन्द्र घिसिङ बताउनुहुन्छ । हामीले मुलुक कोरोनाबाट संक्रमित अवस्थामा पुगिरहँदा पनि आफ्नो दायित्व भुलेनौं र त्यही अनुसार केही ढिला हुन पुग्यो तर जिम्मेवारी पूरा गरेका छौं भन्नुहुन्छ घिसिङ ।

यता उपभोक्ता निर्माण कम्पनीको अभिव्यक्तिसँग सहमत छैनन् । यदि काम सम्पन्न गरेको भए सडकको बिच बिचमा बिजुली पोलहरु छरप्रष्ट किन ? भनी प्रतिप्रश्न गर्न पछि पर्दैनन् । सो सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण काभ्रे शाखा प्रमुख इन्जिनियर रञ्जनराज गुरुङको कथन छ– सो सडक स्तरोन्नतीका क्रममा केही समस्याहरु छन् । ति भनेका अस्तव्यस्त अवस्थामा हुन पुगेका पोलहरुको सुधार गर्नुपर्ने हो । त्यो कार्य हामीले सूचना प्राप्त गरेपश्चात् नै कागजात तयार पारेर अगाडि बढाइसकेका छौं । सोही अनुसार माथिल्लो निकायबाट टेण्डरको प्रक्रियामा जानको लागि निर्देशन भइसकेको छ । यहि हप्ताभित्रै टेण्डरमा जाँदैछौं । जहाँसम्म उपभोक्ता निर्माण व्यवसायीहरुको सवाल छ, ति आरोपहरुमा कुनै तुक छैन । यहाँ चुकेको कुरो समन्वयको हो । जब निर्माण कम्पनीले टेण्डर प्राप्त गरिसकेपछि विद्युत् प्राधिकरणसँग समयमै समन्वय भएको भए यस किसिमका आरोपहरु आउने थिएनन् । यसो भनिरहँदा हामीबाट कुनै किसिमका कमी कमजोरी भएका छैनन् भन्ने पक्षमा पनि छैनौं । काम गर्ने क्रममा केही कमी कमजोरी हुन सक्छन्, त्यसलाई सुधार गरेर जानुपर्छ भन्नुहुन्छ कार्यालय प्रमुख ई. गुरुङ ।

यता बनेपा, पनौती, खोपासी सडकलाई प्रमुख आयोजनाको रुपमा राखेर अगाडि बढिरहेको पनौती नगरपालिकाले निर्माणका क्रममा आइपर्ने कुनै पनि समस्यालाई समाधान गर्न कटिबद्ध रुपमा लागिपरेको बताउनुहुन्छ नगर प्रमुख भिम न्यौपाने । उहाँका अनुसार केन्द्रीय सरकारले पछिल्लो समय आफ्नो दायित्वबाट यो सडकलाई हटाएपश्चात् यो सडकको अवस्था दयनीय हुन पुग्यो । त्यसैले हिजो राज्यको १ सय २२ औं सडकको रुपमा गन्तीमा रहेको यो सडक अहिले केन्द्रीय सरकारको कुनै पनि अभिलेखमा अभिलेखीकरण भएको पाइँदैन । जसको यो सडकमा हुन आउने खर्चहरु तल्लो निकायले गर्नुपर्ने अवस्था आएको छ । त्यसैले नगरपालिका र सांसदहरुको पहलमा केन्द्रीय सरकारको मातहतमा जोडिने गरी यस सडकको नामाकरण गरी मन्त्रालयमा बुझाउने काम भएको छ । जसको कारण अब बनेपा, पनौती मात्र नभएर बनेपा, पनौती, खोपासी सडकको नामबाट यो सडकको परिचय खुलेको छ । तत्पश्चात् संघीय सरकारको मापदण्डभित्र समेटिने प्रयासमा छ । छिट्टै मन्त्रालयस्तरबाट यस सडकलाई केन्द्रीय सरकारको मातहतमा रहने गरी निर्णय गर्ने कार्यमा मन्त्रालय लागिपरेको नगर प्रमुख न्यौपानेले बताउनुभएको छ ।

यी यावत् जिज्ञासाहरुको बिचमा उपभोक्ताहरु समस्या बनेपा, पनौती, खोपासी सडकको मात्र नभएर अन्य विकास निर्माणमा समेत प्राधिकरणको ढिलासुस्ती र अवरोधका कारण समस्या झेल्नुपरेको तथ्य भुल्न चाहँदैनन् । विद्युत् प्राधिकरणभित्र मौलाएको कमिशनतन्त्रले विद्युत् प्राधिकरणलाई उठ्न दिँदैन । जसको लागि कर्मचारी र ठेकदारको मिलेमतोमा सकेसम्म भोलि अप्ठ्यारो पर्ने गरी पोल गाड्ने र लाइन विस्तार गर्ने काम हुन्छ । जब समस्या हुन्छ, तब त्यसैलाई दुहुनो गाई बनाउन कर्मचारी पछि पर्दैनन् । यस्ता किसिमको संस्कार बोकेका कर्मचारीहरुको विस्थापन नगरेसम्म विद्युत् प्राधिकरण जनमुखी हुन सक्दैन भन्छन् उपभोक्ता । भन्नुपर्दा, अनियमितताको अर्काे रुप हो, विद्युत् प्राधिकरण । समस्याग्रस्त अवस्थामा रहेको विस्तारका कामहरु अगाडि बढाउन मन्त्रालयदेखि युनिटसम्मको सेटिङ्ग मिलाउनुपर्छ, नत्र समस्या सल्टिँदैन । यो भनेको तल्लोस्तरको कर्मचारीलाई समेत खाजापानीको व्यवस्था गर्नसक्ने हैसियत राख्नेले मात्रै सुधारको अपेक्षा राख्न सक्दछ । त्यसैले यस किसिमका संस्कार बोकेका कर्मचारीतन्त्रका अगाडि जनताले के नै अपेक्षा गर्न सक्छन् ? उपभोक्ताको गुनासो ।

जनताको आवश्यकताभन्दा पनि आफ्नो दुहुनो सोझाउने घृणित खेलमा प्राधिकरणका तल्लो तहका कर्मचारी तल्लीन छन् भन्छन् उपभोक्ता । पैसा छ, नियम छैन, पैसा छैन, नियम छ प्राधिकरणभित्रको मूल मर्म यहि हो । वर्षाैंदेखि अड्डा जमाएर बसेकाहरु हाकिमको निर्देशन मान्ने पक्षमा छैनन् । उनीहरुको तर्क छ– हिजो आएर आज आदेश दिँदैमा केही हुँदैन । यहाँको वस्तुस्थिति के थाहा छ ? त्यसलाई भनेर आलोचना गर्न पछि पर्दैनन् इकाई प्रमुखहरु भन्छन् उपभोक्ता ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0