Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दक्ष जनशक्तियुक्त गाउँपालिका हाम्रो चाहना ः अध्यक्ष लामा

प्रभातफेरी अनलाइन ७४१४ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक २५, मंगलबार (५ साल अघि)
दक्ष जनशक्तियुक्त गाउँपालिका हाम्रो चाहना ः अध्यक्ष लामा

सिर्जना तामाङ

कटुन्जेबेशी । दक्ष जनशक्ति उत्पादन गरी सक्षम गाउँपालिकाको रुपमा रोशी गाउँपालिकालाई स्थापित गर्ने जमर्काे सहित एक गाउँ एक अधिकृत, एक गाउँ एक इन्जिनियर अभियानलाई मूर्त रुप दिने जमर्काे सहित छनौट भएका प्रतियोगीहरुलाई आइतबार गाउँपालिका अध्यक्ष डिबी लामाले प्रोत्साहन रकम एक समारोहबीच हस्तान्तरण गर्नुभएको छ ।

आफ्नै गाउँपालिकामा दक्ष जनशक्ति उत्पादन गर्ने जमर्काे सहित क्षमता भएका तर आर्थिक अवस्था कमजोर रहेका जेहेन्दार विद्यार्थीहरुका लागि गाउँपालिका आशाको धरोहर बन्ने जमर्काेमा पुगेको छ । रोशी गाउँपालिका समग्र जिल्लाहरुको भू–बनावटलाई हेर्ने हो भने अत्यन्तै पिछडिएको गाउँपालिकाको रुपमा गनिन्छ । त्यसैले गाउँपालिकाले आफ्नो नीतिमा एक गाउँ एक अधिकृत र एक गाउँ एक इन्जिनियर उत्पादन गर्ने अभियान अन्तर्गत यो आर्थिक वर्षको प्रोत्साहन रकम वितरण गरेको बताउनुभएको छ ।

अध्यक्ष लामाका अनुसार एक गाउँ एक अधिकृत उत्पादन अन्तर्गत यो आ.व.मा वडा नं. १२ का विजय मोक्तान र इन्जिनियरतर्फ वडा नं. ११ का सन्तोष मैनालीलाई अध्ययन गर्नका लागि सहयोग स्वरुप ५०÷५० हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिएको थियो बताउनुभएको छ । गाउँपालिकाले सार्वजनिक सेवामा विपन्न तथा जेहेन्दार नागरिकको पहुँच पुगोस् भन्नाको खातिर सो योजना अगाडि सारेको बताउनुभएको छ । गाउँपालिकाले उक्त प्रयोजनका लागि छनौटका निश्चित मापदण्ड बनाएको छ । सो मापदण्डभित्र समेटिनेहरुले सो प्रोत्साहन रकम प्राप्त गरी दक्ष शिक्षा हासिल सक्नेछन् । उक्त शिक्षा प्राप्त पश्चात् गाउँपालिकामै रोजगारको व्यवस्था समेत गर्ने जमर्काे लिएको अध्यक्ष लामाको जिकिर थियो । विशेष गरी छनौटमा महत्वपूर्ण भूमिका रहने शिक्षा इकाईले आफ्नो जिम्मेवारीलाई नीतिसंगत ढंगबाट पूरा गरेको इकाई प्रमुख रामबहादुर तामाङले बताउनुभएको छ ।

तामाङका अनुसार अधिकृतका लागि फारम भरेको प्रवेशपत्रको प्रतिलिपि, शाखा अधिकृतको प्रारम्भिक परीक्षा उतिर्ण गरेको नतिजाको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि (सामुदायिक विद्यालयबाट एस.एल.सी.वा सो सरह) अध्ययन गरेको हुनुपर्ने, नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाबाट विपन्न भनी सिफारिस गरिएको व्यक्तित्वहरुबीचबाट छनौट प्रक्रिया अगाडि बढ्ने नीतिगत व्यवस्था अनुरुप हुँदै आएको बताउनुभएको छ । त्यस्तै एक गाउँ एक इन्जिनियरतर्फ इन्जिनियरिङ विषयमा प्रविणता–पत्र उतिर्ण गरेको, सामुदायिक क्याम्पसबाट स्नातक इन्जिनियरिङ भर्ना भएको प्रमाण पत्रको प्रतिलिपि लगायतका कागजातको आधारमा छनौट प्रक्रियामा गई विधिगत रुपमा प्रक्रिया पूरा गरेर छनौट भएको व्यक्तिहरुलाई सो रकम प्रोत्साहन स्वरुप प्रदान गरिने व्यवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0