Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थ्य क्षेत्रमा अनुकरणीय प्रयास ः अध्यक्ष कुँवर

प्रभातफेरी अनलाइन ८३७६ पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (५ साल अघि)
स्वास्थ्य क्षेत्रमा अनुकरणीय प्रयास ः अध्यक्ष कुँवर

भुम्लुटार । अहिलेसम्म स्वास्थ्य क्षेत्रमा पहुँच नपुगेका स्थानीय तहमा नेपाल सरकारको आधारभूत अस्पताल स्थापना गर्ने नीति अनुरुप सोमबार एकैपटक ३ सय ९६ वटा आधारभूत अस्पतालहरु शिलान्यास भएका छन् ।
नेपाल सरकारको ५८ अर्ब बजेट अनुमान गरिए अनुसार एउटै डिजाइनमा ति अस्पतालहरु स्वीकृत भई २ वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित शिलान्यास भएका छन् । क्रमशः ५, १० र १५ शैयाका ति अस्पतालहरुले स्वास्थ्यको क्षेत्रमा अनुकरणीय फड्को पार गर्ने भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले बताउनुभएको छ ।
सोमबार भुम्लु गाउँपालिकाको वडा नं. ८ भुम्लुटारमा भएको शिलान्यास कार्यक्रमका बारेमा जानकारी दिने क्रममा अध्यक्ष कुँवरले उक्त भनाइ राख्नुभएको हो । राज्यले जुन नीति लिएको छ, त्यसको कार्यान्वयन गर्नु स्थानीय तहको दायित्व पनि हो । उपचार नपाएर कुनाकन्दरामा मृत्युवरण गर्न बाध्य भएका नागरिकहरुका लागि सरकारको यो प्रयास महत्वपूर्ण छ । तसर्थ, यो अभियानलाई सफल पार्नु हामी स्थानीय सरकारको दायित्व र जिम्मेवारी पनि हो ।
भुम्लु गाउँपालिकावासीले अब उपचार नपाएर मर्नुपर्ने बाध्यता आउने छैन । आफ्नो कार्यकालमा उदाहरणीय कार्यमध्ये स्वास्थ्यको क्षेत्रमा जीवनभर स्मरणयोग्य काम गर्ने जमर्काे लिएको छु । त्यसका लागि गाउँपालिका परिवार एकमत भएर सघाउने विश्वास पनि रहेको अध्यक्ष कुँवरको तर्क थियो ।
स्थानीय विद्यालयले प्रदान गरेको ३ रोपनी जग्गामा सुविधा सम्पन्न भवन बन्ने गाउँपालिका स्वास्थ्य इकाई प्रमुख सुदर्शन भट्टराईले बताउनुभएको छ । जसबाट आफूले भोग्दै आएको समस्याबाट स्थानीय बासिन्दालाई राहत मिल्ने विश्वास रहेको भट्टराईको तर्क थियो । सरकारको आधारभूत अस्पताल निर्माण गर्ने नीति अनुरुप काभ्रे जिल्लामा ५ वटा आधारभूत अस्पतालका शिलान्यास भएका छन् । जस अनुरुप धुलिखेल नगरपालिकाले काभ्रे भञ्ज्याङ्गमा रहेको काभ्रे स्वास्थ्य चौकीको स्तरोन्नती गरी १५ शैयाको आधारभूत अस्पतालको सोमबार नै नगर प्रमुख अशोक ब्याञ्जूले शिलान्यास गर्नुभएको छ । त्यसैगरी खानीखोला गाउँपालिकाको तालढुंगा स्वास्थ्य चौकीको स्तरोन्नती गरी उक्त स्वास्थ्य चौकीलाई आधारभूत १० शैयाको अस्पतालको रुपमा निर्माण गर्ने लक्ष्य सहित शिलान्यास भएको छ भने महाभारत गाउँपालिकाको घर्तीछाप स्वास्थ्य चौकीको स्तरोन्नती गरी आधारभूत अस्पतालको रुपमा अगाडि लैजाने लक्ष्य सहित शिलान्यास भएको छ । त्यसैगरी रोशी गाउँपालिकाको खहरेपाँगु स्वास्थ्य चौकीको स्तरोन्नती गरी १० शैयाको रोशी अस्पतालको रुपमा शिलान्यास भएको छ ।
यसरी काभे्र जिल्लामा ५ वटा आधारभूत अस्पतालहरुले आफ्नो सेवाको शुभारम्भका लागि जग हालेका छन् । यसबाट काभ्रे जिल्लामा स्वास्थ्य सेवाको अभावले तड्पिएका जनहरुका लागि केही मात्रामा भएपनि मलमपट्टि लाग्ने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0