Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भूगोलकै प्रतिनिधित्व गर्दैछ रोशी ः अध्यक्ष डिबी

प्रभातफेरी अनलाइन ६४०९ पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (२ साल अघि)
भूगोलकै प्रतिनिधित्व गर्दैछ रोशी ः अध्यक्ष डिबी

सिर्जना तामाङ

कटुञ्जे । अस्थायी संरचनाको शुभारम्भ गरेको एक हप्ता नपुग्दै स्थायी संरचनाको शिलान्यास गर्न खहरेपाँगु आइपुगेका रोशी गाउँपालिकाका अध्यक्ष दिलबहादुर मोक्तान (डिबी लामा) ले उक्त भनाइ राख्नुभएको हो ।
एक हप्ता अगाडि कोभिड अस्पतालको शुभारम्भ गरिएको उक्त स्थानमा सोमबार स्थायी रोशी अस्पतालको नामाकरण दिएर शिलान्यास गर्न पाउँदा स्थानीय मात्र नभएर आफूमा समेत उर्जा चलायमान हुन पुगेको अध्यक्ष लामाको जिकिर थियो । रोशी अस्पताल भवन बन्ने भनेको यो क्षेत्रका जनताले समयमा सिटामोल पाउनु हो । यो रोशीको मात्र आवश्यकता थिएन, सिंगो भूगोलको आवश्यकता थियो । ठूलो संघर्ष पश्चात् यसले आज मूर्त रुप लिन आइपुगेको छ । यसलाई पूरा गर्ने दायित्व गाउँपालिका सँगसँगै यो भूगोलवासीको समेत रहेको अध्यक्ष लामाको तर्क थियो । हामीले यो अस्पताल यहाँ स्थापना गर्ने सवालमा निकै उतारचढाव झेल्यौं । राजनीतिक दल त्यो बेला मात्र सक्रिय हुन्छ, जतिबेला चुनाव हुन्छ । विकास निर्माणमा हामी जनप्रतिनिधि जनताका साझा सम्पत्ति हौं । यहाँ कुनै दल विशेषको अर्थ रहन्न, रहन्छ त समृद्ध रोशी निर्माणमा समर्पित हुने चाहना रहन्छ । त्यसैले नीतिसंगत ढंगबाट हेर्ने हो भने यो रोशी गाउँपालिकाको लागि व्यवहारिक नहुन सक्ला तर भूगोलको हिसाबले अत्यन्तै उपयुक्त स्थान रहेको स्मरण गराउनुभएको थियो ।
कार्यक्रममा रोशी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गणेश लामाको तर्क थियो– नागरिकहरुको स्वास्थ्यको अवस्था कस्तो भन्ने बारेमा अवगत गराइराख्नु पर्छ जस्तो लाग्दैन । यहाँ कति आमा, दिदीबहिनीहरुले सुत्केरी हुन नसकेर अकालमै ज्यान गुमाउनुपरेको उदाहरण हाम्रा अगाडि छर्लङ्ग छ । त्यसैले पनि यो अस्पताल निर्माण गर्ने दायित्व यस भूगोलका प्रत्येक नागरिकसँग जोडिन्छ । यस अस्पताल निर्माण पश्चात् रोशी गाउँपालिका लगायत बेथानचोक, महाभारत, खानीखोला गाउँपालिकाका हजारौं नागरिकहरुले लाभान्वित हुने अवसर प्राप्त गर्नेछन् । हाललाई गाउँपालिकाको स्वामित्वमा रहेको २५ रोपनी जग्गामा यस अस्पतालको स्वामित्व कायम गरी निर्माण अगाडि लगिनेछ ।
कार्यक्रममा उपप्रमुख लक्ष्मीकुमारी बर्ताैला, प्रमुख प्रशासकीय अधिकृत डमरु दाहाल लगायत वडा प्रतिनिधिहरुले अस्पतालको बारेमा चर्चा, परिचर्चा गर्नुभएको थियो । १० शैयाको अस्पतालको निर्माण लागत करिब एक करोड ८३ लाखमा गाउँपालिकाले जनाएको छ । विशेष गरी यो अस्पतालमा स्त्री रोग, सामान्य शल्यक्रिया लगायतको सुविधा स्थानीयले पाउनेछन् । कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष श्रीदास लामाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन गणेशबहादुर लामाले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

    निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

  • दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

    दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

  • हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

    हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0