Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उन्मादमा चुर्लुम्म दलहरु, जनता मारमा

प्रभातफेरी अनलाइन ४७०४ पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर २३, मंगलबार (५ साल अघि)
उन्मादमा चुर्लुम्म दलहरु, जनता मारमा

बनेपा । नेपाल र नेपाली जनताको हित हुने आशामा धेरै त्याग र वलिदानी समेतमा पछि नपरेका नेपाली जनताहरुको चाहना अझै पुर्ण हुन सकेन । शताब्दीऔं देखि मुलुकको मुहार फेर्ने मनसायका साथ जनताहरु निरन्तर रुपमा सकृय हुंदै आए तर अझै पनि “हात्ति आयो, हात्ति आयो फुस्सा” को अवस्था सृजना हुँदै आएको छ ।
राणाकालीन शासनको अन्त्य देखी राजतन्त्रलाई समाप्त गर्ने कार्यमा समेत निकै सकृय रहँदै गणतन्त्र उदयको लागि ठुलो भुमिका खेलेका नेपाली जनताले समृद्ध नेपाल निर्माण गरी नेपालको मुहार फेर्नको लागि ठुलो त्याग तपश्या गरे । सोही अनुसार २००७ सालमा प्रजातन्त्र ल्याउँदाको खुशी, २०१७ सालमा प्रजातन्त्र खोसिदाको पिडा, ०२३ सालमा भुमिसुधार लागु हुँदाको खुशी, २०३६ सालमा जनमत संग्रह हँुदाकोे असैह्य पिडा, ०४६ सालमा वहुदलीय व्यवस्था प्राप्ति गर्दाको खुशीयाली, ०५२ सालबाट सुरु भएको १० बर्षे जनयुद्धमा भएको वलिदानी, ०६२ सालमा १० बर्षे जनयुद्धको अन्त्य साथै शान्तिकालको स्थापनाको खुशीयाली साथै सोही आडमा जारी भएको जन–संविधान साथै राजनन्त्रको अन्त्यले गर्दा नेपाली जनतामा समृद्ध नेपाल निर्माण हुने आशा जागेको थियो ।
मुलुकमा लामो समय सम्म एकतन्त्री शासन चल्यो, सो समयमा नेपाली जनताको चाहना अनुसारको कार्य हुन सकेन, नेपाल र नेपालीको हित हुन सकेन । नेपाल र नेपालीको हितको खातिर नेपाली जनताले नेपालमा बहुदल प्राप्तीपछि पहिलो पटक नेपाली कांगे्रसलाई बहुमतको सरकार बनाउने बाटो खालिदिए । तर बहुमत हासिल गरेको उन्मातमा कांगे्रसको आन्तरिक विवादमा डुवुल्की मार्दा जन—चाहना अनुसारको कार्यहुन सकेन । त्यसभन्दा पछाडी लामो समयसम्म मिलिजुलिकै सरकारमा मुलुक चल्यो । २०७४ साल मंसिरमा सम्पन्न निर्वाचनमा नेपाली जनताले कम्युनिष्ट पार्टीलाई बहुमतको सरकार सञ्चालनको लागि बाटो खोलिदिए । सोही आधारमा २०७४ फागुन ३ गते केपी ओलिको नेतृत्वमा सरकार ठगन भयो । मुलुकमा बहुदल प्राप्ति पश्चात पहिलो पटक नेपाली कांगे्रसले सरकार संञ्चालन गर्ने अवसर पाउँदा जसरी उन्माद लागेर आन्तरिक बिवादले गर्दा मध्यावधि भयो, त्यसैगरी लामो समयपछि दोस्रो पटक बहुमतको सरकार सञ्चालन गर्ने अवसर पाएका कम्युनिष्टमा पनि उन्मादले गर्दा आन्तरिक चरम विवाद भएको छ । कम्युष्टि पार्टी भित्रको विवादले गर्दा नेपाली जनताहरु प्रत्येक्ष अप्रत्यक्ष रुपमा मारमा परेका छन् ।
कम्युनिष्टको नेतृत्वमा गठन भएको सरकारले जे—जस्ता कार्यहरु गर्दापनि प्रमुख प्रतिपक्षको भुमिका निर्वाह गर्दै गरेका नेपाली कांगे्रस पार्टीले कुनै चासो नदेखाइरहदा नेपाली जनताहरु “पर्ख र हेरको नीति” अपनाई रहेका छन् । प्रतीपक्षको भुमिका निर्वाह गर्दै गरेका कांगे्रसले पनि मुलुकको हितको खातिर सरकार पक्षलाई घच्घच्याई रहनुको बदलामा उनीहरु पनि पार्टीको आन्तरिक कचिङ्गलोमै चुर्लुम्म डुब्दा थप समस्या भएको छ । प्रतीपक्षमा रहेर सरकार सञ्चालन गर्ने पक्षलाई कुनै सकारात्मक सुझाव वा खबरदारी गर्ने कार्य नगर्दा सरकार पक्षले पनि प्रतीपक्षको कुनै वास्ता नगर्नु स्वभाविकै हो ।
कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुंमा गरेको अभद्र व्यवहार साथै गिरफ्तारी भएपछि प्रतिपक्षलाई बल्ल चेत खुल्यो । पार्टीको आन्तरिक विवादमा मात्रै रुमलिएका कांगे्रसलाई ढिलै भएपनि होस खुलेको छ । सोही कारण सरकारले गरेको गतिबिधिको बारेमा चासो दिँदै सत्तापक्षले प्रतिपक्षलाई पेल्न पाइन्न भन्दै विरोधका कार्यक्रमहरु तय गरेको छ । सरकार सञ्चालन पक्षविचमा भएको पार्टी आन्तरिक कचिङ्गलोको मौका छोप्दै राजावादीहरुले समेत आफ्नो गतिबिधिलाई अगाडी बढाएका छन् । राजावादीहरुको कार्यक्रमलाई दबाउने योजना बनाईरहेको अवस्थामा प्रतिपक्षको साथ पाउनुको बदला प्रतिपक्षले समेत विरोधका कार्यक्रम तय गरेपछि सरकारपक्ष राजावादीको अभियानप्रति लचिलो बन्न बाध्य भएका छन् ।
सरकार सञ्चालन पक्ष नेकपाको आन्तरिक टकरावले तिब्र गति लिँदै गर्दा राजाबादि र प्रतीपक्षको आन्दोलनले गर्दा केही होस खुलेको विश्लेषकहरुको भनाई रहेको छ । नेकपा प्रति धेरैतिरबाट आक्रामक हुन थालेपछि आन्तरिक विवादलाई मिलाउने तरखरमा जुटेका छन् नेकपा । त्यसैगरी नेपाली कांगे्रस भित्रको आन्तरिक कचिङ्गलो पनि केही हदमा मथ्थर भएको छ । नेकपाले गरेको व्यवहारप्रति सचेत हुंदै पार्टीको आन्तरिक विवादलाई मिलाउने तरखरमा जुटेका छन् कांगे्रस ।
त्यसैगरी ठुला दलहरुमा आन्तरिक कचिङ्गलो बढ्दै जानु र जसका कारण पार्टी कमजोर हुंदै गएको उदाहरणलाई नियाल्दै विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुने टुंगो लागेको छ । साझाका रवीन्द्र मिश्रलाई अध्यक्ष र विवेकशीलका मिलन पाण्डेलाई संयोजकको भूमिकामा राख्ने गरी सहमति भएपछि आज (बुधबार) एकीकरणको घोषणा गरिने भएको छ ।
अध्यक्ष र संयोजक दुवैलाई कार्यकारी भूमिका हुने गरी सहमति भएको जानकारी प्राप्त भएको छ । सहमतिकै आधारमा ६ महिनाभित्र एकता महाधिवेशन गर्ने समेत टुंगो लागेको छ । साझासँग पार्टी एकीकरणको प्रक्रिया सुरु भएपछि विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित १३ जनाले असन्तुष्टि जनाउँदै एकता प्रक्रियामा सहभागी नहुने जनाएका थिए । उनीहरुले १८ मंसिरमा प्रेस विज्ञप्ति समेत जारी गर्दै तत्काल एकता गर्न उपयुक्त समय नभएको बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0