Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

घरघरमै राडी पाखिको उत्पादन, वार्षिक दशलाख सम्म कमाई

प्रभातफेरी अनलाइन ७१०५ पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर ३०, मंगलबार (५ साल अघि)
घरघरमै राडी पाखिको उत्पादन, वार्षिक दशलाख सम्म कमाई

पाँचखाल । शुभ—अशुभ कार्यको लागि सुन जतिकै चोखो मानिने राडी—पाखीको उत्पादन घरघरमै हुन्छ । स्वोरोजगार उद्योगको रुपमा सञ्चालन गरीने उक्त व्यवसायबाट कम्तिमा बार्षिक दुईलाख आम्दानि हुन्छ ।
हिन्दु संस्कारको लागि अति आवश्यक राडी र जाडो मौसममा हिमालि बस्तिहरुमा चिसोबाट बच्नको लागि प्रयोगमा ल्याईने पाखि र वख्खु सिन्धुपाल्चोक, दोलखा लगाएतको स्थानमा घरघरमै उत्पादन हुन्छ ।
घरमै पालेको भेडाको उनबाट तयार गरिने राडी—पाखी र बख्खु बनाउनको लागि गृहणी महिलाहरु सक्षम हुन्छन् । ठोसे, भारिबोका, नाकाट र पेटोको सहायताले घरमा रहेका महिलाहरुले उक्त सामाग्री तयार गर्छन । राडी—पाखी र बख्खु तयारको लागि आवश्यक उनको व्यवस्था र धागो तयार गर्ने कार्य पुरुषहरुले गर्ने गर्छन भने बुन्ने काममा महिलाहरु निपुण हुन्छन् ।
महिलाहरुले घरमै बसेर तयार गरेको सामाग्रीहरु चिसोयाममा पुरुषहरुले गाउँगाउँमा डुलाएर बेच्ने गर्छन् । चारपाटे राडी घरघरमा पुर्याएर तीनहजार सम्ममा बेच्ने गरेको पाईन्छ भने बख्खु प्रतिथान चार हजारमा बेच्ने गरेको पाईन्छ । स्वदेशमै घरेलु प्रबिधिबाट उत्दामन साथै नेपालको पहिचानको लागि नेपालीहरुको प्रत्तेक घरमा १ थान देखी ५ थान सम्म राडी राख्ने गरेको पाईन्छ ।
सानो परिवारले घरैमा बसेर चलाईको घरेलु उद्योगबाट बार्षिक दुईलाख सम्म कमाई गरेको पाईन्छ भने ठुलो परिवारले बार्षिक १० लाख सम्म सजिलै कमाउने राडी व्यवसायिहरुको भनाई रहेको छ । व्यसायिहरुले थोकमा बेच्ने भन्दा घरघरमै डुलाएर बेच्न रुचाउछन् । बर्षभरि तयार गरेको सामाग्रीहरु हिउंदोमा डुलाएर बेच्दा थोकमा बेच्नु भन्दा बडी आम्दानी हुनाको साथै गाउँ डुल्नुको मज्जानै अर्के रहेको व्यवसायिहरुको तर्क रहेको छ ।
पछिल्लो समयमा आएर साना परिवारहरुले भेडा पालेर उन उत्पादन गर्नु भन्दा उन किनेर उद्योग संञ्चालन गर्नेतिर आबर्षण भएका छन् । सानो परिवारले भेडा पालन गर्दा भेडाको स्याहार सुसार साथै उन उत्पादनमा समय खर्चिनु पर्दा उद्योग सञ्चालन गर्न ससम नपुग्ने भएकोले उन किनेर उद्योग संञ्चालन गर्ने गरेको व्यवसायि भिम गुरुङ्ग बताउनु हुन्छ ।
सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी भाङपाल गाउँपालिका वडा नं ८ बस्ने व्यवसायि भिम गुरुङका अनुसार पुरख्यौली पेशाले परिवार पाल्न सहज भएको छ । पहिला संयुक्त परिवार हुंदा भेडा पाल्ने, उन उत्पादन गर्ने र घरैमा उद्योग चलाउने गरिने गरेको बताउनु हुन्छ । तर पछिल्लो समयमा आएर एकल परिवार (सानो परिवार) भएकोले भेडा पाल्न छाडेर उद्योग मात्रै चलाएका छौं । भेडा पालेर उन बेच्दा महिलाहरु बेरोजगार हुने भएकोले उन किनेर व्यसाय गर्ने गरेको गुरुङको तर्क रहेको छ ।
व्यवसायी गुरुङ भन्नुहुन्छ “परिवारलाई घरमा एक्लै छोडेर खाडि मुलुकमा गएर पसिना बगाउनु भन्दा घरमै परिवारको साथमा रहेर आफ्नो पुर्खाले गरेको काम गरेर दाम कमाउनु छुट्टै आनन्द आउंछ ।” हामी सानो परिवारले फुर्सदमा घरमा बसेर थोरै काम गर्दा पनि सजिलैसंग बर्षमा दुई लाख कमाई हुन्छ गुरुङको तर्क थियो । उहाँ भन्नुहुन्छ हामी गुणस्तरीय सामान तयार गर्छौ, जसको कारण एक पटक माहीसंग राडी पाखि किन्नेहरुले पुन किन्नु पर्दा हामीलाई पर्खिरहन्छन्, त्यो नै हाम्रो लागि ठुलो उपलब्धी हो ।
नेपाल र नेपालिको पहिचान राख्नको लागि हामी पुर्खाले देखाएको बाटो नविराई निरन्तर लागि रहंदा हामीलाई गाउँगाउँमा धेरै मायाँ गर्छन् । मेरो अर्को पुस्ताले पनि योपेसालाई निरन्तरता दिन्छन् । गाउँगाउँमा राडीको भारी बोकेर हिड्दा माहीलाई गरेको मायाले गर्दापनि यो नेपालको पहिचानको लागि गर्दै आएको पेसालाई छाड्नै सक्दैनौ गुरुङले बताउनु भयो ।
राडी—पाखी व्यसायिहरुको भनाई सुन्दा जिवन धान्नको लागि खाडि मुलुकमा गएर आफ्नो जिवनलाई जोखिममा राखेर परिवारसंग टाडा रहेर अपमानित सहेर रोजगारीको लागि प्लेन चड्नु भन्दा आफ्नै देशको माटोमा पसिना बगाउन उचित भन्ने प्रस्टिन्छ । सवै नेपालीहरुले राडी—पाखी व्यवसायिहरुको जस्तै सोच विदेशिका युवाहरुले राख्नेहो भने समृद्ध नेपाल निर्माणको लागि सहज हुने देखिन्छ कोही पनि नेपाली बेरोजगार रहनु पर्ने रहन्न ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0