Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शिक्षण सिकाईमा नाङ्शाल यर्थाथमै दीप नै बनेको छ ः शिक्षक लामा

प्रभातफेरी अनलाइन ६३६९ पटक पढिएको प्रकाशित मिति: २०७७ पौष ८, बुधबार (२ साल अघि)
शिक्षण सिकाईमा नाङ्शाल यर्थाथमै दीप नै बनेको छ ः शिक्षक लामा

पिपलचौर नमोबुद्ध । प्रारम्भिक बाल्यावस्था मानव जीवनकै जग निर्माण हुने अत्यन्तै संवेदनशील र महत्वपूर्ण उमेर हो । अध्ययन अनुसार ८० प्रतिशत बौद्धिक विकास र ९० प्रतिशत मष्तिष्क निर्माण हुने प्रारम्भिक बाल्यावस्थामै हो । प्रारम्भिक उमेरमा सिकेका र अनुभव गरेका आधारभूत ज्ञान, सीप, व्यवहार र बानीहरु नै भावी शिक्षाका साथै दैनिक जीवनको मेरुदण्ड हुने गर्दछ । यस उमेरका बालबालिकाहरुको सर्वाङ्गीण विकास र सिक्ने अवसर उपलब्ध गराउनका लागि जुन किसिमको एकीकृत व्यवस्थापन सहित दक्ष जनशक्ति निर्माणमा नाङ्शाल एशोसियशनले खेलेको भूमिका अनुकरणीय छ ।


राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत नमोबुद्ध नगरपालिकामा सञ्चालित यि योजनाहरुको अनुगमन गर्ने क्रममा भिमेश्वर आधारभूत विद्यालयका शिक्षक धनमाया लामाका यि अभिव्यक्तिले शिक्षण सिकाइमा जस्तो नाम उस्तै काम गरेको नाङ्शालले भन्ने बुझाउँछ ।
सेतोपाटीमा छापा अक्षरले जो कोहिलाई लोभ्याउने हाउभाउ सहित कक्षाकोठा सजिएको देख्दा अनुगमनमा सहभागी सबैको मन खिचेको थियो । तिनै अक्षर हेरेर त्यहाँ कस्तो पढाइ हुन्छ भन्ने सहजै अड्कल गर्न टाढा जानुपर्ने थिएन । पछिल्लो समय नाङ्शालले जुन अभियान सञ्चालन गरेको छ, त्यसले जिल्लाका कुनाकन्दराका विद्यालयमा आमूल परिवर्तन भएको सहजै त्यहाँ पुग्ने जो कोहिले पनि अनुमान गर्न सक्छन् । हाम्रो विद्यालयमा पनि २ जना शिक्षकहरुलाई प्रारम्भिक कक्षा पढाइ सम्बन्धी विशेष तालिम दिएर अब्बल शिक्षकको रुपमा स्थापित गराउनुभएको छ । जसले शिक्षण सिकाइमा अनुकरणीय फड्को पार गरेको म लगायत विद्यालय परिवारले मनन गरेको छ भन्नुहुन्छ शिक्षक लामा ।


नाजुक र सुविधाहिन बालबालिकाहरुको निम्ति प्रारम्भिक कक्षा पढाइ तालिमले बालबालिकामा गुणस्तरीय सिकाइ प्राप्त भएको छ भने विद्यालय शिक्षाको आधारशीला सावित भएको छ । यो अभियानले यर्थाथमै शिक्षण सिकाइमा आमूल परिवर्तन ल्याएको शिक्षक लामाको थप कथन छ । त्यसैगरी जनता आधारभूत विद्यालय दल्सिङ्गे भागवतेका शिक्षक मदन खनालको पनि अभिव्यक्ति धनमाया लामाकै जस्तै छ । नाङ्शालले शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पु¥याएको हामीले पाएका छौं । शिक्षकहरुलाई दक्ष बनाउने उद्देश्यसहित दिइएको तालिम भन्नुस् या स्कूललाई आवश्यक पर्ने शैक्षिक सामग्री, रेडियो कक्षा होस् या कोभिडका कारण आइसोलेसनका रुपमा परिणत भएका विद्यालयहरुको निर्मलीकरणका सवालमा सम्बोधन गर्ने हामीजस्तो शिक्षासँग सरोकार राख्ने व्यक्तिसँग कुनै शब्द छैन भन्दा फरक पर्दैन । नाङ्शालकै जस्तो अन्य गैससहरुले समाजमा आफूलाई अगाडि सार्ने हो भने सामुदायिक विद्यालयको प्रतिष्ठाले यर्थाथमै काँचुली मात्र फेर्दैन, शिक्षाको क्षेत्रमा सगरमाथा चुम्ने हैसियत कायम गर्छ । यहाँहरुले स्थलगत रुपमै देख्नुभएको छ । शैक्षिक सामग्री, कार्पेट, म्याट र आवश्यक पर्ने अन्य व्यवस्थापकीय सामानहरुका साथमा हात धुने सामग्री लगायतका सरसफाइ सामग्रीहरुको उचित व्यवस्थापन र अनुगमनले चुस्त दुरुस्त बनाएको छ । जसका कारण विद्यार्थी मात्र नभई अभिभावकलाई समेत नाङ्शालको योजना परेका विद्यालयहरुमा आकर्षित गरेको छ । यसबाट नाङ्शालको शिक्षा क्षेत्रमा कतिको लगानी छ, कस्तो लगानी छ भनिराख्नु नपर्ला भन्नुहुन्छ शिक्षक खनाल ।


झट्ट हेर्दा सुविधा सम्पन्न सांगितिक पाठशालाकै झझल्को मेट्ने व्यवस्थापन र शिक्षकहरुको प्रस्तुतीले जो कोहि पनि एकपटक टक्क अडिन बाध्य हुन्छ । कति राम्रो व्यवस्थापन र प्रस्तुती । जसले बाल मष्तिष्कलाई सहजै आकर्षित गर्ने क्षमता त्यो कक्षाकोठाले राख्दछ भने संस्थागत विद्यालयको लागि यो अभियान दर्शन ढुंगा हुनु नौलो भएन भन्नुहुन्छ नमोबुद्ध नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव जनार्दन रिजाल । सामुदायिक विद्यालयलाई यर्थाथमै स्थापित गर्ने हो भने सरोकारवाला निकायले नाङ्शालबाट धेरै कुराहरु सिक्नुपर्ने मैले देखेको छु भन्नुहुन्छ शिक्षा शाखा प्रमुख रिजाल ।
यता नाङ्शाल एशोसियसनका कार्यक्रम संयोजक ललिता तामाङको कथन छ– समृद्ध मुलुकको एउटा महत्वपूर्ण आधार भनेकै दक्ष र गुणस्तरयुक्त जनशक्ति हो । त्यसको प्राप्ति गर्नका लागि नाङ्शालले हिजोदेखि नै आफूलाई समाज रुपान्तरणमा समर्पित गर्दै आएको छ । त्यसैको एउटा पाटो हो, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम । यो अभियानले शुद्ध पढ्न, पढेका कुरा राम्ररी बुझ्न, बुझेका कुरालाई मौखिक र लिखित रुपमा अभिव्यक्तिमार्फत् अरु समक्ष पु¥याउनका लागि पढाई सीपको विकास हुनुपर्छ । यसको सुरुवात तल्लो तहबाट बुझेर पढ्ने र पढेर बुझ्ने, सिक्ने क्षमता विकास गराउने ध्येय नै प्रारम्भिक कक्षाको मुख्य उद्देश्य हो । विद्यार्थीको सिकाइमा केन्द्रित रही शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यसहित कक्षा १ देखि कक्षा ३ सम्म अध्यापन गराउने शिक्षकहरुका लागि नाङ्शालले यो अभियान चलाएको हो । सम्पूर्ण बालबालिकाको पढाइ सीप सुधार गर्नु रहेको संयोजक तामाङको कथन थियो । यो अभियानले भाषाको क्षेत्रमा जुन समस्याहरु देखिएका छन्, त्यसको अन्त्य गर्नेछ र बालबालिकाहरुलाई भाषाको सवालमा अब्बल बनाउने छ भन्ने तथ्य व्यवहारिक रुपमै छोटो अवधिमा पुष्टि भइसकेको संयोजक तामाङले खुलासा गर्नुभएको छ । उहाँको भनाइ अनुसार हाललाई यो अभियान नमोबुद्ध नगरपालिकाको १५ वटा विद्यालयहरुमा सञ्चालन हुँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

    निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

  • दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

    दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

  • हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

    हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0