Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ज्ञान बिना कुनै कुरा पनि सफल हुन सम्भव छैन ः डिष्ट्रिक एजुकेशन चिफ पाण्डे

प्रभातफेरी अनलाइन ४८१६ पटक पढिएको प्रकाशित मिति: २०७७ पौष १२, आईतबार (५ साल अघि)
ज्ञान बिना कुनै कुरा पनि सफल हुन सम्भव छैन ः डिष्ट्रिक एजुकेशन चिफ पाण्डे

बनेपा । कुनै पनि व्यक्ति सफल हुन शैक्षिक ज्ञान र चेतनाको आवश्यक पर्दछ । जुन विषयवस्तुलाई लायनहरुले महत्वपूर्ण रुपमा लिनुपर्दछ । त्यसले मात्र सामाजिक क्षेत्रमा सफल हुन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पढाइ अभियानका प्रमुख (डिष्ट्रिक (३२५बि१) एजुकेशन चिफ) पार्वती खरेल पाण्डेको तर्क थियो ।
कुनै पनि लायन्स क्लबहरु समाजका रुपान्तरणका बाहक हुन् । उनीहरुले समाजलाई सही मार्ग निर्देशन गर्दछन् भन्ने विश्वास समाजमा मौलाएको छ । त्यसका लागि लायनहरु अत्यन्तै गम्भीर हुन आवश्यक रहेको डिष्ट्रिक एजुकेशन चिफ पाण्डेको कथन थियो ।

कामको मूल्यांकन हुन सकेन भने लायनहरुमा वितृष्णा पैदा हुन सक्छ ः प्रेसिडेण्ट बस्नेत

ह्याण्ड ओभर कार्यक्रमलाई आफ्ना सागर्भिक अभिव्यक्तिसहित सम्बोधन गर्ने क्रममा लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरका संस्थापक प्रेसिडेण्ट रामकुमार बस्नेतले डिष्ट्रिक (३२५बि१) ले पछिल्लो समय मुख हेरेर मूल्यांकन गर्ने संस्कार बसालेको हो कि भन्ने आभाष आफूलाई भएको बताउनुभएको छ ।


कार्यक्रममा यदि त्यस्तो किसिमको गतिविधि मौलाउँदै जाने हो भने गम्भीर समस्या सिर्जना हुने आफूले देखेको बताउनुहुँदै कामको मूल्यांकन राम्रोसँग हुन सकेन भने लायन सदस्यहरुमा वितृष्णा पैदा हुने चुनौती रहेको बताउनुभएको छ । लायन्स क्लबहरु जिम्मेवार बन्न लायन्स प्रकाशनको अध्ययन आजको आवश्यकता भएको छ । त्यसबाट लायन्स क्लबको अर्थ, महत्व र लायनहरुको जिम्मेवारी बोध गराउने एउटा अश्र प्रकाशन पनि हो । त्यसको अध्ययन गर्नु प्रत्येक लायनहरुको कर्तव्य हुन आउँछ । त्यसले बाटो बिराउन खोज्नेहरुलाई मार्ग प्रशस्त गर्ने विश्वास आफूले लिएर प्रेसिडेण्ट बस्नेतको धारणा थियो ।

कुरालाई बाहिर देखाउन नमिल्ने रहेछ ः प्रेसिडेण्ट विष्ट

कुनै पनि कामको पछाडि सुझावको पनि महत्वपूर्ण भूमिका हुन्छ । ति सुझावहरुलाई सार्वजनिक गर्न मिल्दो रहेनछ । कुरालाई बाहिर देखाउन मिल्ने भए आज हाम्रो गतिविधि कहाँ पुग्ने थियो होला ! त्यसका बारेमा आफूसँग कुनै तर्क नरहेको लायन्स क्लब अफ काठमाडौं माँ चण्डेश्वरीका संस्थापक अध्यक्ष (३२५बि१) प्रेसिडेण्ट गीता विष्ट सापकोटाले बताउनुभएको छ ।


यात्रामा आफूले भोगेका कष्टकर भोगाई राख्ने क्रममा भाव्हिल हुँदै कार्यक्रममा सहभागीहरुलाई समेत एकपटक प्रेसिडेण्ट विष्टले स्तब्ध पार्दै भावनामा डुब्न विवश बनाइदिनुभएको थियो । एकता नै बल हो, एकता भयो भने मात्र कुनै पनि योजना सफल पार्न सकिन्छ । त्यसैले सम्पूर्ण लायन्स लिडरहरुले आफ्नो मातहतमा रहेका क्लबहरुको अवस्थाका बारे चासो राख्नुपर्ने हुन्छ । हाम्रो जस्तो पुरुषप्रधान समाजमा महिलाले नेतृत्व गरेर अगाडि जान खोज्नु पक्कै पनि सहज छैन । दुधे बालक च्यापेर विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाइरहँदा चेतनाविहिन समाजले हेर्ने दृष्टिकोण अझै पनि परिवर्तन भएको पाइँदैन । यो अवस्थामा नेतृत्वहरुले ति कष्टकर यात्राहरुका बारेमा ध्यानाकर्षण गरिदिनुभए क्लबहरु सहज रुपमा फस्टाउन बल पुग्ने तर्क प्रेसिडेण्ट विष्टको थियो । जब क्लबहरु फस्टाउन पुग्छन्, समाजले सुसूचित हुने अवसर पाउँछ । त्यसैले त्यसतर्फ नेतृत्वहरुको ध्यान खिच्न चाहन्छु भन्नुहुँदै प्रेसिडेण्ट विष्ट थप्नुहुन्छ– आफूले यात्रामा जे–जति भोगियो, आउने नेतृत्वले त्यस किसिमको भोगाई भोग्नुपर्ने छैन भन्ने विश्वास पनि राख्दै हाम्रा क्लबहरुको जर्गेना गर्न भूमिका निर्वाह ग¥यौं । त्यसको संवद्र्धन र संरक्षण गर्नु नेतृत्वको दायित्व र कर्तव्य पनि हुन आउँछ । आज जुन सफलता प्राप्त भएको छ, त्यसमा सम्पूर्ण लायनहरुको साथ, सहयोगकै कारण भएको छ । आगामी यात्रामा पनि यस किसिमको सहयोगको अपेक्षा रहनेछ भन्ने विश्वास आफूले लिएको प्रेसिडेण्ट विष्टले बताउनुभएको छ । हाम्रा गतिविधिले डिष्ट्रिकमाथि नै कतै प्रश्न चिन्ह खडा गर्ने अवस्था आउनदिन नहुने भन्ने नै हो । त्यसैले हामीभित्र मौलाउन खोजेको अहम्तावादलाई निषेध गर्नु हामी प्रत्येक लायनको कर्तव्य हुन आउँछ । त्यसैले हालको विषम् परिस्थितिमा लायन्स क्लबहरुले खेलेको भूमिकाका बारेमा अनुकरणीय भएको आफूले महसुस गरेको प्रेसिडेण्ट विष्टको तर्क थियो ।

कुनै पनि लायन्स क्लबले लायनहरुलाई सक्षम बनाउनु आजको आवश्यकता हो ः फस्र्ट भिपी रञ्जित

लायन्स क्लब अफ काठमाडौं माँ चण्डेश्वरीको (३२५बि१) फस्र्ट भिपी अञ्जु रञ्जित केसीले कुनै पनि लायन्स क्लबलाई चुस्त दुरुस्त राख्न लायनहरुलाई सक्षम बनाउनुपर्ने बताउनुभएको छ ।


जबसम्म लायन सदस्यहरु जिम्मेवार हुनन्, सक्षम हुनन्, लायन्स क्लबहरुले समाजमा सकारात्मक भूमिका निर्वाह गर्न सक्दैनन् । लायन्सको उद्देश्य प्राप्त गर्नका लागि लायनहरु सक्षम हुन आवश्यक छ । त्यसका लागि नेतृत्वले समयमै सचेततापूर्वक आफ्नो उपस्थितिलाई दर्शाउनुपर्दछ, तब मात्र संस्थाको उद्देश्य अनुरुप उपलब्धता हासिल हुन्छ । आफ्ना सदस्यहरुलाई लायन्सको उद्देश्य अनुरुप लैजानु नेतृत्वको दायित्व पनि हुन आउँछ । त्यसैले लायन्स नेतृत्वले आफ्नो जिम्मेवारीलाई सशक्त रुपमा उतार्नुको विकल्प नभएको फस्र्ट भिपी रञ्जितले बताउनुभएको छ । यदि नेतृत्वले जिम्मेवार ढंगबाट प्रस्तुत नहुने हो भने लायन्स क्लबहरुमाथि नागरिकले प्रश्न चिन्ह नउठाउलान् भन्न सकिन्न । त्यसैले नेतृत्व यो विषयमा जिम्मेवार हुनुप¥यो र लायन्सको मर्म अनुरुप लायन सदस्यहरुलाई परिचालित गर्न कार्यक्रममा आग्रह समेत फस्र्ट भिपी रञ्जितले गर्नुभएको थियो ।
कार्यक्रममा Lions Club Ktm Indreshwor nd ktm Lck Ma Chandeshwori  Charter handover programme. Presence of lions club intl. District 325b1 2nd District Governor (325 b1) Lion Mahendra Paudel, secretary Lion Surya KC , Treasur lion udaya nepal nd District education chief Parbati Kharel Pandey, ktm Lcktm Temple Chandeshwori nd District chairpersion lion Prakash shrestha, ktm temple peace kavre 2nd VP lion Shyam Thapa, Treasur lion Deepak thapa, also thank fo programme organization by ktm Lck Ma Chandeshwori सो चार्टर ह्याण्ड ओभर कार्यक्रममा लायन्स क्लबसँग आबद्ध विभिन्न बौद्धिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0