Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एकाधिकारका विरुद्ध प्रतिवाद गर्न आदेश कुरिराख्नु पर्दैन ः अध्यक्ष चौलागाईं

प्रभातफेरी अनलाइन ५८९१ पटक पढिएको प्रकाशित मिति: २०७७ माघ ६, मंगलबार (५ साल अघि)
एकाधिकारका विरुद्ध प्रतिवाद गर्न आदेश कुरिराख्नु पर्दैन ः अध्यक्ष चौलागाईं

बनेपा । नेपाल कम्युनिष्ट पार्टी नेकपा काभ्रे जिल्ला अध्यक्ष रुकु चौलागाईंले केन्द्रीय राजनीतिकबाट जिल्लामा भइरहेको एकाधिकार सम्बन्धी गतिविधि निषेध गर्न शालिन ढंगबाट अगाडि जान कुनै आदेश कुरिराख्नु नपर्ने पत्रकारहरुलाई निर्देशित गर्नुभएको छ ।
सोमबार बनेपामा प्रेस संगठन नेपालसँग आबद्ध पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा केही समयदेखि काभ्रे जिल्लामा नेकपाको राजनीतिक क्षेत्रमा असंवैधानिक, अव्यवहारिक गतिविधि हुँदै आएको स्मरण गराउनुहुँदै प्रतिगमनकारीहरुका विरुद्ध पत्रकारहरुलाई खरो रुपमा उत्रन नेपाल कम्युनिष्ट पार्टी काभ्रे जिल्ला कमिटी अध्यक्ष चौलागाईंले निर्देशन दिनुभएको छ । कम्युनिष्ट आस्थामाथि नै ठेस पुग्ने गरी भए गरेका गतिविधिका विरुद्ध कलमको माध्यमद्वारा प्रतिवाद गर्न आग्रह गर्नुभएको छ । जुन किसिमका गतिविधिहरु भइरहेका छन्, त्यसका विरुद्ध आफूलाई सशक्त ढंगले प्रस्तुत हुन पनि नेता चौलागाईंले आव्हान गर्दै जुन नेपाली जनताको आस्थामाथि धावा बोल्ने जघन्य अपराध गरियो, त्यसका विरुद्ध प्रत्येक नागरिकलाई सचेत गराउने दायित्व पत्रकारको भएको नेता चौलागाईंले सम्बोधनको क्रममा बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा काभ्रे त्यस किसिमका उदण्ड प्रवृत्ति बोकेका जत्थाहरुबाट टाढै रहने र त्यस्ता प्रवृत्तिका विरुद्ध सधंै जनताहरुलाई सुसूचित गर्ने तौरतरिकाबाट अगाडि बढ्ने बताउनुभएको छ ।
जनताको माझमा ल्याइएका भ्रमहरुलाई चिर्दै यथार्थबाट सुसूचित गराउने दायित्व पत्रकारहरुको काँधमा हिजोदेखि नै आइरहेको र अझ यो विषम् परिस्थितिमा यसको आवश्यकता थप देखिएको हुँदा समग्र पत्रकारबीचमा असंवैधानिक कदमका विरुद्ध सशक्त रुपमा ओर्लिन नेता चौलागाईंले आव्हान समेत गर्नुभयो । हामी कम्युनिष्ट आस्था बोकेका कार्यकर्ताले समाजमा जुन किसिमको भ्रम छर्ने काम भएको छ, त्यसका विरुद्ध खुलेर जनतालाई सुसूचित गराउनुपर्ने जिम्मेवारी पत्रकारबीचमा आएको स्मरण गराउँदै असंवैधानिक कदमका विरुद्ध प्रत्येक नागरिक सुसूचित हुनुपर्ने धारणा राख्नुभएको थियो ।
हामीलाई (संस्थापन पक्ष) जनताको माझ जान कुनै समस्या छैन । हाम्रो घर झगडालाई लिएर जनमतको बर्खिलाप गर्ने दुस्साहस गर्ने ओलिलाई छुट नभएको अभिव्यक्ति राख्नुहुँदै पार्टीका कमरेडहरुले कहाँ अवरोध गरे ? विधि र नीतिमा चल्नुप¥यो भन्नु अपराध हो ? घोषणा पत्रअनुसार जानुप¥यो भन्नु अपराध हो ? असहमतका विषयमा पार्टीमा छलफल गरौं भन्नु अपराध हो ? ओलिलाई नीतिगत रुपमा चल्नुस् भन्नु अपराध हो ? यस्ता अनगिन्ती प्रश्नहरु लिएर जनतामाझ जानु प्रत्येक निष्ठावान् कार्यकर्ताको जिम्मेवारी भएको स्मरण गराउनुभएको छ । काइते गुटका कुरा गरेर विधि पद्धति कुल्चेर अगाडि जाने अनि नीतिगत भएन भन्दा कम्युनिष्ट आचरण अनुसार चल्नुप¥यो भन्दा असहयोग ग¥यो भनेर रोइलो मच्चाउने ओलिलाई जनतामाझ जाने छुट नभएको तर्क राख्नुहुँदै यो बेइमानीपूर्ण गतिविधिका विरुद्ध सडक आन्दोलन चर्काउनु प्रत्येक पत्रकारहरुको पनि भूमिका रहने हुँदा पत्रकारिताभित्र रहेर आन्दोलनलाई सघाउन अध्यक्ष चौलागाईंले आग्रह गर्नुभएको थियो ।

जनमतलाई लत्याउने काम ओलि सरकारले गरेको छ ः सचिव वाइबा

कुनै पनि कम्युनिष्ट आचरण बोकेको कार्यकर्ताले जनमतलाई लत्याउने काम गर्दैन । बिडम्बना ! दुई तिहाइको नजिक पुगेको कम्युनिष्ट सरकारले जनमतलाई लत्याउने काम ग¥यो भन्दा आफैंलाई असहज हुने धारणा नेपाल कम्युनिष्ट पार्टी नेकपा काभ्रे जिल्ला कमिटी सचिव टोकबहादुर वाइबाले बताउनुभएको छ ।


नेपाल कम्युनिष्ट पार्टी नेकपासँग आबद्ध रहेका प्रेस संगठन नेपालका सदस्यहरुबीच उक्त अभिव्यक्ति सचिव वाइबाले सार्वजनिक गर्नुभएको हो । आज मुलुकलाई जुन किसिमको अवस्थामा बन्धक बनाइएको छ, त्यसका विरुद्ध पत्रकारहरुले सत्य, तथ्य, निष्पक्ष ढंगबाट जनतामाझ पस्कनुको विकल्प नभएको बताउनुभएको छ । हामी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु भएकै कारण हामीले शालिनता र भद्र रुपमा जनतामाझ असंवैधानिक कदमका विरुद्ध जानुपर्ने बताउनुभएको छ । अहिले बजारमा देखिएको उत्श्रृंखलताका विरुद्ध जनभावनामाथिको खेलवाडका विरुद्ध विधि, नीति र ऐन, कानूनभन्दा म नै माथि हुँ भन्ने अहम्ताका विरुद्ध पत्रकारहरुले खबरदारी गर्नुपर्ने सचिव वाइबाको धारणा थियो । हामी कसैले पनि भ्रमको खेतीको पछि नलागी नितान्त अहिले मुलुकमा जुन अवस्था सिर्जना भएको छ, त्यसका बारेमा सुसूचित गराउनुपर्ने दायित्व तपाईं हाम्रो भएको बताउनुभएको छ । नेतृत्वले कोहि कसैलाई आश्वासन बाँड्ने काम गरेको छैन र गर्दैन पनि । तसर्थ पनि हाम्रो प्रस्तुतीलाई जनताले अनुशरण गर्नसक्ने किसिमले प्रस्तुत आग्रह गर्नुहुँदै कम्युनिष्ट भनेको यस्तो हुन्छ भन्ने नमूना बनेर देखाउन पनि सचिव वाइबाले छलफलमा बताउनुभएको थियो । कोहि घोडा चढ्यो भन्दैमा हामी धुरी नचढौं । काभ्रेली जनताको मान मर्दन गर्ने काम गोकुलबाट भएको छ, त्यो गल्ती आफूलाई कम्युनिष्ट भन्न रुचाउनेहरुबाट नहोस् भन्ने नै हो । त्यसैले प्रत्येक कम्युनिष्ट कार्यकर्ताहरुले पछिल्लो समय कम्युनिष्ट आस्थामै आँच आउने गरी भएगरेका गतिविधिहरुतर्फ सावधान रहनुपर्ने उहाँको सुझाव थियो ।
दुध उम्लिएपछि पोखिन्छ, उसले आफूलाई मात्र नोक्सान पु¥याउँदैन, बलेको आगो पनि निभाउँछ भनेको दुध उम्लिएपछि आफू पनि नासिन्छ, अरुलाई पनि नाश गराउँछ । हो, आज भ्रष्टाचारका नाइकेहरुका कारण काभ्रेलीहरुको शीर निहुरिएको छ । एउटा गल्ती छोप्न पटक–पटक अरु गल्तीहरु गर्दै जाने संस्कारको निरन्तरता हो असंवैधानिक कदम । त्यसैले प्रत्येक गतिविधिलाई सूक्ष्म रुपमा अध्ययन गरेर त्यसका बारेमा नागरिकहरुलाई सुसूचित गराउने दायित्व पत्रकारहरुको भएकोले प्रेस संगठन नेपालले त्यस्ता गतिविधिको बारेमा धावा बोल्नेछ भन्ने अपेक्षा राखेको सचिव वाइबाले कार्यक्रममा खुलासा गर्नुभएको थियो ।
उक्त छलफलमा सहभागी प्रेस संगठन नेपालसँग आबद्ध झण्डै २ दर्जन पत्रकारहरुले आफ्नो जिज्ञासा राखेका थिए । ति जिज्ञासा मेटाउने क्रममा नेता इन्द्रबहादुर थिङ, रामशरण दाहाल, हरिगोपाल कर्माचार्य, रामगोपाल चौलागाईं लगायतको नेतृत्वबाट समसामयिक विषयमा प्रष्ट्याउँदै जवाफ दिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0