Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकारलाई जिम्मेवारीबाट विमुख नपार

प्रभातफेरी अनलाइन ७००८ पटक पढिएको प्रकाशित मिति: २०७७ माघ ६, मंगलबार (५ साल अघि)
पत्रकारलाई जिम्मेवारीबाट विमुख नपार

पछिल्लो समय मुलुकमा घटेको राजनीतिक घटनाक्रमले पत्रकार बिचमा अन्यौलता छाएको छ । प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले पत्रकारमाथि जुन किसिमको अभिव्यक्तिहरु पस्केका छन् त्यसले यो पेशाप्रति आस्था राख्नेहरुका लागि पक्कै पनि एकपटक सोच्न बाध्य पारेको छ ।
विशेष गरी नेपालको राजनीतिक क्षेत्रमा शक्तिशाली पार्टीको रुपमा उदाएको नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र उब्जिएका गतिविधिले पत्रकारलाई निष्पक्ष ढंगबाट प्रस्तुत हुन नसक्ने अवस्था सिर्जना भएको देखिन्छ । मुलुक विषम् परिस्थितिमा पुगेको छ । यो अवस्थामा एउटा पत्रकारले आफ्नो पत्रकारिताको धर्म निर्वाह गरेर चल्नसक्ने अवस्था आएको पाइएन । यदि कुनै पत्रकारले आफ्नो धर्मलाई आत्मसाथ गरेर समाचार को¥यो भने ऊ माथि बोलिने धावाले पेशाप्रतिको मर्यादा नै हराउन पुग्ने अवस्थामा पत्रकार पुगेको महसुस हुन्छ । यसले पत्रकारिता पेशा र पत्रकार आचारसंहिता दुवैप्रति लक्षित गर्दै प्रहार गर्न खोजिएको हो कि भन्ने महसुस पत्रकारबीचमा चर्चाको विषय बनेको छ ।
पत्रकारदेखि बुद्धिजीवि लगायत सम्पूर्ण सचेत वर्गमाथि लगाइएको अंकुशले यथार्थमै पत्रकारिताको मर्म म¥यो कि भन्ने लाग्छ । यसले पत्रकारितामै जीवन खोज्नेहरुका लागि यो शुभ संकेत भने पक्कै होइन । त्यसैले राजनीतिक विखण्डन हुन्छ, विचलन हुन्छ तर पत्रकारिता आफ्नै यात्रामा विधिभित्र बाँधिएर समाजको आँखाको राती गेडी बनेर अगाडि बढिरहनुको विकल्प रहन्न । यो परिवेशमा नेपाल कम्युनिष्ट पार्टी नेकपासँग आस्था राखेका पत्रकारहरुका लागि यस किसिमको ध्रुविकरण असह्य सावित हुँदै गएको देखिन्छ । तसर्थ, राजनीतिक रुपमा असहमतिहरु होलान्, असमझदारीहरु निम्तिएलान् तर पत्रकारितामा त्यसको छायाँ पर्नु पक्कै पनि पत्रकारिता क्षेत्रको लागि शुभ संकेत नहुन सक्छ !
त्यसैले जिम्मेवार पक्षबाट पत्रकारहरुलाई बिल्ला भिराउने आचारसंहिता उल्लंघन गर्नका लागि दबाब दिनु न्याय संगत हुने छैन । अर्काेतर्फ म पेशाप्रति इमान्दार बन्न चाहन्छु भने मैले मेरो पेशा, धर्मप्रति बफादार हुनुपर्छ । त्यतिबेला आइपर्ने कुनै पनि अवरोध, चुनौतीहरुको सामना गर्ने हैसियत एउटा पत्रकारले राख्नुपर्छ भन्ने ठम्याई हामीले लिएका छौं ।
जहाँसम्म पछिल्लो घटनाक्रमले पत्रकारिताबीचमा वैमनश्यता सिर्जना भएको यो संक्रमणकालिन अवस्थामा पत्रकारहरुलाई आफ्नो स्वार्थ सिद्ध गर्न खोज्दा जिम्मेवारीबाट विमुख गराउने खेल नहोस् भन्ने अपेक्षा समग्र पत्रकारहरुले राखेका छन् तर व्यवहारमा देखाउन सकिरहेका छैनन् । यो सकारात्मक पक्ष पक्कै होइन । त्यसैले समग्र पत्रकारहरुलाई जिम्मेवारीबाट विमुख हुने खेती हुनेछैन भन्ने अपेक्षा हामीले राखेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0