धुलिखेल । आइतबार काभ्रेको धुलिखेलमा आयोजित पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा स्वास्थ्य निर्देशनालय हटौंडाका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेले सम्बोधन गर्ने क्रममा बागमती प्रदेशमा रहेका १३ जिल्लामध्ये यो आर्थिक वर्षमा काभ्रे जिल्लाले स्वास्थ्यको क्षेत्रमा उल्लेख्य उपलब्धी गरेको बताउनुभएको छ ।
जसको प्रमाणको रुपमा नेपाल सरकारले उहाँप्रति गरेको सम्मानले पुष्टि गर्दछ । प्रदेशस्तरीय गतिविधिका बारेमा पत्रकारमाझ जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यको क्षेत्रमा हालसम्म भए गरेका गतिविधिहरु आफ्नो कार्यपत्र मार्फत् प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा पत्रकारहरुले उठाएका जिज्ञासा मेटाउने क्रममा मातृशिशुको क्षेत्रमा उल्लेखनीय काम भएका छन् । अपवाद रुपमा केही जनशक्ति अभावका कारण कहिँकतै कमी कमजोरी रहन गए होलान् तर समग्रमा नतिजा सन्तोषजनक रहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक काफ्लेले बताउनुभएको थियो । यो अवस्थामा केही कमी कमजोरी भए होलान्, त्यसप्रति स्वास्थ्य निर्देशनालय गम्भीर छ । आगामी वर्षका प्रगति प्रतिवेदनप्रति यस्ता किसिमका गुनासा आउन दिने छैनौं भन्दै प्रतिबद्धतासमेत कार्यक्रममा राख्नुभएको थियो ।
कार्यक्रममा विशेषतः मातृशिशु र कोभिड–१९ का बारेमा चर्चा भएको थियो । स्वास्थ्य क्षेत्रमा अभाव रहेको जनशक्तिले उठाएका प्रश्नहरु नै छलफलका विषय बनेका थिए । उक्त कार्यक्रम बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय हेटौंडाको आयोजनामा सम्पन्न भएको थियो ।
सरकारले जति नै परिवर्तनको भाषण गरेपनि परम्परावादी संस्कारबाट हामी माथि उठ्न सकेका छैनौं ः प्रमुख डा. झा
जिल्लामा स्वास्थ्यको अवस्थाका बारे जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार भेटघाटमा स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा. नरेन्द्रकुमार झाले परिवर्तनका नाममा जेसुकै नीति अख्तियार गरेतापनि हामी परम्परावादी संस्कारबाट माथि उठ्न नसकेको तितो यथार्थ कार्यक्रममा राख्नुभएको थियो ।
मुलुकमा ठूला–ठूला परिवर्तन भएता पनि कर्मचारीतन्त्रभित्र जकडिएर बसेको ढिलासुस्ती भने हट्न नसकेको तथ्य राख्नुहुँदै सरकारले प्रस्तुत गर्ने बजेट एउटा कर्मकाण्डी मात्र भएको खुलासा समेत कार्यक्रममा गर्नुभएको छ । सरकारी निर्णयानुसार माघ १४ गते बुधबार काभे्रका लागि भ्याक्सिन आइपुग्ने जानकारी प्राप्त भएको र त्यसको लागि पूर्ण तयारी भइसकेको समेत पत्रकारमाझ जानकारी गराउनुभएको थियो ।
काभ्रेली जनताले मेथिनकोट अस्पताल र धुलिखेल अस्पतालबाट खोप सुविधा लिन सकिने समेत जानकारी गराउनुभएको थियो । सम्बोधनकै क्रममा स्वास्थ्य कार्यालय धुलिखेलमा दरबन्दी सम्बन्धी गुनासो प्रस्तुत गर्दै सरोकारवाला निकायलाई सञ्चारकर्मीमार्फत् घच्घच्याइदिने अभिप्राय प्रमुख डा. झाको प्रस्तुतीले देखिन्थ्यो । अन्तक्र्रियामा जिल्लाको स्वास्थ्य स्थितिबारे वृत्तचित्र प्रस्तुत गर्दै प्रमुख डा. झा ः
सुरक्षित मातृत्व कार्यक्रम
संघिय कार्यक्रम सामाजिक Mobilization (गर्भवती महिला समुह गठन तथा गर्भवती भेला तथा प्रतिवद्यता तथा पुरुष समुह बनाई महिला तथा बाल स्वास्थ्यमा पुरुषको सहभागिताकोे महत्व सम्बन्धी क्रियाकलाप संचालन) स्वीकृत बजेत ७५ हजारमा खर्च ६० हजार १ सय ९५ फिर्ता १४ हजार ८ सय, मातृ तथा बाल बाल बचाउ परियोजना कार्यान्वयन हुने स्वास्थ्य संस्था जनशक्ति (रोमिङ्ग अ.न.मी, ल्या.अ ब्यबस्थापन), २४ घण्टा प्रस्तुति सेवा दिने प्रसुति केन्द्रको लागी जनशक्ती ब्यबस्थापन
कार्यक्रम कार्यान्वयनको लागी स्थानिय तहका संयोजकहरुका लागी अभिमुखिकरण कार्यक्रम÷स्वीकृत बजेत १ लाख ६४ हजार खर्च रु १ लाख ६४ हजार भएको छ ।
स्वास्थ्यमा काम गर्नै संघ संस्था तथा सरोकारवाला निकायसंग समन्वय बैठक/पहिलो चौमासिक खर्च रु २५ हजार, मातृ नवजात शिशु तथा प्रजनन स्वास्थ्य सुदृढीकरण कार्यक्रम संचालन भइरहेको कार्यक्रममा डा. झाले बताउनुभएको छ ।
त्यस्तै खोप कार्यक्रम अन्तर्गत पुर्ण खोप दिगोपना ड्रप आउट ट्रेसिङ्ग, प्रदेशको कार्यक्रम अन्तर्गत पहिलो चौमासीक कार्तिक २१ गते (४७ हजार), दोस्रो चौमासीक पुष ७ गते (४७ हजार), संघिय कार्यक्रमतर्फ संघ तर्फ योजना नया खोप एइएफआईको जानकारी पुर्णखोप तथा सरसफाई प्रवदधन कार्यक्रमको समिक्षा स्वास्थ्य संस्था तथा पालिका स्तर को शुक्ष्म योजना बजेत जम्मा ११ लाख त्यसमध्येको ५ लाख ५३ हजार ५ सय खर्च भईसकेको डा. झाले कार्यक्रममा बताउनुभएको थियो ।
प्रदेश स्तरिय कार्यक्रमतर्फ कोरोना भाईरस (COVID-19) को रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न कर्मचारीहरुको लागी जोखिम भत्ता (प्रोत्साहन भत्ता), कीटजन्य रोग (डेंगु,मलेरिया आदी) रोग रोकथाम तथा नियन्त्रण तथा प्राविधिक सहयोग कार्य (स्वास्थ्य सेवा) (स्वीकृत बजेट ४ करोडमा खर्च २ करोड र बाँकी २ करोड रहेको जनाएका थिए ।
हात्ती पाईले कार्यक्रम morbidity mapping and disable prevention, क्षयरोग, कुष्ठरोग तथा एच आई भि एड्स सम्बन्धी कार्यक्रम, संघिय कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय क्षयरोग कोहर्ट बिश्लेषण तथा समिक्षा गोष्ठी, (स्वीकृत बजेट ६१ हजारमा खर्च ३४ हजार ८० खर्च भएको विवरण पेश गर्नुभएको थियो । क्षयरोग आधारभुत तथा पुर्नताजगी तालिम (स्वीकृत बजेट ७० हजारमा खर्च ७० हजार खर्च भएको विवरण पेश गर्नुभएको थियो ।
स्थलगत अनुशिक्षण तथा अनगमन स्वीकृत बजेट ५० हजारमा खर्च ५० हजार खर्च भएको जानकारी दिनुभएको थियो । त्यस्तै प्रदेश स्तरिय कार्यक्रमतर्फ क्षयरोग कुष्ठरोग तथा एच आई भि एड्स नियन्त्रण सुहढीकरण कार्यक्रम (स्वीकृत बजेट ३२ हजारमा खर्च ३२ हजार नै खर्च भएको विवरण पेश गर्नुभएको थियो ।
नमोबुद्ध, चौरीदेउराली र महाभारत न.पा.÷गा.पा.मा HERD को सहयोगमा ACF संचालन र New case notification, COVID 19 मा भएका कार्यहरु क्रमशः २०७६।१०।२६ गते (मासिक बैठक संयोजक), NCOV ब्यबस्थापनको पूर्व तयारी बैठक, २०७६।११।०६ गते (प्रजिअ) COVID-19 ब्यबस्थापनको पूर्व तयारी तथा अन्य महामारी बारे बैठक बारे बैठक, जिल्ला स्थित अस्पतालहरु र अन्य स्वास्थ्य संस्थाहरु लाई ऋइख्क्ष्म्(ज्ञढ सम्वन्धी ब्यबस्थापन गर्ने, COVID-19 सम्वन्धी चेतनामूलक कार्यक्रम संचार माध्यमबाट प्रकाशन र प्रशारण गर्ने, २०७६।११।१३ गते जिसस प्रमुख COVID-19 सम्वन्धी स्थानीय तहका जन प्रतिनिधिहरुलाई चेतनामूलक कार्यक्रम संचालन, स्वास्थ्य शिक्षा सामाग्री तयार गरी वितरण गर्ने, COVID-19 सम्वन्धी बिद्यालय शिक्षा कार्यक्रम संचालन गर्ने, २०७६।११।२० गते २०७६।११।०२ को च.नं.२०३७ को सामाजिक विकास मंत्रालय, बागमती प्रदेशको कानून, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखाबाट प्राप्त COVID-19 सम्वन्धी निर्णयको कार्यान्वयन सम्वन्धमा एम्बुलेन्सहरुलाई COVID-19 मैत्री बनाउने निर्णय (३३), २०७६।१२।०६ गते त्तच्त् सक्रिय गराउने वार्ड स्तर, २०७६।१२।०८ गते DRRT बैठक, एएभ् वितरण (संघ, प्रदेश र अन्य संस्थाबाट प्राप्त), COVID-19 बाट बच्न औषधि उपकरण खरिद, २०७६।१२।१४ गते COVID-19 को दैनिक प्रतिवेदन सम्वन्धमा, क्वारेन्टाइन अनुगमन अधिकृत तोक्ने सम्वन्धमा, PPE खरिद सम्वन्धमा, २०७७।१।९ गते PCR RDT सम्बन्धी (संघ र प्रदेशको निर्णय कार्यान्वयन), RDT नतिजा सम्बन्धी, २०७७।१।१४ गते COVID-19 को कार्य प्रगती समिक्षा सम्वन्धमा, COVID-19 मा पालिकाहरु र सरोकार वालाहरुको समन्वय सम्वन्धमा, २०७७।१।३० गते COVID-19 समिक्षा, नियमित उपस्थिति, २०७७।२।१५ गते प्रदेश प्रयोगशाला (PCR Machine) सम्बन्धमा, प्रयोगसालाकर्मीहरुलाइ नमुना संकलन अभिमुखिकरण, २०७७।२।२५ गते प्रयोगसालाकर्मीहरुलाइ नमुना संकलन तालिम संचालन, २०७७।२।३० गते COVIDTesting Protocol, Logistic supply, CICT Team गठन गर्ने, २०७७।३।६ गते पाँचखाल न.पा. का Birthing center मा कार्यारत कर्माचारीहरुलाइ PPE Donning र Doffing, २०७७।३।७, १०, ११, १२, १४ गते क्रमशः पाँचखाल न.पा. बेथानचोक गा.पा. नमोबुद्ध, बनेपा, पनौती न.पा. मा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवालालाइ COVID-19, Quarantine, Isolation ब्यवस्थापन अभिमुखिकरण, २०७७।३।२९,३० गते सम्पुर्ण CICT Team लाई CICT को अभिमुखिकरण (२० Team), सम्पुर्ण CICT Team ले सक्रिय रुपमा कार्य गरि रहेको एम्बुलेन्स चालकलाई COVID सम्बन्धि तालिम, नेपाली सेना, धुलिखेल अस्पताल, DCMC काभ्रे र स्वास्थ्य कार्यालय काभ्रे द्वारा बिरामी ब्यबस्थापन र शब ब्यबस्थापन सम्बन्धि विभिन्न समसहलाई तालिम, DCMC काभ्रे द्वारा सामुहिक रुपमा नियमित Quarantine तथा Isolation केन्द्र को अनुगमन निरीक्षण, Quarantine तथा Isolation केन्द्रलाई WHO को मापदण्ड अनुसार संचालन गर्नै गराउने प्रयास, Online portal पत्र पत्रिका, रेडियो एफ.एम तथा सामाजिक सञ्जालबाट प्रचार प्रसार, स्थानिय तहहरुले कार्यान्वयन गरेका निर्णयहरु, हरेक पालिकाहरुले COVID-19 को सुचना सामाग्री बनाई प्रचार प्रसार गरेको, COVID-19 सँग सम्बन्धि बिद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम गरेको, online portal पत्र पत्रिका, रेडियो एफ.एम तथा सामाजिक सञ्जालबाट प्रचार प्रसार गरेको, प्राय सबै पालिका (डाँडापारीका बाहेक ) १ देखि ३ वटा एम्बुलेन्स तयार गरेको, बिपद् व्यवस्थापन समितिको बैठक बसेको, सबै स्थानिय तहहरुमा CRRT गठन भइसकेको, बिदेशबाट फर्किएका मानिसहरुलाई स्वास्थ्य निगरानीमा राखिएको, स्वास्थ्यकर्मीहरुलाई किरिया बिदा र प्रसुति बिदा बाहेक अरु बिदामा बस्न स्वीकृती नदिएको, हरेक पालिकामा औषधीहरु तयारी अवस्थामा राखेको, पालिकाहरुले हात धुने साबुन र स्यानिटाइजर उपलब्ध गराएको, कुनै पालिकाले हेल्थ डेक्समा खटिने कर्मचारीहरुलाई ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता र म.स्वा.स्व.सेविकाहरुलाई रु. १ हजार प्रति दिनको दरले दिने निर्णय गरेको पाइयो ।
सबल पक्ष
धुलिखेल अस्पताल, शीरमेमोरियल अस्पताल र आइसोलेसन सेन्टर ।
प्रादेसिक जनस्वास्थ्य प्रयोगशाला
Motivated CICT, अवसर DCCMC ( Active and Motivated)
संघीय प्रादेसिक तथा स्थानिय सरकार
सक्रिय जनप्रतिनिधि, संचारकर्मी, सुरक्षाकर्मी र नागरिक समाजको पुर्ण सहयोग ।
चुनौती
यस जिल्लामा २ वटा राजमार्ग भएको कारणले धुलिखेल अस्पताल, शीरमेमोरियल अस्पताल, उपत्यकामा बढ्दो संक्रमण Contract Tracing Team (वर्तमान अवस्था), साधारण जनता उपचारमा कठिनाइ पाएको स्थलगत अनुगमनका क्रममा देखिएको भेटिएको तथ्यलाई सञ्चारकर्मी मार्फत् सार्वजनिक गरिएको व्यहोरा कार्यपत्र मार्फत् प्रमुख डा. झाले व्यक्त गर्नुभएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |