Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अकृचको प्रस्तुती “घाटा भो धन्दामा” बजारमा

प्रभातफेरी अनलाइन ८६९५ पटक पढिएको प्रकाशित मिति: २०७७ माघ २२, बिहिबार (५ साल अघि)
अकृचको प्रस्तुती “घाटा भो धन्दामा” बजारमा

काभ्रे । बजारमा पछिल्लो समय एकपछि अर्काे गर्दै सांगितिक यात्रामा रंगकर्मीहरु जमेर लागेका छन् । जसको पछिल्लो उदाहरण अमरकृष्ण चन्द “अकृच” को सार्वजनिक गरेको घाटा भो धन्दामा बोलको गीत सार्वजनिक गरेका छन् ।
‘आजकल घरमा रातदिन झगडा, दुईटी स्वास्नी दुईटै छिन् तगडा
घाटा भो धन्दामा, दुईटी स्वास्नी बीचैमा म एउटा पर्यो ज्यान फन्दामा’
हालै सार्वजनिक भएको ‘घाटा भो धन्दामा’.. दुईटी स्वास्नी बोलको गीतको भिडियोमा चन्दकी दुई श्रीमतिको भूमिकामा रहेकी खड्का र लामालाई कथामार्फत् फकाउन ब्यस्त भएका देखिन्छन् । लामो समयदेखि कलाक्षेत्रमा सक्रिय रही अनवरत कलाकारितामा आफ्नो समय खर्चिएका कलाकार, नृत्य निर्देशक, अमरकृष्ण चन्द ‘अकृच’ आफ्नो नविनतम प्रस्तुती लोक तेहरी एल्वम ‘घाटा भो धन्दामा’… दुईटी स्वास्नी बजारमा लिएर आएका हुन् ।
समसामयिक विषयवस्तुमा आधारित मौलिक नेपाली लोक तेहरी गीत ‘घाटा भो धन्दामा’. दुईटी स्वास्नी समाजमा घट्ने तीतो यथार्थलाई जस्ताको तस्तै चित्रण गरिएको छ । दुइटी श्रीमति ल्याउँदा भोग्नुपर्ने पीडालाई गीतमा समेटिएको छ । दुइटा नाम्लो एउटै थाप्लोमा बोक्न खोज्दा आइपर्ने व्यवहारिक समस्यालाई गीतको भिडियोमा स–चित्र उतारिएको निर्माण पक्षले बताएको छ । लामो समयदेखि रंग पत्रकारितामा समेत कलम चलाउँदै आएका कलाकार, निर्देशक अकृचले ‘घाटा भो धन्दामा.. दुईटी स्वास्नी’ बोलको गीतको भिडियोमा चर्चित हाँस्य कलाकार ठ्याँस कुमारी तथा निर्मली भनेर चिनिने निरु खड्का र तामाङ चलचित्रका नायिका अनु लामासँग चन्दको अभिनय रहेको छ । भिडियोलाई सिमिली मिडियाले बजारमा ल्याएको छ ।


खड्का र लामाको समेत आकर्षक अनि मार्मिक अभिनय रहेको गीतको भिडियोमा दुई श्रीमति अनि एक श्रीमान् बीचमा हुने उतार चढाव, मन मुटाव तथा घरायसी घर झगडालाई विस्तृत रुपमा चित्रण गर्न खोजिएको छ । दुई श्रीमतिले सौताको कुरा लिएर गर्ने गुनासो, दुईटीको झगडाले व्यवहार विग्रँदा घर समेत बिग्रन पुगेको तीतो यथार्थलाई भिडियोमा निर्देशक कमल दाहालले उत्कृष्ट ढंगमा प्रस्तुत गरेका छन् । थुप्रै म्युजिक भिडियो, टेलिफिल्म तथा चलचित्र निर्देशन गरिसकेका दाहालले निर्देशन गरेको उक्त भिडियोलाई क्यामेरामा उतार्ने काम सुमन वाग्लले गरेका छन् भने भिडियोको सम्पादन तथा कलरिङ सुवास देवकोटाले गरेका छन् ।
लोक पारखीहरुलाई नौलो स्वाद पस्कने उद्देश्यका साथ तयार पारिएको भिडियोलाई गौरी शंकर साँस्कृतिक समूह खावा पाँचखालले निर्माण गरेको सम्बन्धित पक्षले बताएको छ । भिडियोमा धुलिखेल अनि पाँचखाल खावाको रमणीय दृश्यलाई समेटिएको छ ।


कमल दाहालको लय तथा शब्द रहेको गीतमा कर्णप्रिय स्वर दिएका छन् गायिका जितु लोप्चन, कुमारी लामा र कमल दाहालको समेत रहेको छ भने सूर्यकिरण लामाले संगीत दिएका छन् । मौलिक लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गीत निर्माण गरिएको बताउँदै गौरीशंकर साँस्कृतिक समूहका अध्यक्ष सुमित लामाले उत्कृष्ट बनेको भिडियोलाई सबैले मन पराइदिने दाबी गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0