Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

संविधान विपरित जाने दृढता नै अभिशाप हो

प्रभातफेरी अनलाइन ७८६४ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन ५, बुधबार (५ साल अघि)
Post Thumbnail

जननिर्वाचित प्रतिनिधि सभा विघटन विरुद्ध उठेको जनसागरलाई आँकलन गर्ने हो भने संविधान विपरित उठाइएका कदमहरु कदाचित क्षम्मे हुन सक्दैनन् ।
जुन कदम चालिएको छ, त्यसबाट सिंगो मुलुक प्रताडित भएको छ । उक्त निर्णयबाट सीमित व्यक्तिहरु मात्रै रमेको पाइन्छ । यो अवस्थामा देशका उच्च पदस्थ व्यक्तिहरुले एकपछि अर्काे गर्दै सार्वजनिक गरेका अभिव्यक्तिहरुलाई कमजोर सम्झिउँ भने त्यो नेतृत्वको ठूलो भुल हुनेछ । कुनै पनि अवस्थामा अप्रिय कदम चाल्नुपूर्व जनमतको ख्याल गर्न आवश्यक हुन्छ । यदि जनमतभन्दा बाहिर जाने कोसिस ग¥यौं भने त्यो आफैंमा घातक हुन पुग्छ ।
यसै सन्दर्भमा तत्कालिन न्याय मूर्तिहरुले सार्वजनिक गरेको अभिव्यक्तिलाई सापट लिने हो भने संविधानको ठाडो उल्लंघन भएको या अपमान भएको घटनाको आफूहरु मुकदर्शक बन्न सक्दैनौं र मौन व्रत धारण गर्न पनि सक्दैनौं । नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्ति स्वतन्त्रता लगायतका मौलिक हकको प्रयोग, प्रचलन र संरक्षणमा अन्य नागरिक सरहै आफूहरुको पनि सरोकार रहने अभिव्यक्तिले यो सरकारले चालेको कदम कतिको न्यायसंगत छ भन्ने प्रष्ट्याउँछ ।
यो अवस्थामा सत्ता साझेदारी नेतृत्वहरुले गम्भीर रुपमा आफ्ना गलत क्रियाकलापहरुको समिक्षा गर्दै जनमतको पक्षमा आफूलाई रुपान्तरण गर्नुको विकल्प छैन । संवैधानिक धाराहरुलाई कुल्चिएर गरिएको निर्णय कतै गलाको पासो बन्न नपुगोस् । यही आग्रह कार्यकारी प्रमुख समक्ष गर्न चाहन्छौं । जुन विधिमा टेकेर असंवैधानिक कदमलाई संवैधानिक बनाउने कुचेष्टा गरिएको छ, त्यो कुनै पनि परिस्थितिमा नेपाली जनताका लागि पाच्य हुनेछैन । तसर्थ, संविधान विपरित जाने दुष्कर्म गर्ने अधिकार कसैलाई पनि नभएको ठहर हाम्रो छ । हामी आशावादी छौं, यो मुलुकलाई अन्यौलता, अन्यौलग्रस्त र द्वन्द्वको भुमरीमा कार्यकारीबाट धकेल्नु हुनेछैन भन्ने विश्वास लिएका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0