Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एउटा कुशल प्रशासकको नमूना हुन् सेढाईं

प्रभातफेरी अनलाइन १०११९ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन ११, मंगलबार (४ साल अघि)
एउटा कुशल प्रशासकको नमूना हुन् सेढाईं

काभ्रे । शीर्षक सुन्दा वा पढ्दा जो–कोहिलाई अचम्म लाग्न सक्छ, यथार्थको पर्यायवाची हुनपुग्नु भएको छ प्राध्यापक मिनाकुमारी सेढाईं ।
कुनै समय सुँगुरका पाठाहरुको क्रिडास्थल नै लाग्थ्यो ओहोरदोहोर गर्दा तर पुण्यमतिमा धेरै पानी बगिसकेछ । आइतबार त्यही बाटो भएर आजाद स्कूलतर्फ जाने क्रममा सुनसान, शान्त वातावरणको महसुस भएपछि हेर्ने इच्छा जाग्यो, उक्लिएँ । हेर्दा त, त्यो सुँगुरका पाठाहरुको क्रिडास्थल त सुन्दर फूलबारी पो भएछ । होइन के हो यो ? एकाएक यस्तो आमूल परिर्वतन कसरी ? ममा अनगिन्ती प्रश्नहरु उब्जिए । गेटबाट प्रवेश गर्दागर्दै एकजना शिक्षकले बालमैत्री कक्षामा मनोरञ्जनात्मक ढंगबाट पढाइरहनुभएको थियो । मेरो आगमनले उहाँको एकाग्रता भंग भयो । अफिसतर्फ संकेत गर्नुभयो । अफिसमा प्रधानाध्यापक र अर्काे एकजना शिक्षक हुनुपर्छ । नमस्कार गर्दै छेउकै कुर्सीमा बस्न पुगें । नमस्कार फर्काउनुहुँदै काम रोकेर जिज्ञासा राख्नुभयो । मैले पहिला सुरु गरेको काम सक्नुस् न भनी जवाफ दिएँ । केही मिनेटको पर्खाई पश्चात् प्राविधिक काम पूरा भयो, शिक्षिका बाहिरिनुभयो । मैले आफ्नो नाम बताएर संवाद सुरु गरें तर थप परिचय केही पनि दिइनँ ।


जहाँ विद्यार्थी थिएनन्, एउटा कंगालझैं साइनबोर्ड मात्रै थियो । विद्यालय प्राङ्गण दुर्गन्धित रछ्यान नै थियो । विद्यालयको हाताभित्र पस्ने हिम्मत जो–कोहिले निकाल्न सक्दैन्थ्यो । आफ्नो अस्तित्वविहिन भएर विलयको अन्तिम चरणमा भौतारिँदै थियो बनेपा प्रा.वि. । त्यो अवस्थामा पुगेको विद्यालयलाई जीवन दिने, मृत्यु शैयामा पुगेको भौतिक संरचनालाई जीवन्त पार्ने अठोटका साथ मैले यो विद्यालय रोज्ने जमर्काे गरें ।
आज यथार्थमै नमूना बन्ने दौरानमा छ । न कुनै सरकारी निकायको पर्याप्त सहयोग छ ! न कुनै दातृ निकायको यथेष्ट आर्थिक सहयोग छ ! छ त केवल संस्थापक शिक्षाविद् केदारनाथ अवाको नामसँग जोडिएको अमर अस्तित्व छ । होस्सेमा हैंसे गर्न फिड नेपाल आएको छ, जसले यस विद्यालयलाई जीवन्त दिएको मैले महसुस गरेको छु । यस अवस्थामा बामे सर्दै गर्दै कोभिड–१९ नामकको बज्रपात आएर बामे सर्दै गरेको यात्रामा अवरोध सिर्जना गरिदियो । प्रधानाध्यापक सेढाईंलाई त्यसको पनि डटेर सामना गर्नुको विकल्प थिएन । जसको कारण संस्थागत विद्यालयबाट सामुदायिक विद्यालयप्रतिको अभिभावक मोह बन्न सफल भयो बनेपा प्रा.वि. ।


शिक्षक सेवा आयोगको सबै खुड्किला पार गर्दै जिल्लामै उत्कृष्टता हासिल गरेबापत रोजेको विद्यालयमा अध्यापन गराउन पाउने सुविधा अन्तर्गत “हिलोमा कमल फुल्छ” भनेझैं आफूले भग्नावशेषमा पुगेको विद्यालय रोजेको बताउनुहुन्छ प्रधानाध्यापक सेढाईं । मैले जिल्लाका कुनै पनि उत्कृष्ट विद्यालय छान्न सक्थें ! मेरो पहिलो रोजाई हो तर मलाई त्यो अहम् भावना आएन । खै ! किन ? स्कूल जीवनदेखि नै मानवीय सेवामै आकर्षित हुने र रमाउने बानी प¥यो । अन्ततः यही विधा सम्हाल्न पुगें । जसको कारण यसैमा उत्कृष्टता पनि हासिल गरेर पेशाप्रतिको आकर्षण बढाएँ । जसका कारण हिजोको तपाईंहरुले देख्नुभएको सुँगुरका पाठाहरु खेल्ने रछ्यान आज सुन्दर फूलबारीका रुपमा माहुरीहरु खेल्दै छन् । मौलाउँदै छ बनेपा प्रा.वि. । विशेष गरी जिल्लाका दुर्गम क्षेत्रबाट रोजगारीका लागि बनेपा आकर्षित गन्तव्य देख्ने अभिभावकहरुको रोजाईको विद्यालय बन्दै गएको छ भन्नुहुन्छ प्रधानाध्यापक सेढाईं ।


किन मृत्यु शैयामै पुगेको विद्यालय नै रोज्नुभयो ? भन्ने सवालमा प्रधानाध्यापक सेढाईंको कथन छ– पुनर्जीवन दिनु चेतनशील मानिसको दायित्व हो । मेरो बालापनको चाहना नै यही थियो । मृत शैयामा पुगेको प्राणलाई जवान बनाएन दृढताका साथ समाजको नेतृत्व सम्हाल्न सक्ने हैसियतमा ल्याउने चाहना यस विद्यालयमा आएर पूरा भएको छ । त्यही इच्छाका साथ लागिपरेको थिएँ पूरा हुँदैछ । जसमा अर्काे पाटो विद्यालय व्यवस्थापन समिति पनि हो । जसले यस विद्यालयका लागि कुनै कसुर बाँकी राखेको छैन । यदि उसले लत्तो छोडेको भए मेरो व्यक्तिगत प्रयासले केही हुने थिएन । आजको अवस्थामा आउनुमा विद्यालय व्यवस्थापन समितिको र कर्मचारी साथीहरुको पनि उतिकै दायित्व छ । साथै विद्यालय आजको अवस्थामा आइपुग्नुमा संस्थापकहरुको अतुलनीय योगदान छ । विद्यालय परिवारको तर्फबाट मैले सम्पूर्णप्रति र विशेषतः संस्थापकहरुमा आभार व्यक्त गर्दछु । जसले गुणस्तरीय शिक्षाका लागि कुनै कसुरको कमी गराउनुभएको छैन । जसका कारण आज बनेपा प्रा.वि. यर्थाथमै शिक्षाको क्षेत्रमा नमूना गन्तव्य बन्ने अपेक्षा राखेको छु ।
बिडम्बना ! शैक्षिक सत्र सुरु हुनै लाग्दा लगभग एक सय २० जनाले नाम लेखाएको रजिष्टर देखाउँदै कोभिडको कारण अहिले यो संख्या तलमाथि हुन पुगेको दुखेसो व्यक्त गर्दै आज पनि दैनिक ७५/८० को उपस्थिति छ । पर्याप्त शिक्षक दरबन्दी छैन । स्थानीय अभिभावकहरुको यस विद्यालयप्रतिको हेराईमा परिवर्तन ल्याउन सकिएको छैन । विविध चुनौतीका बाबजुत आज यो अवस्थामा आइपुगेका छौं । यसका पछाडि एक मात्र धरोहर हामी कर्मचारीहरुको ऐक्यबद्धता र लगनशीलता भने पक्कै जोडिएको छ भन्नुहुन्छ प्रधानाध्यापक सेढाईं ।
संवादकै क्रममा स्थानीय निकायको योगदान कस्तो छ त ? भन्दा नभन्दै उहाँको मुखबाट पूर्ण सहयोग छ भन्न पछि पर्नु भएन प्रधानाध्यापक सेढाईं ।
संवादलाई अन्त्य गर्दै बाहिर निस्कने क्रममा प्रधानाध्यापक सेढाईंले सरको परिचय भन्नुभयो, गेटनेरै आइपुग्दै थिएँ । पेशाले सञ्चारकर्मी हुँ भनें । एकपटक टक्क अडिनुभयो । यो संवादको निचोड कहिले केमा निस्किन्छ सर भन्नुभयो । छिट्टै निस्किन्छ भन्दै बाहिरिएँ ।
सोही विद्यालयको बारेमा आइतबारै नगर प्रमुख लक्ष्मी नरसिं बादेसँग धारणा बुझ्न पुग्दा उहाँको प्रस्तुती कटाक्षपूर्ण सुन्दा उदेक लाग्यो । नगर प्रमुख जस्तो गरिमामय पदमा रहेको व्यक्तिको अभिव्यक्तिले के समुदायका विद्यालयहरु फरक धु्रवबाट आएका हुन् ? जुन किसिमका अभिव्यक्तिहरु पस्किनुभयो, त्यो उहाँको व्यक्तित्वले दिन्थ्यो होला, चरित्रले दिन्थ्यो होला तर उहाँ बसेको कुर्सीले दिन मिल्दैन थियो । उहाँको थप आरोप थियो– बोर्डिङ्गका बच्चा ल्याएर विवरण पठाउन त सकिन्छ । दरबन्दी बढाउने होइन, अब त घटाउनु पर्छ कि भन्न पछि पर्दैनन् प्रमुख बादे ।
यता प्रधानाध्यापक सेढाईं नियमसंगत ३ वटा दरबन्दी पाउने आशा राख्नुहुन्छ । उता नगर प्रमुख बादेको प्रतिक्रिया यस्तो छ । यस किसिमको विभेदका बाबजुत बनेपा प्रा.वि.मा आएको परिवर्तनले के पुष्टि गर्दछ भने एउटा कुशल प्रशासकले आफ्ना अगाडि आएका चुनौतीहरुलाई कसरी समाधान गर्न सक्दो रहेछ भन्ने समेत पुष्टि गरेको सहजै अनुमान लगाउन सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0