Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सूचनाको हक सहज रुपमा पाइँदैन, माग्नै पर्छ ः अधिकृत पौडेल

प्रभातफेरी अनलाइन ७३०५ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन ११, मंगलबार (५ साल अघि)
सूचनाको हक सहज रुपमा पाइँदैन, माग्नै पर्छ ः अधिकृत पौडेल

काभ्रे । राष्ट्रिय सूचना आयोगको सहकार्यमा आयोजित अन्तरक्रियामा सहभागीहरुको जिज्ञासा मेटाउनुहुँदै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं कार्यक्रमका प्रमुख राजन पौडेलले सूचनाको हक स्वतस्फूर्त सहज रुपमा लिन सक्दैनौं, यो माग्नुपर्ने बताउनुभएको छ ।
आज मुलुक जुन अवस्थामा छ, त्यो सबै सूचनाको तागत हो, जसले आमूल परिवर्तनको जग बसाल्यो, सूचना यस्तो चिज हो, जसलाई ज्ञानको आधारका रुपमा लिन सकिन्छ । भनिन्छ, ज्ञानको अन्तिम बिन्दु सूचना हो । सूचना नागरिकको अभिन्न अंग पनि हो, यो नागरिकसँग जोडिएको हुन्छ भन्नुहुँदै प्रमुख अतिथि पौडेलको कथन छ– सूचनाको हक र पारदर्शीता फरक पाटा हुन् । सूचना पाउनु नागरिकको अधिकार हो, यो मागेर मात्र पाइन्छ । पारदर्शीता सार्वजनिक रुपमा प्रस्तुत गर्नुपर्ने विधि हो । भनिन्छ, लोकतन्त्रको सुन्दर पक्ष भनेकै सूचना हो । यो लोकतन्त्रको गहना पनि हो । सूचनाको हक पत्रकारले मात्र पाउँछन् भन्ने बुझाई गलत हो । प्रत्येक नागरिकले सूचना पाउनुपर्छ र यथार्थ पनि यही हो । अझ भन्ने हो भने नागरिकको मौलिक हकभित्र पर्छ सूचना ।
यो विषयमा तपाईं सञ्चारकर्मीहरु गम्भीर बन्न आवश्यक छ । नागरिकको दमदार प्रस्तुतीलाई एकपटक सोचौं त ! उहाँहरुको दमदार प्रश्नभित्र कति धेरै जवाफ गाँसिएका हुन्छन् ! अन्तरक्रियामा उठेका सवाललाई थप प्रष्ट्याउने क्रममा प्रवक्ता र सूचना अधिकारी फरक पाटा हुन् । काम बेच्ने अधिकारी प्रवक्ता हो, उसले संविधान प्रदत्त अधिकार अनुसार बोल्नैपर्छ, सूचना दिनैपछै भन्ने छैन तर सूचना अधिकारी त्यस्तो व्यक्ति हो, जसले संविधानका धाराहरुको ख्याल राख्दै नागरिकका माग बमोजिम खुल्नुपर्छ तर बदनियतपूर्वक मागिएको सूचनाका बारे भने सोच्नुपर्छ । जुन सूचनाले सामाजिक मर्यादामाथि खलल पु¥याउन सक्छ भने संविधानमा उल्लेख भएअनुसार गर्नु, गराउनुपर्छ ।
भनिन्छ, अधिकार मागेर पाइने होइन, खोस्नै पर्छ । त्यसैले सूचनाको दूत बनौं र नागरिकलाई सुसूचित गर्ने भूमिकालाई फराकिलो बनाऔं । अनियमित गरेका निकायले सूचना दिन मान्दैनन् । दिइहाले भने पनि अपुरो दिन्छन् । जसले विवादित बनाउने खतरा बढाउँछ । त्यसैले सूचना लिखित रुपमा दफा कोड गरेर माग्ने र प्रमाणित गरेर लिने गर्नुपर्छ । सूचना, हकको तागतका बारेमा जति नै चर्चा गरेता पनि अपुग नै हुने धारणा राख्नुहुँदै आफ्नो ३२ मिनेट लामो सम्बोधनका क्रममा कुनै पनि विषयमा निर्ममतापूर्वक लेख्न सञ्चारकर्मीलाई प्रमुख अतिथि पौडेलले आग्रह समेत गर्न पछि पर्नुभएन । सूचनाको हकभित्र जोडिएको महत्वपूर्ण विषय खोज पत्रकारिता हो । खोज पत्रकारिता सूचनाको हकको रामवाण मानिन्छ । खोज पत्रकारिता गर्ने क्रममा कति पत्रकारको ज्यानै गएको इतिहास पढेका छौं । त्यसैले सजक, सर्तक रहेर पत्रकारिता गर्न प्रमुख अतिथि पौडेलको आग्रह थियो ।
बिडम्बना ! राष्ट्रिय सूचना आयोग बन्यो तर संवैधानिक आयोगका रुपमा आउनुपथ्र्याे । यसको क्षेत्राधिकारलाई मनन् गर्ने हो भने विशाल छ तर सरोकारवाला निकायले समेट्न नसक्नु दुःखद पक्ष रहेको प्रमुख अतिथि पौडेलले गुनासो समेत अन्तरक्रियामा पोख्न पछि पर्नुभएन ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका उपाध्यक्ष सूर्य सुवेदी, काभ्रे शाखाका उपाध्यक्ष रमेश न्यौपाने, राष्ट्रिय सूचना आयोगका प्रशासकीय अधिकृत हरिहर कार्की लगायतले अन्तरक्रियामा उठेका जिज्ञासाहरुलाई मेटाउनुभएको थियो । अन्तरक्रियामा ६१ जना सञ्चारसँग सरोकार राख्ने व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0