Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सत्ता मोहले अस्थिरता ननिम्त्याओस्

प्रभातफेरी अनलाइन ७५९४ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन ११, मंगलबार (५ साल अघि)
Post Thumbnail

पछिल्लो समय कार्यकारी प्रमुखबाट सार्वजनिक भएका अभिव्यक्तिले मुलुकमा अस्थिरता आउने संकेत गरेको छ । जसको पछिल्लो झट्का काभ्रेले दिएको छ ।
यसले ठूलो बलिदान पश्चात् निर्माण भएको संविधानको मान, मर्दन हुने हो कि भन्ने संकेत मिलेको छ । संसद विघटनका विरुद्ध उठेका आवाजहरुलाई कुण्ठित गर्ने जुन किसिमको कु–चेष्टा सत्ताले गरेको छ, त्यसलाई सिंगो र बौद्धिक दिर्गामा राम्रो सन्देश गएको छैन । सर्वाेच्च अदालतमा परेका रिटहरुको किनारा हुनै लाग्दा कार्यकारी प्रमुखका अभिव्यक्तिले तमाम नेपालीलाई २०५७÷०५८ तिरको द्वन्द्वको झल्को दिलाएको छ ।
प्रधानमन्त्रीका स्वच्छाकारी कदमले मुलुकलाई यथार्थमै प्रतिगमनतर्फ धकेल्ने आभाष बौद्धिक दिर्गामा चर्चाको विषय बनेको छ तर कार्यकारी प्रमुख त्यो सत्य स्वीकार्न सक्दैनन् । यो जटिल परिस्थितिमा नेपाल कम्युनिष्ट पार्टीबीचको द्वन्द्वले सिंगो मुलुक आक्रान्त मात्र बनेको मात्र छैन, अस्थिरताको चंगुलमा फस्ने देखिएको छ ।
दैनिक हुने प्रदर्शनले त्यो झझल्को दिएको छ । जसका कारण सुरक्षा निकायमा क्रियाशील सुरक्षाकर्मी बिचमै अस्थिरता मात्र छाएको छैन, व्यवस्थाप्रति नै वितृष्णा जाग्न पुगेको छ । यो गम्भीर विषयका रुपमा हाम्रा अगाडि आएको छ । समर्थन र प्रतिकारका घटनाले मुलुक द्वन्द्वमा रंगिएको छ । यि दुई धारमा देखिएका कम्युनिष्टहरुबाट साम्राज्यवादका नाइकेहरुले फाइदा त लिने नै छन् । त्यसैको पर्खाईमा लामो षड्यन्त्र, जालझेलपछि उनीहरुको योजना सफल भएको मान्नुको विकल्प छैन । त्यसैले नेपाली जनताको लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त सीमित अधिकार अन्ततः कुण्ठित नहोला भन्न सकिन्न ।
यो जटिल अवस्थामा व्यक्तिगत स्वार्थ त्यागेर शक्ति संघर्षलाई व्यवस्थित गरी गति दिनुपर्ने अवस्था आएको छ । अन्यथा कार्यकारी प्रमुखबाट प्राप्त उपलब्धीहरुलाई कुल्चने काम भएको छ । यो हाम्रो मुलुकको लागि दुर्भाग्य मान्नुपर्दछ । ७० वर्षदेखिको नेपाली जनताको आशा, भरोसा र त्याग फेरि ५०औं वर्षसम्म मृत रहने विश्लेषकहरुको दाबी छ । यो अवस्थामा हुनुमा नेतृत्वबीचको छिनाझम्टी मात्र हो भन्दा फरक पर्दैन । मुलुकमा आजको अवस्था सिर्जना हुनुमा सत्ता मोह नै प्रमुख कारक हो भन्ने निचोड हाम्रो छ । कानूनी शासनलाई लत्याउँदै हुकुमी शासनको झल्को कार्यकारीबाट दिलाएको महसुस हुन्छ । यो लोकतन्त्रका लागि कदापी सुयोग्य हुन सक्दैन भन्ने ठहर हामीले गरेका छौं । कतै सत्ता मोहकै कारण मुलुक अस्थिरताको सिकार नबनोस् भन्ने नै हाम्रो चाहना हो । तसर्थ, सत्ता मोहले अस्थिरता ननिम्त्याओस् भन्ने नै हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0