Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिताले सुस्ताएको खेल जगत्मा उर्जा थप्नेछ ः वैद्य

प्रभातफेरी अनलाइन ११७९३ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन २५, मंगलबार (५ साल अघि)
बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिताले सुस्ताएको खेल जगत्मा उर्जा थप्नेछ ः वैद्य

काभ्रे । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारा लिएर काभ्रे कराँते ऐकेडेमीको आयोजना र नेपाल सितेरियो कराँते संघ काभ्रेको संयोजकत्वमा यही चैत्र १ र २ गते बनेपामा बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिता हुने भएको छ । उक्त कार्यक्रमको जानकारी मंगलबार पत्रकार सम्मेलनमार्फत् गराइएको थियो ।
व्यवसायिक, पर्यटन र धार्मिक नगरीको रुपमा स्थापित काभ्रे जिल्लामा पछिल्लो समय खेलकुदका प्रदेशस्तरीय प्रतियोगिताले आफ्नो पहिचानलाई अझै उचाईमा पु¥याउने जमर्काे गरेको पाइन्छ । उक्त ऐतिहासिक एवं सांस्कृतिक शहर बनेपा नगरपालिका काभ्रेको जेठो र पुरानो शहरका रुपमा पनि चिनिन्छ ।
यही नगरलाई केन्द्र बनाई खेलकुदप्रेमी युवाहरुको सक्रियतामा नेपाली खेलकुद विधाको सबैभन्दा सफल र लोकप्रिय कराते खेलको बिकास गरी काभ्रे र बनेपाको नयाँ परिचय स्थापित गर्ने लक्ष्यका साथ बि.सं २०७० सालमा स्थापना भएको साझा चौतारीको नाम हो काभ्रे कराते एकेडेमी । बि.सं. २०४३ सालमा स्थापना भएको जिल्ला सितेरियो कराँते डो काभ्रेमा आवद्ध रहेका प्रशिक्षक, खेलाडी र रेफ्रिहरुले स्थापना काल देखि नै कराँते खेल सम्बन्धि बिभिन्न प्रतियोगिता, तालिम, गोष्ठिहरु सफलतापूर्वक संचालन गरी कराते खेलको माध्यमबाट युवाहरुलाई कुलत र दुव्र्यसनीबाट टाढा राखी सामाजिक उत्तरदायित्व बोध गराउने, नेतृत्व र व्यक्तित्व विकासमा अग्रसर राखी अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको नाम समेत राख्न प्रेरित गर्दै काभ्रे जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी तथा रेफ्रिहरु उत्पादन गरी जिल्ला र राष्ट्रको नाम समेत राख्न सफल प्रशिक्षक, खेलाडी र रेफ्रिहरुले देशमा लोकतन्त्र, गणतन्त्र स्थापना पश्चात यस कराते खेल मार्फत समय अनुकुल अझ सबल, सक्षम खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले वि.सं. २०७० सालमा जिल्लाभरिका सम्पुर्ण नयाँ, पुराना प्रशिक्षक, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी र रेफ्रिहरुको सहभागितामा काभ्रे कराते ऐकेडेमी नामको संस्था स्थापना गरी सोही संस्था मार्फत संस्थाका पदाधिकारीहरुको आफ्नै निजी खर्चमा कराँते खेल सम्बन्धी बिभिन्न प्रतियोगिता, तालिम, गोष्ठिहरु सञ्चालन गरी काभ्रे जिल्लाबाट राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडी रेफ्रिहरु समेत उत्पादन गरी जिल्ला तथा राष्ट्रको नाम समेत उच्च राख्न सफल भएको नेपाल सितेरियो कराँते संघ र काभ्रे कराँते ऐकेडेमीको प्रयासमा कोभिड–१९ ले खेलकुदको क्षेत्रमा पारेको नकारात्मक प्रभावलाई चिर्दै बागमती प्रदेश स्तरीय कराँते खेल प्रतियोगिता यही चैत्र १ र २ गते बनेपामा गर्ने भएका छन् ।
मंगलबार एक कार्यक्रमको आयोजना गरी उक्त कुराको जानकारी पत्रकारमाझ आयोजक निकायले जानकारी गराएका हुन् । नेपाल सितेरियो कराँते संघ काभ्रेका संयोजक प्रताप वैद्य र काभ्रे कराँते एकेडेमीका संयोजक कुवेर मानन्धरद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्ति वाचन गर्दै संयोजक वैद्यले महिला तथा पुरुष गरी दुई समूहमा ४५ केजीदेखि ७५ केजी तौलसम्ममा प्रतिस्पर्धा गराउने जानकारी दिनुभएको छ । १३ जिल्लाका आयोजक सहित १४ टिमको सहभागिता रहने जानकारी गराउनु भएको छ । कुल १४ टिममा २ सय १० जना खेलाडीले कराँतेका विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । जसको अनुमानित लागत २२ लाख ८७ हजार देखिएको छ । प्रतियोगितामा सहभागी हुने टिमको सम्पूर्ण आवासीय खर्च र एकतर्फी यातायात खर्चसमेत आयोजक निकायले व्यहोर्ने जानकारी समेत गराइएको छ ।
उक्त प्रतियोगितामा लाग्ने लागत खर्च खेलाडीहरु, पदाधिकारीहरु, खेलकुदसँग आबद्ध संघसंस्था र स्थानीय सरकारसँगै दाताहरुबाट संकलन हुने आयोजकले अपेक्षा राखेको संयोजक वैद्यले जानकारी गराउनुभएको थियो । प्रतिस्पर्धामा उत्कृष्ट तीन खेलाडीहरुलाई नगदसहित विभिन्न पदकद्वारा सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । जसका लागि करिब २ लाख बजेट छुट्याइएको कार्यक्रममा जानकारी गराउनुभएको छ ।
नेपाल सितेरियो कराँते संघको स्थापनादेखि हाल सम्म यस संस्थाका पदाधिकारीहरु र पुराना खेलाडीहरुको निजी सहयोगले पन्ध्र लाख बराबरको खेल सामाग्री र तत्कालका लागि ट्रेनिङ हल समेत जुटाउन सफल भएको छ । काभ्रे कराते एकेडेमीले स्वास्थ्य, सम्बन्ध र सम्पत्ति बिना समृद्ध जीवनको परिकल्पना अपुरो हुने निस्कर्ष निकाल्दै कुलत, दुव्यर्सनी र खराब आचरण बिरुद्ध असल र कर्तब्यनिष्ठ नागरिक निर्माण गर्न आ–आफनो क्षेत्रबाट राज्य र समाजलाई योगदान गर्नु आफनो कर्तब्य र जिम्मेवारी सकभर कराते खेललाई आधार स्तम्भ बनाउँदै जाने लक्ष्यका साथ खेलकुदका विभिन्न प्रतिस्पर्धाहरु गराउँदै आएको छ । यही खेल मार्फत यस संस्थाले युवाहरुलाई बिभिन्न सामाजिक कार्यहरुमा क्रियाशिल राख्नुका साथै नेतृत्व र ब्यक्तित्व बिकासमा समेत अहम् भुमिकामा पुगेको स्मरण गराएको छ ।
काभ्रे कराँते ऐकेडेमीले मेलमिलाप, सहकार्य र एकता अभिबृद्धि गरी अवसरबाट बञ्चित भएका जिल्लाभरका प्रतिभावान खेलाडीहरुहरुको क्षमता प्रस्फुटन गर्न निरन्तर दक्ष प्रशिक्षकहरुबाट प्रशिक्षण सञ्चालन गरिरहेको छ । संस्थाको प्रयास र खेलाडीहरुको निरन्तर मेहनतका कारण अधिकांश प्रतियोगीतामा यस एकेडेमीका खेलाडीहरुले राम्रो सफलता प्राप्त गर्न सफल भएका उदाहरणहरु छन् । खुशीको कुरा यस संस्थाद्वारा प्रशिक्षित खेलाडीहरु राष्ट्रिय टिममा पर्न सफल भई राष्ट्रको लागि पदक समेत जित्न सफल भएको उदाहरण खेलाडीमाझ पेश गर्न पाउँदा आभारी भएका छौं भनिएको छ । जसका कारण यो संस्थाले प्रत्येक बर्ष कराते प्रतियोगिताको आयोजना गरी खेलाडीहरुलाई प्रतिभा देखाउने मौका प्रदान गर्दै आएको सत्य हो । यस क्रमलाई निरन्तरता दिन यस बर्ष पनि एकेडेमीले नेपाल सितोरियो कराते संघ काभ्रेको संयोजकत्वमा कोभिड १९ का कारण सूस्त भएको खेलकुद गतिविधिलाई पुनः लयमा फर्काउने उद्देश्यका साथ यही चैत्र १ र २ गते “बागमती प्रदेश स्तरिय कराते प्रतियोगिता तथा ब्यक्तित्व सम्मान कार्यक्रम” गर्न लागेको जानकारी पत्रकार भेटघाटमाझ गराएको छ । खेलकुद प्रतियोगीताका माध्यमबाट आन्तरिक र बाह्य पर्यटकहरुको बनेपा र काभ्रेप्रति आकर्षण वृद्धि गरी सुन्दर पर्यटकीय स्थलहरुको प्रवद्र्धन हुनेमा आयोजकले बिश्वास लिएको बताएको छ । यस्ता कार्यक्रमबाट उदयमान खेलाडीहरुको स्तरबृद्धि र पहिचान गर्न समेत संस्थालाई बल पुग्ने अपेक्षा आयोजकले लिएको छ । यो संस्थाको सानो प्रयासलाई राष्ट्रियस्तरमा पु¥याइ प्रतिभावान् खेलाडीहरुको आकर्षक गन्तव्य बन्नेछ भन्ने विश्वास आयोजकले लिएको संयोजक वैद्यको कथन थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

    स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0