Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धर्म, साँस्कृतिक, परम्पराको पक्षमा कटिबद्ध हुनेछ ः प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन १७३१० पटक पढिएको प्रकाशित मिति: २०७७ चैत्र ४, बुधबार (५ साल अघि)
धर्म, साँस्कृतिक, परम्पराको पक्षमा कटिबद्ध हुनेछ ः प्रमुख न्यौपाने

काभ्रे । ऐतिहासिक एवं धार्मिक नगरी पनौतीमा आयोजित जीवित देवी कुमारीको पूजा कार्यक्रममा सरिक हुँदै पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले नगरपालिका कार्यविधि बनाएरै धर्म, साँस्कृतिक, परम्पराको पक्षमा कटिबद्ध हुने बताउनुभएको छ ।
पनौती नगरपालिकामा रहेका कुनै पनि ऐतिहासिक महत्व राख्ने धार्मिक स्थलहरुको संवद्र्धन, संरक्षण र प्रवद्र्धन गर्ने दायित्व पनौती नगरको हो । त्यसैले यि विषयमा नगर संयमित छ । जसले नेपालको पहिचान राख्ने किसिमबाट संस्कारको संवद्र्धन गरिरहेको छ, परम्परा धानिरहेको छ । त्यसका पक्षमा नगरपालिका अनविज्ञ हुनै सक्दैन । त्यसैले कुमारी पूजाको लागि स्पष्ट विधि बनाएर सम्बोधन हुनेछ । जसले आगामी दिनमा अझ महत्वपूर्ण स्थान राख्ने विश्वास लिएको मुख्य न्यौपानेको तर्क छ ।


विश्व सम्पदा सूचीमा सूचिकृत हुने अवस्थामा पुगेको यो धार्मिक नगरी पनौतीमा रहेका मठमन्दिर, पाटी पौवासँग सम्बन्धित प्रथा, परम्परा, चाडवाड र साँस्कृतिक धरोहरको पक्षमा नगरपालिकाले आफ्नो दायित्व सम्झेर काम गर्ने बताउनुभएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. १२ का वडा अध्यक्षसहित झण्डै ५ सय जना श्रद्धालु सहभागी भइरहँदा त्यसैबीचमा ज्यापू महा गुथि काठमाडौं जिल्ला समितिका महासचिव नानीहिरा महर्जन (प्रजापति) ले नेवार समुदायभित्र लिभिङ गड भनेर विश्वमै चर्चित परम्परा मल्ल राजाहरुको पालादेखि नै चल्दै आएको इतिहास छ ।
देवत्वको आवरणमा जीवित देवी कुमारीको पूजा आराधना गर्दै यस किसिमको परम्परालाई अगाडि बढाइरहेका छौं । पनौतीमा सम्भवतः पछिल्लो सात वर्षको दौरानमा तेस्रो पूजा हुनुपर्छ । त्यसैको निरन्तरताका लागि आज हामी विभिन्न शहरबाट यो नगरीमा आइपुगेका छौं । जहाँ–जहाँ तलेजु मन्दिर वा तलेजु भवानीको स्वरुप छ, त्यहाँ जीवित देवी कुमारीको पूजा हुन्छ । पनौतीको यस डबलीमा लोप भइसकेको तलेजु भवानीको उत्खनन् पश्चात यो परम्पराले निरन्तरता लिने जमर्काे गरेको पाएका छौं । त्यसैलाई लिएर हाम्रा संस्कार, संस्कृति, धर्म, परम्परा, रितिरिवाजलाई जीवन्त राख्नुपर्छ भन्ने सन्देश लिएर काठमाडौंका विभिन्न शहरबाट पनौती आइपुगेका छौं । ह्युमत मिसा पुचः ले जुन अभियान चलाएको छ, त्यसले लोप हुने अवस्थामा पुगेको धर्म, संस्कृति र नेपालभाषालाई जीवन्त राख्ने सवालमा कोसेढुंगा सावित भएको आफूले महसुस गरेको छु भन्नुहुन्छ प्राज्ञी धार्मिक अभियन्ता महर्जन ।
नेपालमा जुन किसिमको संस्कार, संस्कृतिमा हामी हुर्किएका छौं, त्यो नै हाम्रो मौलिकता र पहिचान हो । नेपालीहरुको अनुकरणीय चर्चा गर्न लायक पक्ष पनि यही हो । जसले विविधताभित्र एकता भेट्दछ । यो नै हाम्रो महत्वपूर्ण साँस्कृतिक परम्परा हो । झण्डै ८० वर्षपछि पनौतीले तलेजु भवानीको भग्नावशेषलाई उत्खनन् गरेर धर्म, संस्कृतिको संरक्षण गर्ने जमर्काे सहित आफूलाई धार्मिक आस्थामा जोड्न पुगेको आभाष मैले पाएको छु भन्नुहुन्छ प्राज्ञी धार्मिक अभियन्ता महर्जन ।
त्यसैगरी ११४१ का नेवाः पत्रकार केन्द्रीय समितिका सहसचिव राजु नापितको कथन छ– आफू ह्यूमत मिसा पुचः को तर्फबाट प्रचारप्रसारको संयोजकको रुपमा क्रियाशील भइरहँदा काठमाडौं उपत्यकामा मात्र नभई नेपालका विभिन्न शहरमा जीवित देवी कुमारीको पूजा आराधना हुने गरेको तथ्य प्राप्त भएको छ । नेपालमै मल्लकालिन समयदेखि कन्या कुमारीलाई पूजा गर्ने परम्परा इतिहासमा पढ्दै आएका थियांै । आज यथार्थमा उतार्ने जमर्काेमा पुगेका छौं । यसरी पूजा गर्ने क्रममा मुलुकका विभिन्न शहरबाट जहाँ–जहाँ तलेजुको मन्दिर छ, त्यहाँ तलेजुको साक्षात्कार देवी कुमारीलाई पुज्दै आएको पाइन्छ । देशका विभिन्न शहरमा रहेको तलेजु मन्दिरहरु सँगै जीवित देवी कुमारीको आराधना हुँदै आएको छ । ह्यूमत मिसा पुचः को धर्म, संस्कृति, परम्परा र रितिरिवाजलाई जीवन्त राख्ने जमर्काे सहित सुरु भएको यो अभियान अन्तर्गत अहिलेसम्म ११ जीवित कुमारीहरुलाई पुज्दै आएको तथ्य पाएका छांै । जस्तैः काठमाडौंको बसन्तपुरमा रहेको राजकीय कुमारी, जसको पूजा राजकीय सम्मानका साथ हुने परम्परा छ । त्यस्तै टोखा कुमारी, भक्तपुर कुमारी, ललितपुर कुमारी, बुंगमति कुमारी, चाँगुनारायण कुमारी, नुवाकोट कुमारी, पनौती कुमारी र आजीवन कुमारी भनेर ११ जना कुमारीहरुको पूजाआजा गर्दै आएका छौं ।
यो परम्परा परापूर्वकालदेखि चल्दै आएको इतिहासविद्हरुले पुष्टि गर्नुभएको छ । हामी धेरैलाई थाहा छैन ११ जीवित देवी कुमारी पुज्छौं भनेर । मात्रै थाहा इन्द्रजात्राको दिन बसन्तपुरमा राजकीय सम्मानका साथ हुने कुमारी पूजा । त्यसैले अन्य कुमारीहरुलाई पनि जुन–जुन स्थानमा छन्, त्यही स्थानमा, त्यही गच्छे अनुसार सम्मान र संस्कार दिएर राख्नुपर्छ भन्ने मूल मर्मसहित ह्यूमत मिसा पुचः ले यो अभियान चलाएको छ । यसका लागि खोज अनुसन्धान हुन जरुरी छ । अन्यत्र पनि लोप भएको हुनसक्छ । पनौतीकै सवालमा ८० वर्षपछि उत्खनन् गरेर परम्परालाई निरन्तरता दिने कोसिस गरिएको हो । जसअन्तर्गत अहिले हामीले पुज्दै गरेको देवी ९ महिनाको हुँदा कुमारी देवीको रुपमा प्राण प्रतिष्ठा भरिएको हो । कुमारीहरु कसरी छानिन्छन् भन्ने सवालमा नापित थप्नुहुन्छ– तलेजु मन्दिरका पूजारीहरुको परिवारमा जन्म लिएका कन्याहरुको राशी, गोत्र, नक्षत्र, जन्मकुण्डलीको अध्ययन गरेर ज्योतिषीबाट देवी कुमारी छनौट हुन पुग्छिन् । सोही परम्परालाई आजसम्म मान्दै आएका छांै । यो नै हाम्रो पहिचान हो, यसमा धार्मिक, ऐतिहासिक विषयहरु जोडिएका छन् । जो हाम्रो जीवनमा प्रत्यक्ष सरोकार राख्छन् । त्यसैको प्रतिबिम्ब श्रद्धालुहरु आस्थाको धरोहरको रुपमा स्वीकार्दै आएका छन् । यो शाश्वत सत्य पनि सावित छ भन्ने तर्क राख्नुहुन्छ प्रचारप्रसार संयोजक नापित ।
सोही अवसरमा जीवित देवी कुमारीको पूजा आराधना गर्न पुग्नुभएका प्राज्ञिक व्यक्तित्व विजयराम कर्माचार्यको कथन थियो– ह्यूमत मिसा पुचः को प्रयासले लोप भइसकेको पनौतीको पहिचान नै भन्नुपर्छ फर्किएको छ । यसले विश्व सम्पदा सूचीमा सूचिकृत हुनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास बढेको छ भने पनौतीमा रहेको तलेजु मन्दिरको क्षेत्राधिकार भोगचलनका बारेमा प्रत्येक आस्थाका धरोहरहरुलाई घच्घच्याउने काम भएको छ । यसले पनौतीको अपनत्व बढाएको एउटा शुभचिन्तकको हिसाबमा महसुस गरेको छु । जसले सिंगो पनौतीको पहिचान खुल्ने अपेक्षा समेत राख्न पछि पर्नुभएन प्राज्ञ कर्माचार्य ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0