Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राल्फा आन्दोलन र ‘चैत तीन’

प्रभातफेरी अनलाइन १५२५९ पटक पढिएको प्रकाशित मिति: २०७७ चैत्र ४, बुधबार (५ साल अघि)
Post Thumbnail

नेपालको इतिहासमा आन्दोलनहरुका रुपहरु विभिन्न प्रकृति र स्वरुप लिएर आएका छन् । राल्फा आन्दोलन, जसले नेपाली समाजको एउटा इतिहास बोकेको पाइन्छ । जुन आन्दोलनका बारेमा कमै मात्र अनविज्ञ होलान् तर त्यो आन्दोलनका बारेमा राजनीति वृत्तमा चर्चा भएको भने कमै भेटिन्छ ।
हामीकहाँ राजनीतिक परिवर्तन अग्रगमनका लागि गरिएका आन्दोलन र अभियानहरुको सूची लामै छ । कुनै आन्दोलन स्वतः स्फूर्त त कुनै संगठित रुपमा आए गए । एक समय समाजलाई राल्फा आन्दोलनले निकै प्रभावित बनाए । यहाँसम्म की राजनीतिक र साहित्यिक क्षेत्रमा यसले हलचल नै ल्याइदियो ।
नेपालमा आन्दोलनका बारेमा इतिहासतर्फ इंकित गर्ने हो भने जयतु संस्कृतम् र पुस्तकालय पर्वबाट सुरु भएको जागृति अभियान आजसम्म आइपुग्दा पनि निरन्तर बगिरहेको छ । जसले पञ्चायत विरोधी आन्दोलन, जनयुद्ध र जनआन्दोलन–२ का साथै पछिल्लो प्रतिगमनविरुद्ध लेखक स्रष्टाहरुले देखाएको साहस अतुलनीय सावित गर्दछ ।
लोकतान्त्रिक आन्दोलनमा स्रष्टाहरुले आ–आफ्नो सिर्जना मार्फत् खेलेको भूमिका र आफू आन्दोलनमा समर्पित भएर गरेका गतिविधिलाई चर्चा गर्ने हो भने एकपटक ‘चैत तीन’ लाई स्मरण नगरिरहन सकिँदैन । त्यसैको प्रतिबिम्बको रुपमा रहेको राल्फा आन्दोलन, जसलाई तत्कालिन शासकहरुले कहिल्यै भुल्ने छैनन्, जुन आन्दोलनको महत्वपूर्ण परिघटनाको रुपमा सिर्जित भएर २०४६ सालपछिका परिवर्तनहरुमा महत्वपूर्ण घटनाको रुपमा स्थापित हुन पुग्यो । जसले पञ्चायतका विरुद्ध महत्वपूर्ण भूमिका खेलेको जग जाहेरै छ । सँगसँगै स्रष्टाहरुले जुन साहसिक कदम उठाएर तत्कालिन शासकका विरुद्ध विरोध प्रदर्शन मात्रै गरेनन्, प्रजातान्त्रिक वामपन्थी र स्वतन्त्र लेखक, कलाकारहरुको साझा र ऐक्यबद्धताको अभियानमा पनि साथ थियो त्यो । इतिहासलाई नियाल्ने हो भने परिवर्तन र जागृतिका नाममा सयौं आन्दोलनमा अभियान र संस्था धेरै भेटिन्छन् तर ति मध्ये केहीको मात्र आज उच्चारण गर्न सकिन्छ । त्यसको पहिलो पंक्तिमा आउँछ राल्फा आन्दोलन, पुस्तकालय पर्व, बुट पालिस आन्दोलन, सडक कविता क्रान्ति, लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्च, सिर्जनशील अराजकता र ‘चैत तीन’ पर्दछन् ।
प्रश्न उठ्न सक्छ, किन लिइन्छ यि नामहरु ? यो प्रश्नको उत्तर सहजै समेट्न सम्भव पनि छैन । दुई चार वाक्यले दिँदा अर्थविहिन हुन पुग्छ । त्यसैले सरल रुपमा भन्नुपर्दा राजनीतिक पृष्ठभूमि र साझा मुद्दामै सम्बोधन टुंग्याउनुपर्ने व्यवस्था छ । त्यसैले राजनीतिक र विचारको पक्ष विपक्षमा बोल्नु र लेख्नु भनेको राजनीतिक पार्टीको झोला बोक्नु कदाचित हुन सक्दैन । राजनीतिक पार्टीको सदस्य नभएपनि राजनीतिक विषयमा साझा बहस भएका छन् । तसर्थ, अग्रगमनको पक्षमा लेख्नु, बोल्नु हुन्छ भने त्यसले ‘चैत तीन’ कुनै अमुक पार्टीलाई सत्तामा पु¥याउने नभएर राजनीतिक परिवर्तनका लागि उठेको आवाज थियो भने साझा मुद्दाकै कारण ‘चैत तीन’ आजसम्म बाँचिरहेको छ, चर्चामा आफूलाई उभ्याउन सफल भएको छ भन्ने निचोडमा हामी पुगेका छौं । हाम्रो आशय कुनै आन्दोलन थोरै वा धेरै भन्ने होइन, त्यसले समाज रुपान्तरणमा खेलेको भूमिकाको बारेमा कतिको न्याय ग¥यो भन्ने नै ठम्याईमा हामी पुगेका छौं । तसर्थ, यस किसिमका आन्दोलनलाई त्यो परिवर्तनबाट गएका नेतृत्वले स्मरण गरिदियो भने पक्कै पनि भावी पुस्ताका लागि प्रेरणाको स्रोत सावित हुनेछन् यस्ता आन्दोलन भन्ने अपेक्षा हामीले लिएका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0